arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार
सर्वोच्च अदालतद्बारा माओवादी सभासदलाई आफ्नो भाइलाई गोली हानी हत्या गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसलाको फैसला(२०६७ भाद्र २१, सोमवार)
माओवादी सभासद् बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसलाको पूर्ण पाठ सर्वोच्च  अदालतले आइतबार सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वका बेलाको कर्तब्य ज्यान मुद्दामा सर्वोच्चले गत पुस १९ गते ढुंगेललाई सजाय हुने फैसला गरे पनि पूर्ण पाठ तयार नभएकाले त्यसको कार्यान्वयन हुन सकेको थिएन । अब भने उनलाई कारबाहीको बाटो खुलेको सर्वोच्चले जनाएको छ । 'अब फैसला सम्बन्धित जिल्ला अदालतमा पुग्नेछ' सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले भने,'त्यस लगत्तै कार्यान्वयनको प्रक्रिया सुरु हुनेछ ।'  ढुंगेल संविधानसभा निर्वाचनमा ओखलढुङ्गा- २ बाट निर्वाचित भएका थिए । ओखलढुंगाकै गणेशकुमार श्रेष्ठले आफ्नो भाइ उज्जनकुमारलाई २०५५ असार १० मा  ओखलढुंगाको खहरे खोलाको दोभानमा ढुंगेलले गोली हानी हत्या गरेको भन्दै उनी विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको गोदार गाविसमा पर्ने कमला नदी किनारमा शव उत्खनन् तथा अनुसन्धान गर्ने(२०६७ भाद्र २१, सोमवार)
राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको गोदार गाविसमा पर्ने कमला नदी किनारमा शव उत्खनन् तथा अनुसन्धान गर्ने भएको छ। २०६० असोजमा सुरक्षाकर्मीले सञ्जीवकुमार कर्ण (वर्ष २५), दुर्गेश लाभ (वर्ष २३), जितेन्द्र झा (वर्ष २३), प्रमोदनारायण मण्डल (वर्ष १९) र शैलेन्द्र यादव (वर्ष १८) लाई बेपत्ता पारी हत्या गरेर उक्त स्थानमा गाडेको उजुरी परेको थियो। यसका लागि आयोग सदस्य गौरी प्रधानको नेतृत्वमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विशेषज्ञसहितको १८ सदस्यीय शवोत्खनन् तथा अनुसन्धान टोली आइतबार जनकपुरतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ। टोलीले भोलिदेखि शव गाडिएको भनिएको स्थानमा प्रशासन तथा नेपाल प्रहरीसमेतको सहयोगमा उत्खनन कार्य गर्ने विज्ञप्तिमा भनिएको छ। उजुरीमा आवश्यक छानबिन गरी अनुसन्धान कार्यलाई अघि बढाउन गत साउन २७ गते आयोगले ती व्यक्तिको शव उत्खनन् गर्ने निर्णय गरेको थियो।
एमाले केपी ओलीद्बारा संसद्बाट सरकार बनाउन राष्ट्रिय सहमति नचाहिने विचार व्यक्त(२०६७ भाद्र २१, सोमवार)
नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले संसद्बाट सरकार बनाउन राष्ट्रिय सहमति नचाहिने बताउनुभएको छ । जनसाहित्यिक मञ्च, काठमाडौँ समितिद्वारा आज संविधानसभा भवन अगाडि आयोजना गरिएको सडक कवितावाचन कार्यक्रममा नेता ओलीले नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक बनाउन मात्रै राष्ट्रिय सहमति चाहिने विचार व्यक्त गर्नुभयो । दलका नेताहरूले संसद्मा बहुमतको सरकारका लागि लागिपरेको र बाहिर आएर सहमतिको कुरा गरेको टिप्पणी उहाँको थियो । एमालेका पोलिटब्युरो सदस्य बिजय सुब्बा, जनसाहित्यिक मञ्चका केन्द्रीय अध्यक्ष डा जीवेन्द्रदेव गिरीले शान्ति र संविधानका लागि स्रष्टाहरूले खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्राज्ञ रामकृष्ण दुवाल, लक्ष्मण गाम्नागे, देवी नेपाललगायतले कविता तथा गीत प्रस्तुत गर्नुभएको थियो ।
मजदुर किसान पार्टीका विजुक्छेले सुविधा खोसिने डरले दलहरु राष्ट्रपति शासनको विपक्षमा रहेको दाबी, राष्ट्रपति शासनको पक्षमा(२०६७ भाद्र २०, आइतवार)
राष्ट्रपति शासनको पक्षमा वकालत गर्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपति शासनको सम्भावना रहेको बताएका छन् । प्रधानमन्त्री निर्वाचनपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै विजुक्छेले तर दलहरुले आफूले खाएको सुविधा खोसिने डरले दलहरु राष्ट्रपति शासनको विपक्षमा उभिएको बताए । 'राष्ट्रपति शासनको सम्भावना छ,' उनले भने, 'तर यसका लागि मन्त्रिमण्डलले लिखितरुपमा निर्णय गर्नुपर्छ, आफूले खाएको भाग छाड्न उनीहरु तयार छैनन् ।' विजुक्छेले राष्ट्रपति शासन लगाए अहिलेका सवै समस्या अन्त्य हुने बताए । 'राष्ट्रपति शासन लगाए अहिलेको भ्रष्टाचार र अराजकता पनि अन्त्य हुन्छ,' उनले भने ।
माओवादीको नेतृत्वमा सरकार बन्न नदिन भूमिका खेल्दै आएको भारतका राजदूत राकेश सुदले प्रधानमन्त्रीलाई भेट(२०६७ भाद्र २०, आइतवार)
भारतीय राजदूत राकेश सुदले प्रधानमन्त्री माधवकुमार नेपालसंग आइतवार दिउँसो करिव एक घण्टा भेटघाट गरेका छन् । प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यमा भएको छलफलमा उनले राजनीतिक सहमति कायम गर्न सुझाव दिएका थिए । प्रधानमन्त्रीको छैटौं चरणको निर्वाचन दिउसो ३ बजे तय गरिएको छ । प्रधानमन्त्रीका बिदेश सल्लाहकार राजन भट्टराईका अनुसार राजदूत सुदले प्रधानमन्त्रीसंग भेटमा राजनीतिक सहमतिका आधारमा नेपालीले गर्ने निर्णय आफुहरुलाई मान्य हुने उल्लेख गर्दै सहमति कायम गर्न जोडदिएका हुन् ।  भारतले सुरुदेखि नै माओवादीको नेतृत्वमा सरकार बन्न नदिन भूमिका खेल्दै आएको छ । प्रधानमन्त्री नेपालसंग उनको पार्टी एमालेले निरन्तर रुपमा लिएको तटस्थताको निर्णय बारे पनि चासो राखेका थिए । त्यसैगरी राष्ट्र संघीय मिसन (अनमिन) को म्याद थप्ने वा नथप्ने सम्बन्धमा पनि उनीहरुबीच छलफल भएको थियो । अनमिनको म्याद थप्ने विषयमा भारतको नकरात्मक दृष्ट्रिकोण रहँदै आएको छ ।
शेरबहादुर देउवाद्वारा असन्न काँग्रेस महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा,प्यानलबाट विमलेन्द्र निधिले महामन्त्री र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिए (२०६७ भाद्र २०, आइतवार)
काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले असन्न महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी उनको प्यानलबाट विमलेन्द्र निधिले महामन्त्री र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिएका छन् । तीनै जनाको उम्मेदवारी खुमबहादुर खड्काले प्रस्ताव गरेका हुन् । आइतवार दिउँसो कार्यकर्ताहरुको भीडमाझा खड्काले पार्टीलाई ०४८ सालको अबस्थामा फर्काउनका लागि देउवाको नेतृत्व सक्षम हुने देखेर आफुले प्रस्ताव गरेको बताए । ०४८ सालको संसदीय चुनावमा काँग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो । देउवाले पनि आफुले पार्टीलाई एकताबद्ध बनाएर शक्तिशाली बनाउने प्रतिबद्धता व्यक्त गरे । 'अहिलेको चुनौतीलाई सामना गर्न सक्ने ठूलो, शक्तिशाली र जनप्रिय पार्टी बनाउने छु' देउवाले भने । उनले आदिवासी जनजाति, दलित, मधेसीलगायतका उपेक्षित समुदायलाई समेटेर नेतृत्व गर्ने पनि बताए ।
माओवादीद्वारा आफ्नो पार्टीलाई संवैधानिक बाटोबाट हिँड्न नदिने षड्यन्त्र भइरहेको भन्दै पुनः विद्रोहको गर्ने चेतावनी(२०६७ भाद्र २०, आइतवार)
माओवादीका पोलिटव्युरो सदस्य हरिबोल गजुरेल 'शीतलकुमार' ले संवैधानिक बाटो अवरुद्ध पारिए आफ्नो पार्टी पुनः विद्रोहको झण्डा उठाउन बाध्य हुने चेतावनी दिएका छन्। आफ्नो पार्टीलाई अहिले पनि संवैधानिक बाटोबाट हिँड्न नदिने षड्यन्त्र भइरहेको भन्दै सो चेतावनी दिएका हुन्। किरात गणराज्य टावर निर्माणका लागि 'चलचित्र दशगजा' प्रदर्शनबाट उठेको रकम हस्तान्तरण कार्यक्रममा नेता गजुरेलले हाल जारी केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भइरहेको र बैठकले सशक्त निर्णय गर्ने खुलासा गरे। 'यो विवादले पार्टीको नयाँ विचार, नीति र योजनालाई नयाँ उचाइमा पुर्‍याई पार्टीलाई एकताबद्ध बनाउनेछ', उनले भने। सो अवसरमा उनले किराती जनसाँस्कृतिक परिवारको पहिलो गीति दस्तावेज 'तायजोङ्गको आवाज' एल्वम् विमोचन गरेका थिए।
मुलुकमा अझै दुई- तीन दिन मनसुनी वायु सक्रिय भई वर्षा जारी रहने(२०६७ भाद्र २०, आइतवार)
मुलुकमा अझै दुई/तीन दिन मनसुनी वायु सक्रिय भई वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी तराई क्षेत्रमा मनसुनी वायु बढी सक्रिय हुने र तीन/चार दिनपछि वर्षा कम भई पुनः वर्षा हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यो अगस्टमा ५० प्रतिशतभन्दा बढी वर्षा भएको पनि विभागले जनाएको छ । विभागको देशभरका १५ वटा वर्षामापन केन्द्रबाट सङ्कलित विवरणअनुसार गत वर्षको सोही अवधिमा सबैभन्दा बढी भैरहवामा ६० प्रतिशत, काठमाडौँ, धनगढी, नेपालगन्जलगायत १२ केन्द्रमा ५० प्रतिशतभन्दा बढी वर्षा भएको छ । यस अवधिमा दाङ, सुर्खेत र ताप्लेजुङमा औसतमात्र वर्षा भयो । यसैगरी विभागको विगत २४ घण्टाको मौसमी विवरणअनुसार काठमाडौँमा ३३.४ मिलिमिटर, विराटनगरमा पाँच, पोखरामा ३२.४, धनगढीमा ७३.७ र दिपायलमा ६२.५ मिलिमिटर वर्षा भएको छ ।
बुटवलमा झाडापखालाका नौ जना बिरामीमा हैजाको जिवाणु भेटिए, एक जनाको मृत्यु(२०६७ भाद्र २०, आइतवार)
बुटवलमा झाडापखालाका थप तीन बिरामीमा हैजाको जिवाणु भेटिएको छ । यससंगै अहिलेसम्ममा बुटवलमा नौ जनामा हैजाको जीवाणु भेटिएको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ । शनिबार हैजाको जीवाणु भेटिनेमा बुटवल ४ की मनिषा बुढाथोकी, पार्वती दर्नाल र सेमलारकी तुलसी क्षेत्री छन् । झाडापखालाबाट जिल्लामा एक जनाको मृत्यु भइसकेको छ । बुटवलमा खानेपानी कार्यालयबाट बाडेको पानी नै दुषित भएको र सो पानी शुद्धिकरण नगरी खाने गरेकाले झाडापखाला र त्यसमा हैजाका बिरामी बढेको जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । नौ जनामा हैजाको जिवाणु भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, बुटवल नगरपालिका र स्वास्थ्यसंग सम्बन्धित संघसस्थाहरुले शनिबारदेखि पानी उमालेर मात्र खान  र सरसफाइमा ध्यान दिन नगरवासीलाई सम्झाउदै हिड्न थालेका छ्न् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा संविधानसभा विगठन गर्नुपर्ने माग(२०६७ भाद्र १९, शनिवार)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभा विगठन गर्नु पर्ने बताएका छन् । निर्धारित समयमा संविधान जारी नभएको र पटक पटक भएको निर्वाचनमा प्रधानमन्त्री चयन हुन नसकेकोले संविधान सभा विगठन गर्नु पर्ने उनको  तर्क थियो । नेपाल प्राध्यापक समाज भक्तपुरले शनिबार आयोजना गरेको वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा उनले संसद विगठन गर्ने आवाज सर्वत्र आएको बताए । छैटौ पटक पनि मुलुकले प्रधानमन्त्री नपाउने भएकोले राष्ट्रपतिले कदम चाल्नु पर्ने उनले सुझाव थियो । मुलुकलाई सरकार बिहिन बनाउनु नहुने बताउदै उनले  कुनै पार्टीलाई निश्चित समयसम्म बहुमत पुर्‍याउने गरी जिम्मेवारी दिनु पर्ने बताएका छन् । त्यसका लागि अन्तरिम संविधान संसोधन गर्नु पर्ने उनले जोड दिए । २० गते हुने निर्वाचनमा पनि मुलुकले प्रधानमन्त्री नपाउने उनले बताए ।
मधेसी संयुक्त मोर्चा छैटौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि तटस्थ बस्ने(२०६७ भाद्र १९, शनिवार)

मधेसी संयुक्त मोर्चाका शिर्ष नेताहरुले छैटौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि तटस्थ बस्ने बताएका छन् । छैटौं चरणको निर्वाचनमा मोर्चाले आफ्नो तटस्था तोड्ने समाचार सार्वजनिक भइरहेको बेला मोर्चाका नेताहरुले शनिबार त्यसमा कुनै परिवर्तन नआएको दाबी गरेका छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छैटौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा मोर्चाले पूरानै अडान कायम राख्ने बताए । सदभावना पार्टीका नेता राजेन्द्र महतोले मोर्चाको आधारपत्रमा कुनै पनि प्रधानमन्त्रीको उम्मेदबार सकारात्मक नदेखिएकाले आफ्नो निर्णयमा मोर्चा अडिग रहेको बताए ।

बुद्द एयरको एटिआर बिमान भैरहवाबाट उडेको नौ मिनेटमै आकस्मिक अवतरण (२०६७ भाद्र १९, शनिवार)
काठमाण्डौका लागि भैरहवाबाट उडेको बुद्ध एअरको एटिआर बिमान  बिहान साढे नौ बजे  भैरहवास्थित गौतमबुद्ध बिमानस्थलमा आकस्मिक अवतरण गरेको छ । उडान नम्बर ८५२ को बु्द्धको एटीआरले उडान गरेको नौ मिनेटमै आकस्मिक अवतरण गरेको बिमानस्थल स्थित नागरीक उड्यन प्राधिकरण भैरहवाका निर्देशक देबानन्द उपाध्यायले बताएको अर्घाखाँची डट्कम् का बुटवल सहयोगी किरण पाण्डेले जनाएका छन्। प्राविधिक टोली काठमाडौबाट आउने तयारी भैरहेको र प्राबिधिक टोलीले निरीक्षण गरेपछि मात्र खराबी थाहा हुने बुद्ध एयर भैरहवाका डिवी थापाले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद्ले घुस दिएको भन्ने सत्यतथ्यबारेमा अनुसन्धान गर्ने(२०६७ भाद्र १९, शनिवार)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद्ले छोरालाई प्रहरी निरीक्षक बनाउन घुस खुवाए भन्ने विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचारको सत्यतथ्यबारेमा अनुसन्धान गर्ने भएको छ । पत्रपत्रिकामा प्रकाशित समाचार नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश कुँवरले असई सुरेन्द्र आचार्य र सूर्यबहादुर सुनुवारलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको भन्नेसमेत समाचारमा आएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा आयोगले प्रहरी प्रधान कार्यालयबाट सम्पूर्ण फाइल २४ घण्टाभित्र झिकाइ अनुसन्धान गर्ने निर्णय गरेको छ ।
माओवादी पुष्पकमल दाहालद्वारा आफ्नो पक्षमा भोट माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुका निवास - निवासमा(२०६७ भाद्र १९, शनिवार)
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा मत दिन आग्रह गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । लोकन्थलीस्थित राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको निवासमा चन्दसहित राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरासाग छलफल गरेका छन् । भेटमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको राप्रपाले जनाएको छ । चन्द, राणा र दाहालबीच प्रधानमन्त्रीको निर्वाचन, शान्तिप्रक्रियाका विषयमा छलफल भएको अध्यक्ष राणाले बताए । राणाका अनुसार अध्यक्ष दाहालले यही भदौ २० गते हुने प्रधानमन्त्री निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका थिए । राप्रपाले पाँच चरणको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिंदै आएको छ ।
माओवादी डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा बसले दिएको ठक्कर शङ्कास्पद भन्दै छानबिन गर्न माग(२०६७ भाद्र १९, शनिवार)
गोर्खाबाट काठमाडौं आइरहेका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा एक बसले शङ्कास्पद तरिकाले ठक्कर दिएको छ। मुगलिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा बिहान ११ : १० मा उनी चढेको वा १ छ ७५८ नं. को गाडीमा लु १ ख ६१३९ नं. को बसले ठक्कर दिएको हो। ठक्कर दिए पनि उनी दुर्घटनाबाट जोगिएका छन्। बुटवलबाट काठमाडौं आइरहेको गाडीले भट्टराई चढेको गाडीमा शङ्कास्पद तरिकाले ठोक्काएको उनका सहयोगी विश्वदीप पाण्डेले बताए। 'हामी दुई किलोमिटर परैबाट अगाडि जान हर्न दिइरहेका थियौं तर बस ड्राइभरले साइड दिइरहेका थिएनन्', पाण्डेले नागरिकन्युजसँग भने- बल्लबल्ल बसले प्रहरीको स्कर्टिङलाई साइड दियो, त्यसको पछिपछि जाँदा असहज ढङ्गले पछाडिको भागमा गाडी ठोक्कायो। जसबाट गाडीको ढोका कुच्चिएको छ।
दाङका सञ्चारकर्मीद्वारा भारतीय हस्तक्षेपको विरोध(२०६७ भाद्र १८, शुक्रवार)
नेपाली साचार क्षेत्रमा भारतीय दुताबासले गरेको हस्तक्षेपका विरुद्ध दाङका साचार संगठनहरु एक भएर सडकमा उत्रिएका छन् । जिल्लामा कि्रयाशील पत्रकार महासंघसहित ५ वटा संगठनले शुक्रवार घोराहीमा नेपाली साचार क्षेत्रमा भएको भारतीय हस्तक्षेपका विरुद्ध विरोध र् याली निकालेका हुन् । नेपाल पत्रकार महासंघ क्रान्तिकारी पत्रकार संघ प्रेस चौतारी प्रेस युनियन र प्रगतिशील पत्रकार संघ दाङको संयुक्त आयोजनामा गरिएको विरोध र् यालीमा प्रेस स्वतन्त्रता राष्ट्रिय स्वाधीनताको पक्षमा र नेपालको हरेक क्षेत्रमा भारतले गरेको हस्तक्षेपको विरुद्धमा नाराबाजी समेत गरिएको थियो । र् यालीपछिको सभामा बोल्ने वक्ताहरुले भारतले नेपाललाई सिक्किमीकरण गराउनका लागि नै नेपाली साचारमाथि हस्तक्षेप बढाएको बताएका थिए । वक्ताहरुले राष्ट्रिय स्वाधीनताका लागि देशभक्त पत्रकारहरु एक हुनुपर्ने सन्देश दाङका पत्रकारले दिएको भन्दै यसलाई दलहरुले पनि अनुशरण गर्नुपर्ने बताएका थिए ।
माओवादी बाबुराम भट्टराईद्वारा नेपालको वर्तमान अबस्था विश्वकै नौलो र निकै जटिलपूर्ण, सुगौली सन्धीपछि जस्तै खतरनाक रहेको दावी(२०६७ भाद्र १८, शुक्रवार)
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नेपालको वर्तमान अबस्था विश्वकै नौलो र निकै जटिलपूर्ण भएको बताएका छन् । उनले अहिलेको अवस्था सुगौली सन्धीपछि जस्तै खतरनाक रहेको बताए । ब्यबस्थापिका संसदबाट पाँच पटक सम्म प्रधानमन्त्री चयन गर्न नसकी मुलुक अनिर्णयको बन्दी बनाएकोप्रति भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखास्थित द्रब्यशाह बहुमुखी क्याम्पसको रजत महोत्सब उदघाटन कार्यक्रममा शुक्रबार विहान बोल्दै उनले छैठांै पटकको निर्वाचनले समेत प्रधानमन्त्रीको टुंगो नलाग्ने दावी गरे । 'नेपालको अहिलेको अबस्था सुगौली सन्धिपछिकै भयानक र खतरनाक देखिएको छ' भट्टराईलेले भने 'त्यतिबेला शासनका लागि जंगबहादुरको जन्म भएको थियो । प्रधानमन्त्री चयन हुन नदिने बाताबरण सृजना गरेर अहिलेपनि त्यस्तै मान्छे जन्माउने तयरी गरिदैछ ।' राजतन्त्रप्रति संकेत गर्दै उनले पुराना संरचना हटिनसकेको र नया संरचना समेत राम्रोगरी निमार्ण भई नसकेको अबस्थामा प्रधानमन्त्रीकै लागि छ पटक सम्म चुनाब हुनु दुर्भाग्यपुर्ण भएको बताए ।
बडापत्रमा उल्लेखित प्रावधानविपरीत काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपाल जम्बो टोली लिएर ६५ औं राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जाने(२०६७ भाद्र १८, शुक्रवार)
बडापत्रमा उल्लेखित प्रावधानविपरीत काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपाल जम्बो टोली लिएर ६५ औं राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जाने भएका छन् । महासभामा जाने करिब दुई दर्जनको नाम तय भइसकेको छ भने टोलीमा अन्य सदस्य थपिन बाँकी छन् । राष्ट्रसंघीय चार्टरको धारा ९ (२) मा 'महासभामा प्रत्येक सदस्य राष्ट्रबाट भाग लिने प्रतिनिधि ५ जनाभन्दा बढी हुन नहुने' उल्लेख छ । उच्च स्रोतका अनुसार महासभामा भाग लिने करिब दुई दर्जनको नाम तय भइसकेको छ । 'सुरक्षाकर्मी, चिकित्सक र परराष्ट्रमन्त्रीका सहयोगी र निकटवर्तीको नाम तय हुन बाँकी छ,' स्रोतले भन्यो, 'भ्रमण टोलीको सदस्य संख्या कम्तीमा ३० पुग्नेछ ।'  राष्ट्रसंघले अतिकम विकसित मुलुकका तीन सहभागीको खर्च बेहोर्नेछ । ती मुलुकले धेरै खर्च गर्न सक्दैनन् भनेर यस्तो सुविधा दिने गरेको जानकार बताउँछन् । 'नेपाली सहभागीको संख्या र उनीहरूको भ्रमणशैली देखेर अब खर्च बेहोर्नु पर्दैन कि भनेर व्यंग्य हुने गरेको छ,' सम्मेलनमा भाग लिएका एक अनुभवीले भने, 'यो देशकै लागि लाजमर्नु बन्दै गएको छ ।'
माओवादीले प्रचण्डलाई भोट हाल्न पाँच करोड रुपैयाँ दिने प्रस्ताव गरेको मालेका महासचिव सिपी मैनालीको दाबी (२०६७ भाद्र १८, शुक्रवार)
नेकपा -माले) का महासचिव सिपी मैनालीले एकीकृत नेकपा (माओवादी) सभासद्को किनबेचको फोहोरी खेलमा लागेको बताउँदै सरकार गठनमा सघाउनका लागि उक्त पार्टीबाट आफूलाई पाँच करोड रुपैयाँ दिने प्रस्ताव गरेको दाबी गर्नुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले माओवादीका अध्यक्ष प्रचण्डलाई समर्थन गरी नौ मत दिएमा रु ५ करोड दिने प्रस्ताव आएको बताउनुभयो । आफूले पाँच करोड रुपैयाँको प्रस्तावलाई लत्याएर सहमतिको विकल्प नभएको बताएपछि माओवादीले आफ्नो पार्टी फुटाएको आरोप लगाउनुभयो । मालेका चार सभासद र दुई केन्द्रीय सदस्यलाई पैसामा बिकाए पनि पार्टीलाई कुनै असर नपरेको दाबी गर्नुभयो। यसअघि माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन हुदा पनि माओवादीको तर्फबाट अहिलेको भन्दा दश गुणा बढी रकम र पदको प्रस्ताव आएको बताउनुभयो ।
वर्षको चार महिनामा प्राकृतिक प्रकोपबाट २ सय ५८ जनाको मृत्यु, देशका ३९ जिल्ला प्रभावित(२०६७ भाद्र १८, शुक्रवार)
वर्षको चार महिनामा प्राकृतिक प्रकोपबाट २ सय ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत प्राकृतिक प्रकोपबाट देशका ३९ जिल्ला प्रभावित भएको सरकारले जानकारी दिएको छ । व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समितिको आजको बैठकमा गृह मन्त्रालयका सचिव गोविन्द कुशुमले सबैभन्दा धेरै बाढीका कारण ८३ जना तथा पहिरोबाट ८० जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । त्यसैगरी चट्याङबाट ३६, आगलागीबाट १४, महामारीबाट २८, हवाइ दुर्घटनामा १४ तथा हावाबाट २ र ‘लू’का कारण एकको मृत्यु भएको सचिव कुशुमले बताउनुभयो । गत असारदेखि आजसम्म ५ सय ८३ घर पूरै क्षति भएको र १ हजार १ सय ३७ घर आशिंक क्षति भएको पनि उहाँले समितिको बैठकलाई जानकारी गराउनुभयो । अहिलेसम्म बाढी पहिरोबाट प्रभावितका लागि प्रधानमन्त्री दैवि प्रकोप कोषबाट ३ करोड र केन्द्रीय दैवि प्रकोप उद्धार कोषबाट ७८ लाख ५० हजार निकासा भएको सचिव कुशुमले बताउनुभयो । सरकारले बाढी पहिरोबाट मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई जनही २५ हजार रुपियाँ राहत उपलब्ध गराएको स्पष्ट पारेको छ ।
नेपाल सरकारले सुनको आयातमा तस्करी हुने आशङ्काले भदौ १८ गतेबाट लागू हुनेगरी सुनको आयातमा प्रतिबन्ध(२०६७ भाद्र १८, शुक्रवार)
नेपाल सरकारले भोलि भदौ १८ गतेबाट लागू हुनेगरी सुनको आयातमा प्रतिबन्ध लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ अनुसार अर्को व्यवस्था नभएसम्मका लागि भोलिदेखि सुनको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार बाहृय मुलुकबाट ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्राको सञ्चितीमा प्रतिकूल असर पर्ने भएकाले मन्त्रालय सुन आयातमा प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो । नेपाल र भारतको सुनसम्बन्धी भन्सार दरलाई समान बनाउन सरकारले करिब दुई महिनाअघि ल्याएको अध्यादेश शुक्रबारबाट सकिँदैछ । अहिले संसद चलिरहेकोले अर्को अध्यादेश ल्याउन सकिने अवस्था छैन भने संसदको अर्को बैठक भदौ २० गतेमात्र बोलाइएको छ ।
पूर्वसभामुख तारानाथ रानाभाटले काङ्ग्रेसको १२औँ महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा(२०६७ भाद्र १७, विहीवार)
पूर्वसभामुख तारानाथ रानाभाटले नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो यो उम्मेदवारी प्रजातन्त्र र पार्टीको सुदृढीकरण एवम् नेपाली जनताको मुहार परिवर्तन ल्याउनमा  केन्दि्रत रहने बताउनुभयो । महाधिवेशनपछि पनि नेपाली काँग्रेस गुट उपगुटमा लाग्ने हो भने शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने र थप गरिएको समयमा पनि नयाँ संविधान नलेखिने उहाँको जिकिर थियो । राजनीतिक दलहरुमा बढ्दै गएको हठका कारण पाँचपटकसम्म पनि मुलुकमा नयाँ प्रधानमन्त्री चुनिन नसक्दा मुलुक अनिर्णय बन्दैगएको र नेपाली जनतामा वितृष्णा उत्पन्न भएको उहाँले बताउनुभयो । दलहरु सत्ता प्राप्तिको दाउपेचमा लाग्दा शान्तिप्रक्रिया र संविधान निर्माणको काम ओझेलमा परेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसले गर्दा मुलुकमा विसङ्गति र विकृति बढ्दै गएको विचार व्यक्त गर्नुभयो ।
जिल्लामा पहिलोपटक अदालतमा दायर भएको एक मुद्दामा पाँच दर्जन कानुन व्यवसायीले बहस गर्न थाले(२०६७ भाद्र १७, विहीवार)
जिल्लामा पहिलोपटक अदालतमा दायर भएको एक मुद्दामा पाँच दर्जन कानुन व्यवसायीले बहस गर्न थालेका छन् । सुनसरीका पत्रकार लिलानाथ घिमिरेमाथि भएको साङ्घातिक आक्रमणको विषयमा पुनरावेदन अदालत विराटनगरमा दायर गरिएको रिटमा पाँचदर्जन कानुन व्यवसायीले बहस गर्न थालेेका हुन् । पत्रकार घिमिरेमाथि भएको आक्रमणको विरोधमा जाहेरी दिन जादा प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि पत्रकार पीडितका बाबु बालकृष्ण घिमिरेमार्फत परमादेश र अन्तरिम आदेशको माग गर्दै पुनरावेदन अदालतमा रिट दायर गरिएका हुन् । अदालतमा मुद्दा दर्ता हुनुअघि सुनसरी र मोरङका पत्रकार र कानुन व्यवसायीले व्यापक छलफल गरी संयुक्त कानुनी सहयोग तथा परामर्श समिति बनाएर न्यायका लागि कानुनी कदम चालेका हुन् । समितिका कार्यकारी संयोजक अधिवक्ता बालकृष्ण आर्चायका अनुसार पत्रकार घिमिरेको मद्दामा ६५ जनाभन्दा बढीले बहसका लागि वकालतनामा भरिसकेको र यो क्रम अझै जारी छ ।
मतदाता नामावलीलाई त्रुटिरहित तवरले सङ्कलन गर्न डिजिटल प्रविधि प्रयोग गरिने (२०६७ भाद्र १७, विहीवार)
मतदाता नामावलीलाई त्रुटिरहित तवरले सङ्कलन गर्न निर्वाचन आयोगले डिजिटल डाटा क्याप्चर प्रविधि (विविभिआरएस) अपनाउने भएको छ। मतदाता नामावली सङ्कलनमा हुने त्रुटि र मतदानका बेला नामावलीकै कारण आइपर्ने समस्या निराकरण गर्न आयोगले यस्तो प्रविधि अपनाउन लागेको हो। मतदाता नामावली सङ्कलनका लागि वडा सचिव, दर्तास्थल संयोजक र कम्प्युटर अपरेटरलाई दिइने दुईदिने तालिमको आज भरतपुरमा उद्‌घाटन गर्दे आयोगका सहसचिव राजेन्द्रप्रसाद शर्माले सो प्रविधिमा गइसकेपछि मतदाताको नाम दोहोरिने, ठेगाना गल्ती हुनेलगायतका समस्या हट्ने विश्वास व्यक्त गरे। फोटो, औँलाछाप र व्यक्तिगत विवरण डिजिटल प्रविधिमा राखिने भएकाले यो प्रविधि अपानाएपछि धेरै समस्या हल हुने उनको दाबी थियो।
नेपाली सेनाका उपसेनानी भर्‍याङबाट खसाल्दा एक सैनिक अमल्दारको मृत्यु (२०६७ भाद्र १७, विहीवार)
नेपाली सेनाका उपसेनानी टिकाराम चौलगाईँले  भर्‍याङबाट खसाल्दा एक सैनिक अमल्दारको बुधबार बिहान मृत्यु भएको छ । कोटेश्वरको नरेफाँटस्थित आफ्नो घरमा डेरामा बस्दै आएका कार्कीलाई उपसेनानी चौलागाईँले सोमबार साँझ भर्‍याङबाट खसालेका थिए । उनको सैनिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । अमल्दार घाइते भएको खवरपछि प्रहरी सोमबार चौलागाईँको घरमा पुगेको थियो । 'डेरामा उनी ढलिरहेका थिए,' प्रहरी श्रोतले भन्यो, 'तर कार्कीको कतै पनि चोट लागेको नदेखिएकाले 'इन्टेसनल्ली' मार्ने योजना चाँही नहुन सक्छ ।' प्रहरीले कार्कीलाई तत्काल उपचारका लागि मेडिकल कलेज लगेको थियो भने चौलागाईँलाई सैनिक प्रहरीसमक्ष बुझाएको थियो ।  भनाभन हुँदै गर्दा उपसेनानीले अमल्दारलाई ठेलेको हुन सक्ने अनुमान प्रहरीको छ ।
कांग्रेसका एक दर्जन भन्दा यूवा नेताहरुले आगामी महाधिवेशनका लागि उम्मेदवारी घोषणा(२०६७ भाद्र १६, बुधवार)
कांग्रेसका एक दर्जन भन्दा यूवा नेताहरुले आगामी महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको बाह्रौं महाधिवेशन आगामी असोज १ देखि ५ गतेसम्म राजधानीमा हुँदैछ । मंगलबार रिपोर्टर्स क्लबमा आधा दर्जन नेताहरुले उम्मेदवारी घोषणा गर्दै पार्टीलाई पुनर्जिवन दिने युवा नेताहरुको भूमिका महत्वपूर्ण रहेको बताए । दलित कोटाबाट उमेदवारी घोषणा गरेका यूवा नेता स्थिरबाबु परियारले सबै बर्ग, जात जाति र समूदायको साझा पार्टीको रुपमा कांग्रेसलाई स्थापित गर्न आफूले उमेदवारी दिन लागेको दाबी गरे । यूवा नेता महेन्द्र शर्माले परिवर्तित सन्दर्भमा पुरानै ढंगले कांग्रेस अगाडि बढ्न नसक्ने भन्दै नयाँ विचारको लागी आफ्नो उमेदवारी भएको ठोकुवा गरे । उनले सभापतिमा सुशील कोइरालालाई जिताउन आग्रह गरे ।
इन्सपेक्टर बनाइदिने भन्दै घुस लिँदैगर्दा रङ्गेहात पक्राउ परेका सभासदलाई थप बयानका लागि विशेष अदालतबाट ३० दिनको म्याद थप(२०६७ भाद्र १६, बुधवार)
इन्सपेक्टर बनाइदिने भन्दै घुस लिँदैगर्दा रङ्गेहात पक्राउ परेका सभासद् डोलबहादुर कार्कीलाई आज थप बयानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट ३० दिनको म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ । आयोग र प्रहरीको विशेष टोलीले हिजो साँझ रु एक लाख घुस लिँदै गर्दा सभासद् कार्की र उहाँका सहयोगी स्वामी एक हजार आठ ब्रहृमानन्द उदासिनलाई भिमसेनगोलास्थित डेराबाट पक्राउ गरेको थियो । सोमबार पक्राउ भएपछि उहाँहरूको स्वास्थ्य परीक्षण गरेर बयान लिइएको र बयानको क्रम नसकिएकाले अदालतबाट आजै म्याद थप गरी पछि मुद्दा दायर गर्नका लागि प्रमाण जुटाइने आयोगका प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिनुभयो ।अन्तरिम संविधानको धारा ७७ (५) बमोजिम फौज्दारी अभियोगमा सभासद् कार्की पक्राउ पर्नुभएको सम्बन्धमा आजै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई औपचारिक जानकारी दिइएको पनि उहाँले बताउनुभयो ।
अमेरिकी नागरिक लागुपदार्थसहित विमानस्थलमा पक्राउ(२०६७ भाद्र १५, मंगलवार)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले मंगलबार साँझ एक अमेरिकी नागरिकलाई लागुपदार्थ सहित पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यका अनुसार पक्राउ पर्ने ४५२०६०६३२ राहदानी बहाक अमेरिकाको क्यालिफोर्निया निवासी ह्यारिस क्यालोन हुन् । प्रहरीले क्यालोनलाई बिमानस्थभित्र पसे लगत्तै सामान 'एक्स रे' गर्ने स्थानबाट पक्राउ गरेका हो । उनको साथबाट अनुसन्धानमा सम्लग्न प्रहरीले ६ केजी भन्दा बढी चरेश बरामद गरेको छ ।बरामद चरेश बि्रफकेशमा नक्कली 'फल्स वटम' बनाई चरेश लैजान लागेका देखेपछि प्रहरीले क्यालोनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । उनी इत्तेहाद एयरबाट यूएईको आवुधावी हुँदै कोपनहेगन जाने तयारीमा थिए ।

एमालेले आफ्ना सभासदले घूस लिएकोबारे अनुसन्धान गर्न तीन सदस्यीय आयोग गठन(२०६७ भाद्र १५, मंगलवार)
एमालेले आफ्ना सभासद् डोलबहादुर कार्कीले घूस लिएकोबारे अनुसन्धान गर्न तीन सदस्यीय आयोग गठन गरेको छ । तीन सदस्यीय आयोगको प्रतिवेदन अनुसार कारवाही गर्ने एमालेले जनाएको छ ।  केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ती जारी गर्दै कार्कीबाट भएको गैरकानुनी कृयाकलापको भर्त्सना गरेका छन् । 'सभासद् जस्तो उच्च मर्यादित एवं गरिमामय पदमा आसिन व्यक्तिबाट यदि यसप्रकारको कार्य भएको भए यो निश्चय पनि एउटा खेदजनक घटना हो,' विज्ञप्तीमा भनिएको छ, 'पार्टी वा राज्यको जुनसुकै पदमा आसिन व्यक्तिद्वारा गैरकानुनी र आर्थिक आचरण विपरीत हुने कार्यको भर्त्सना गर्दै सही छानविन गरी कडा कार्वाही हुनुपर्छ भन्ने मान्यतामा एमाले दृढ विश्वास गर्दछ ।'
कालीकोटको भर्ता साहुवाडामा घर भत्किदा ७ जनाको घटनास्थलमै मृत्यु(२०६७ भाद्र १५, मंगलवार)
कालीकोटको भर्ता १ साहुवाडास्थित पर्व दमाईको घर भत्किदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल सदरमुकाम मान्मबाट २५ किलोमिटर दक्षिणमा पर्छ । मृत्यु हुनेमा पर्व दमाईका तीन छोराछोरी र सुकाटिया ७ उदागाउबाट पाहुना गएका ३७ वर्षीय काशे दमाईको चार जनाको परिवार रहेको जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोखरेलले बताए । उनकाअनुसार पर्वका १० वर्षीय छोरा रज वहादुर, ७ वर्षीय छोरा अलि र ३ वर्षीया छोरी काली छन् भने सुकाटियाबाट आफन्त भेट्घाट गर्न पर्वको घरमा गएका सुकाटिया ७ का बहिनी ज्वाँई ३७ वर्षीय काशे दमाई, उनकी श्रीमती २५ वर्षीया नानी दमाई, ७ वर्षीया छोरी काली दमाई र ५ वर्षीय छोरा धर्म दमाई रहेका छन् । घरमालिक ४० वर्षीय पर्व दमाई, उनकी पत्नी ३२ वर्षीया हरिशोभा र पाहुना गएका काशे दमाईका १३ वर्षीय छोरा नम दमाई घाइते छन् । घाइतेको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।