| विश्व समाचार |
भारतद्बारा ब्राहमोस दुइ ढाँचे सुपरसोनिक क्रुस क्षेप्यास्त्र सफलताका साथ प्रक्षेपित(२०६७ भाद्र २१, सोमवार)
भारतीय संचारमाध्यमले आज जनाए अनुसार, भारतले आज ब्राहमोस दुइ ढाँचे सुपरसोनिक क्रुस क्षेप्यास्त्रको सफलताका साथ प्रक्षेपण गरेको छ। भारतीय रक्षा अनुसन्धान तथा विकास संगठनका पदाधिकारीले उक्त क्षेप्यास्त्र भारतको पूर्वी भागमा पर्ने उडिसा प्रदेशको समुद्र किनारमा पर्ने प्रक्षेपण स्थलबाट प्रक्षेपित गरिएको जानकारी दिएका छन। थाहा भए अनुसार, ब्राहमोस दुइ ढाँचे सुपरसोनिक क्रुस क्षेप्यास्त्र भारत तथा रुसको संयुक्त विकासमा गरिएको हो। यस क्षेप्यास्त्रको दूरी दुइ सय नब्बे किलोमिटर छ र तीन सय केजी परमाणु अस्त्र बोक्न सक्छ। हाल यस सम्बन्धि अनुसन्धान आकाशतिर प्रक्षेपण गर्नसकिने तथा समुद्रमुनी प्रक्षेपण गर्न सकिने क्षेप्यास्त्रमा केन्द्रित रहेको जनाइएको छ।
|
गणतन्त्र डगेस्तानको एउटा सैनिक क्याम्पमा आत्मघाटी गाडी बम-विस्फोटन(२०६७ भाद्र २१, सोमवार)
गणतन्त्र डगेस्तानको ब्युनकस्क शहरमा अवस्थित एउटा सैनिक क्याम्पमा आज विहान सबेरै एउटा आत्मघाटी गाडी बम-विस्फोटन भएको गणतन्त्र डगेस्तानको कानूनी संस्थाले जनाएको छ। यसमा परी कम्तिमा पाँच जनाको मृत्यु भयो भने अरु 39 जनाको घाइते भएका छन्। स्थानीय समयनुसार आज विहान सबेरै केही अज्ञात् व्यक्तिहरुले गाडी चलाएर सैनिक क्याम्पमा प्रवेश गरेपछि गाडीमा रहेको बम विस्फोट गराएका छन्। प्रारम्भिक तथ्यांक अनुसार, उक्त दुर्घटनाबाट कम्तिमा पाँच जनाको मृत्यु भयो भने अरु 39 जनाको घाइते भएका छन् र केही गम्भिर घाइते भएका छन्। यसबाहेक उद्धारकर्ता त्यहाँ जाने सडकमा अर्को एउटा बम-विस्फोटन गराइएको छ। तर त्यसबाट कुनै मानवीय हताहत भएको छैन।
|
फ्रान्सेली जनताद्बारा सरकारको सुरक्षा नीति प्रति असन्तुष्टि व्यक्त गर्न जुलुस प्रदर्शन(२०६७ भाद्र २१, सोमवार)
फ्रान्सका केही संस्था, श्रमिक समिति र वामपन्थी पार्टीहरुले हिजो देशभर जुलुस गरेर सरकारले कार्यान्वयन गरेको "देश निकाला गर्ने शंकास्पद नीति रहेको" सुरक्षा नीति, विषेश गरी रोमा मान्छेहरु फ्रान्सबाट बाहिर पठाउने कुरा विरोध गरेका थिए। भारतको उत्तरी क्षेत्रबाट अरु देशमा रेंजर गर्ने मान्छेहरुलाई रोमा मान्छे भन्ने चलन छ। हिजो फ्रान्सका एक सय तीस शहरका दशौं हजारजनादे शहरमा जुलुस निकालेका थिए। पेरिसको तेस्रो क्षेत्रमा पर्ने प्रजातान्त्रिक चोकमा भएको जुलुस फ्रान्समा भएको जुलुसहरुमध्येको सबैभन्दा ठूलो जुलुस हो। स्थानीय समयको दिउँसो दुई बजेदेखि रोमा मान्छे र सामान्य फ्रान्सेली जम्मा भएर जुलुस गरेका थिए। र जुलुसको नेतृत्व गर्ने समूहका नेताहरुले पनि भाग लिएका थिए। सरकारले रोमा मान्छे अरु देशमा पठाउन रोक्नका लागि उनीहरुले ब्यानरसहित नारा जुलुस गरेका थिए।
|
ब्राजिलका राष्ट्रपति लुई इनासियो लुला दि सिल्वाले ल्याटिन अमेरिकाको एकीकरणको कामलाई तीव्र गति दिन आह्वान(२०६७ भाद्र २०, आइतवार)
ब्राजिलका राष्ट्रपति लुई इनासियो लुला दि सिल्वाले ल्याटिन अमेरिकाको एकीकरणको कामलाई तीव्र गति दिन आह्वान गरेका छन् । भर्खरै स्थापना गरिएको ल्याटिन अमेरिकाको एकीकरणका लागि संघीय विश्वविद्यालय -उनिला) मा पहिलोपटक प्रवचन दिँदै लुलाले सो आग्रह गरेका हुन् । -उनिला पमराग्वेको सिमानजिकको पाराना राज्यको फोज दो इगाकु भन्ने ठाउँमा स्थापना गरिएको छ । नवस्थापित सो विश्वविद्यालयमा हाल ब्राजिल, अर्जेन्टिना, पाराग्वे र उरुग्वेका दुई सयजना विद्यार्थी छन् र त्यहाँ महाद्वीपको एकीकरण कार्यलाई उन्नत बनाउन प्रयास हुनेछ ।
|
दक्षिण कोरिया र अमेरिकाले 5 तारिख कोरियाली प्राय-द्विपको पश्चिमी समुद्री क्षेत्रमा संयुक्त समुद्री सैनिक अभ्यास गर्ने(२०६७ भाद्र २०, आइतवार)
दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ कार्यालय तथा दक्षिण कोरिया र अमेरिकाको संयुक्त कमाण्डर-कार्यालयले आज 3 तारिखका दिन जनाएअनुसार दक्षिण कोरिया र अमेरिकाले यसै महिनाको 5देखि 9 तारिखका दिनसम्म कोरियाली प्राय-द्विपको पश्चिमी समुद्री क्षेत्रमा संयुक्त समुद्री सैनिक अभ्यास गर्ने भएको छ।
|
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनद्वारा पाकिस्तानमा भएको आतंकबादी गतिबिधिको कडा निन्दा(२०६७ भाद्र २०, आइतवार)
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले हिजो तीन तारिखका दिन वक्तव्य प्रकाशित गरी हाल पाकिस्तानको पूर्वी शहर लाहौर र दक्षिण-पश्चिमी शहर क्वेतामा भएको आतंकबादी बम विस्फोटनको कडा निन्दा व्यक्त गरेको छ। उनका अनुसार, उक्त घटनाबाट कयौं सर्वसाधारणहरुको हताहत भएको छ त्यसकारण उक्त गतिबिधिलाई हामीले स्वीकार गर्नसक्दैनौँ। साथै उनले पीडित भएका परिवारका सदस्य, पाकिस्तान सरकार र जनतालाई शोक व्यक्त गरेका छन्।
|
भारतको राजधानी नयाँ दिल्लीमा डेँगु रोग लागेका मानिसको संख्या गत पाँच वर्षको तुलनामा दश गुणा वृद्धि, स्थिति अझ गम्भीर हुने अनुमान(२०६७ भाद्र १९, शनिवार)
भारतको राजधानी नयाँ दिल्लीमा डेँगु रोग लागेका मानिसको संख्या वृद्धि भएको छ। अधिकारीको तथ्याङ्कअनुसार, एक हजार भन्दा बढीमा उक्त रोग लागेका छन् भने तीन जनाको मृत्यु भइसकेको छ। उक्त संख्या गत पाँच वर्षको तुलनामा दश गुणा पुगेको छ।
|
पाकिस्तानमा आएको महिना लामो बाढीको कारण बाढी पीडितको उद्धार गर्न कठिनाइ-संयुक्त राष्ट्र सङ्घ(२०६७ भाद्र १९, शनिवार)
पाकिस्तानमा आएको महिना लामो बाढीको कारण प्रभावित क्षेत्रमा आवश्यक बस्तुको आपुर्ति गर्न लगायत उद्धार गर्न चाहे जस्तो छिटो गर्न नसकेको र चुनौतिपूर्ण भएको संयुक्त राष्ट्र सङ्घका प्रबक्ता फरहान हकले बताउनु भएको छ । संयुक्त राष्ट्र सङ्घ मानव अधिकार मामिला कार्यालयले सक्दो प्रयास गर्नको लागि पाँच मुख्य अन्तर्राष्ट्रिय संयोजन समिति खोलेको पनि जानकारी दिनुभयो । साथै संयुक्त राष्ट्रसङ्घले दुई साता अघि अन्तर्राष्ट्रिय समाजसँग गम्भीर बाढी प्रकोपग्रस्त पाकिस्तानका लागि करिब 46 करोड अमेरिकी डलरको सहायताको आव्हान गरेको थियो। र हालसम्म उक्त मागअनुसार त्रीसठी दशमलव चार प्रतिशत पुगेको छ ।
|
प्यालेष्टाइन र इजरेलबीचको प्रत्यक्ष वार्ता अमेरिकाको वाशिङटनमा प्रत्यक्ष वार्ता पुनःशुरु(२०६७ भाद्र १९, शनिवार)
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष महमुद अब्बासले हिजो अमेरिकाको वाशिङटनमा बीस महिना स्थगित भएको प्रत्यक्ष वार्ता पुनःशुरु गर्नुभयो। उक्त प्रत्यक्ष वार्ताको अध्यक्षता गर्नुभएका अमेरिकी परराष्ट्र मन्त्री हिलारी क्लिन्टनले शान्ति वार्ताको सफलतामा "धीरता, निरन्तरता र नेताको क्षमता" चाहिने कुरा बताउनुभयो। श्री नेतान्याहुले हिजै अमेरिकी परराष्ट्र मन्त्रालयले आयोजना गरेको पुनःवार्ताको शुभारम्भ समारोहमा प्यालेष्टाइनलाई इजरेल "यहुदी राष्ट्रिय मुलुक" भन्ने कुरा मान्यता दिन फेरि एक पटक आग्रह गर्नुभयो।
|
उत्तर-पूर्वी एशियाली क्षेत्रको विकासका लागि स्थानीय सरकार र नीजि व्यवसायीको सक्रिय संलग्नता चाहिन्छ: राष्ट्र संघ प्रतिनिधि(२०६७ भाद्र १८, शुक्रवार)
आज चीनको उत्तर-पूर्वी शहर छ्वाङ्ग छनमा आयोजित उत्तर-पूर्वी एशियाली आर्थिक सहयोग मञ्चमा भाग लिनुभएका चीनका लागि संयुक्त राष्ट्र संघअन्तर्गत विकास परियोजना व्यूरोका प्रतिनिधि सुश्री रेनाटा लोक देजालिएनले वर्तमान उत्तर-पूर्वी एशियाली क्षेत्रमा आर्थिक विकासको मौका र चुनौति साथसाथै भैइरहेको र यस क्षेत्रमा उत्तम विकासको प्रवर्द्धन गर्नका लागि स्थानीय सरकार र नीजि व्यवसायीको सक्रिय संलग्नता चाहिन्छ भन्ने बताउनुभएको छ। सुश्री देसालिएनका अनुसार उत्तर-पूर्वी एशियाली क्षेत्रमा पर्याप्त प्राकृतिक उर्जा-श्रोत विद्यमान रहेको तर यस क्षेत्रको विकासका सामु यातायातको आधारभूत प्रबन्धको निर्माण ढिलो भएको,स्थानीय र सरकारबीचको मध्यस्थता कम भएको आदी समस्या देखापरेका छन। जसकारण त्यस क्षेत्रको अर्थतन्त्र अघि बढ्नमा बाधा भएको छ।
|
अमेरिकी रक्षा मन्त्री रोबर्ट गेट्सले अफगानिस्तानको राजधानी काबुलमा पुगी अफगानिस्तानको भ्रमण(२०६७ भाद्र १८, शुक्रवार)
अमेरिकी रक्षा मन्त्री रोबर्ट गेट्सले आज अफगानिस्तानको राजधानी काबुलमा पुगी अफगानिस्तानको भ्रमण थाल्नु भएको छ। उहाँले अफगानिस्तानी राष्ट्रपति हामिद कार्जाइ, अफगानिस्तानमा तैनाथ नेटोका सर्वोच्च कमाण्डर डेभिद पेट्रससँग भेट-घाट गर्नुका साथै अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको निरीक्षण गर्नुहुने छ। श्री गेट्स आज विहान इराकको राजधानी बग्दादबाट काबुलतर्फ प्रस्थान गर्नुभएको हो।
|
पाकिस्तानमा लगातार एक महिनाभन्दा बढी यता भएको बाढीबाट पाकिस्तानमा कम्तिमा 1710 जनाको मृत्यु(२०६७ भाद्र १८, शुक्रवार)
पाकिस्तान सरकारले आज दुई तारिखका दिन प्रकाशित गरेको पछिल्लो प्रतिवेदनका अनुसार, लगातार एक महिनाभन्दा बढी यता भएको बाढीबाट पाकिस्तानमा कम्तिमा 1710 जनाको मृत्यु भएको छ साथै अरु 2632 जना घाइते भएका छन्। थाहा भएअनुसार, पाकिस्तानभरि परेको ठूलो बाढी आधारभूत रुपमा समाप्त भएको छ। हाल पाकिस्तानको दक्षिणको ठूलो प्रकोप क्षेत्रमा बाढी स्पष्ट रुपमा कम भएको छ। पाकिस्तानका प्रधानमन्त्रीका अनुसार, यस पटकको बाढीबाट 43 अर्ब अमेरिकी डलरको क्षति भएको प्रारम्भिक अनुमान छ।
|
नेटोद्बारा मध्य-एशिया क्षेत्रमा आतंकवाद विरोध केन्द्रको स्थापना गर्ने योजना(२०६७ भाद्र १७, विहीवार)
काउकासस र मध्य-एशियाका लागि नेटोका महासचिवका विशेष प्रतिनिधि रोबर्ट सिम्मोन्सले हिजो डुशान्बेमा नेटोले मध्य-एशियाको एक मुलुकमा आतंकवाद विरोध केन्द्रको स्थापना गर्ने योजना गर्दैआएको कुरा बताउनुभयो। श्री सिम्मोन्सले हिजो ताजिकिस्तानका राष्ट्रपति एमोमालि रेहमोनसँग भेट-घाट गरेपछि स्थानीय सञ्चार-माध्यमसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।
|
अफगानिस्तानको दक्षिणी भागमा भएको बम विस्फोटनमा परी छ जना हताहत(२०६७ भाद्र १७, विहीवार)
अफगानिस्तानकव दक्षिणी भाग कान्दहारको सदरमुकाममा आज विहान एक बाटो छेउ राखिएको बम विस्फोटन भयो। जसबाट एकजना स्थानीय अधिकारीको मृत्यु हुनुका साथै पाँच जना सर्वसाधारण घाइते भएका छन्। हालसम्म कुनै पनि संगठन वा व्यक्तिले उक्त घटनाको जिम्मा लिएको छैन।
|
अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा औपचारिक रुपमा अमेरिकी सेनाले इराकमा गरेको लडाईं समाप्त भएको घोषणा(२०६७ भाद्र १७, विहीवार)
अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्थानिय समय अनुसार अगष्ट 31 तारिख राती 8 बजे ह्वाइट हाउसमा एक सम्बोधन गर्दै औपचारिक रुपमा अमेरिकी सेनाले इराकमा गरेको लडाईं समाप्त भएको घोषणा गर्नुभएको छ। राष्ट्रपति ओबामाले उक्त सम्बोधनमा इराकमा तैनाथ अमेरिकी सेनाले आफ्नो कर्तव्य राम्ररी गरेको तथा इराकका जनताले प्रयास गरेका हुनाले हाल इराकको सुरक्षा र राजनैतिक परिस्थिति राम्रो दिशातिर उन्मुख भएको छ भन्नुभयो । यसकारण इराकको लडाईं समाप्त भएको घोषणा गर्नुभएको हो।
|
अमेरिकी उपराष्ट्रपति बिदेन अकस्मात इराकको बगदाद भ्रमणमा(२०६७ भाद्र १६, बुधवार)
अमेरिकी उपराष्ट्रपति जोइ बिदेन इराकका विभिन्न पक्षबीच मन्त्री मण्डल गठन गर्नमा भएको अफ्ठ्यारो स्थितिलाई छिटो टुङ्ग्याउनका लागि हिजो 30 तारिख बगदादमा पुग्नु भएको छ। अमेरिकाको व्हाइट हाउसले हिजो एउटा वक्तव्य प्रकाशित गर्दै श्री जोइ बिदेनको यस इराक भ्रमण मुख्य गरी इराकमा नयाँ सरकारको स्थापना सम्बन्धी पछिल्लो प्रगतिबारे तथा इराकका वर्तमान नेताहरुसित छलफल गर्नुहुने कार्यक्रम रहेको जनाएको छ।
|
अफ्गानिस्तानको पूर्वमा बम आक्रमण, तीन जना नेटो सैनिकको मृत्यु(२०६७ भाद्र १६, बुधवार)
अफ्गानिस्तानमा तैनाथ नेटो अन्तर्राष्ट्रिय सुरक्षा सेनाका अनुसार, अफ्गानिस्तानको पूर्वमा आज एकतीस तारिख एक बम आक्रमण भएको छ। त्यसबाट तीन जना नेटो सैनिकको मृत्यु भएको छ। यस वर्ष अफ्गानिस्तानमा तैनाथ 480 जनाभन्दा बढी नेटो सैनिक अफ्गानिस्तानमा मारिएका छन्। तीमध्येका अधिकाँश अमेरिकी हुन्। गत तीस तारिखमा सात जना नेटो सैनिक अफ्गानिस्तानको दक्षिणमा भएका दुईटा आक्रमण गतिबिधिमा मारिएका थिए।
|
चालू वर्षको दोस्रो त्रिमासिक अवधिमा भारतको अर्थतन्त्रमा 8.8प्रतिशतले बृद्धि(२०६७ भाद्र १६, बुधवार)
भारतीय केन्द्रीय तथ्यांक व्यूरोले आज सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू वर्षको दोस्रो त्रिमासिक अवधिमा भारतको कूल गार्हस्थ उत्पादनमा गत वर्षको सोही अवधिको तुलनामा 8.8प्रतिशतले बृद्धि भएको छ। दोस्रो त्रिमासिक अवधिमा भारतको कृषि र उत्पादन व्यवसाय गत वर्षको सोही अवधिको तुलनामा 2.8प्रतिशत र 12.4प्रतिशतले बृद्धि भएका छन्। साथै भारतको व्यापार, होटल व्यवसाय, यातायात र सूचना व्यवसाय गत वर्षको सोही अवधिको तुलनामा 12प्रतिशतले बृद्धि भएका छन्। तर चालू वर्षको दोस्रो त्रिमासिक अवधिमा भारतको बैकिङ, बिमा, रियल स्टेट र वाणिज्य गत वर्षको सोही अवधिको तुलनामा 8प्रतिशतले बृद्धि भएको र बृद्धि गति घटेका छन्। सन् 2009देखि सन् 2010को बित्तीय वर्षमा भारतको अर्थतन्त्रमा 7.4प्रतिशतले बृद्धि भएको छ। भारत सरकारले चालू बित्तीय वर्षमा आर्थिक बद्धि लक्ष्य 8.5प्रतिशत निश्चित गरेको छ।
|
आशियान क्षेत्रीय मञ्चको सशस्त्र सेनाको अन्तर्राष्ट्रिय प्रकोप उद्धार ऐनको नियम निर्माणसम्बन्धी दोस्रो बैठक आयोजित(२०६७ भाद्र १५, मंगलवार)
आशियान क्षेत्रीय मञ्चको सशस्त्र सेनाको अन्तर्राष्ट्रिय प्रकोप उद्धार ऐनको नियम निर्माणसम्बन्धी दोस्रो बैठक आज तीस तारिखका दिन पेइचिँगमा शुरु भएको छ। "आशियान क्षेत्रीय मञ्चको सशस्त्र सेनाको अन्तर्राष्ट्रिय प्रकोप उद्धार ऐनसम्बन्धी सहमती तथा सहयोग"लाई यस मञ्चको मुख्य विषयमा राखिएको छ। तीन दिने बैठकमा चीन, भारत, अमेरिका, जापान, थाइल्याण्ड आदि अठार मुलुक लगायतका पचास जनाभन्दा बढी प्रतिनिधिले भाग लिएका छन्। सो अवसरमा उनीहरुले विभिन्न मुलुकका सशस्त्र सेनाले अन्तर्राष्ट्रिय उद्दार सम्बन्धी ऐनको निर्माण गरेको पछिल्लो स्थिति, ऐनको आधार तथा सहयोगी यन्त्रबारे गहिरो रुपमा बिचार आदान-प्रदान गरेका छन्। जसबाट सबैले स्वीकार गर्ने अन्तर्राष्ट्रिय प्रकोप उद्दारसम्बन्धी ऐन सम्पन्न हुनसकिनेछ। आशियान क्षेत्रीय मञ्च सन 1994मा दक्षिण-पूर्वी एशियाली मुलुक संघद्वारा स्थापना भएको थियो। हालसम्म यो मञ्च एशिया तथा प्रशान्त क्षेत्रमा बहु-पक्षीय सरकारी सुरक्षा वार्ता तथा सहयोगसम्बन्धी सबभन्दा महत्वपूर्ण मञ्चको रुपमा रहेको छ।
|
पाकिस्तान बाढी प्रकोप क्षेत्रमा पाल र खाद्यपदार्थ कम पाकिस्तानी अधिकारीको आह्वान(२०६७ भाद्र १५, मंगलवार)
पाकिस्तानका एक अधिकारीले बाढी प्रकोप क्षेत्रमा पाल र खाने कुरा कम भएको विशेष गरी बच्चाको खाने कुरा निकै कम भएको कुरा व्यक्त गरेका छन्। उनका अनुसार, हाल ठूलो मात्रामा सरुवा रोग देखिएको छैन। साथै उनले चीनको अन्तर्राष्ट्रिय उद्धार टोलीले दिएको उद्धारका लागि धन्यवाद ज्ञापन गरेका छन्। गत सत्ताईस तारिख चीनको अन्तर्राष्ट्रिय उद्धार टोली प्रकोप क्षेत्रमा पुगेको थियो। उक्त गम्भीर प्रकोप क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय उद्धार टोलीमध्ये चीनको पहिलो टोली हो।
|
अमेरिका र इरानबीचको वार्ता न्याय पूर्वाधारको आधारमा हुनुपर्ने छ:इरान(२०६७ भाद्र १५, मंगलवार)
इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता रामिन मेहमानपरास्टले हिजो अगस्ट 29तारिख न्याय र सम्मानको पूर्वाधारमा इरानले अमेरिकासित आणविक वार्ताको आयोजना गर्ने बताउनुभएको छ। श्री रामिनको भनाइलाई उद्धृत गरे अनुसार इरानको समाचार टेलिभिजनले अमेरिकाले सधैं नै इरानलाई आणविक वार्ता पुनःस्थापना गर्न ताकिता गर्दै आएको देखिन्छ तर अमेरिकाले इरानप्रति शत्रुतापूर्ण धारणा नलिने प्रमाण दिनुपर्ने भनेको छ।
|
किम टे होद्बारा दक्षिण कोरियाली प्रधानमन्त्रीको मनोनित उम्मेद्वारी त्याग्ने घोषणा(२०६७ भाद्र १३, आइतवार)
दक्षिण कोरियाली राष्ट्रपति लि म्युङ बाकले आज प्रधानमन्त्रीको मनोनित उम्मेद्वार किम टे होले सरकारी नीति प्रस्तुत गर्नेमा बाधा नबन्नको कारणले उम्मेद्वारीता त्याग्नुभएको हो। दक्षिण कोरियाली योनहाप समाचार समितिबाट जनाइएअनुसार, दक्षिण कोरियाली राष्ट्रपति भवन छ्योङ्ग वा डाइले आज श्री किम टे होको निर्णयमा सम्मान गर्ने र प्रधानमन्त्रीको नयाँ उम्मेद्वारको छनौट तुरुन्तै रुपमा शुरु हुने कुरा बताएको छ।
|
भारतको सुरक्षा सेनालाई दोस्रो पटक भारतको पूर्वी क्षेत्रमा नक्सलवादीद्वारा आक्रमण, एक जना घाइते(२०६७ भाद्र १३, आइतवार)
भारतको सुरक्षा सेनालाई आज उनन्तीस तारिख विहानसबेरै भारतको पूर्वी क्षेत्रमा नक्सलवादीद्वारा आक्रमण गरिएको छ। जसबाट पाँच जना सुरक्षा सैनिक मारिएका छन्। भारतीय प्रहरीका अनुसार, स्थानीय समयअनुसार आज विहानसबेरै पाँच बजे भारतको सुरक्षा सेनालाई भारतको पूर्वी क्षेत्रको बनमा नक्सलवादीद्वारा आक्रमण गरिएको हो। सुरक्षा सेनाले जवाफी हमला गरेता पनि पाँच जना सुरक्षा सैनिक मरेका छन्। साथै अरु एक जना घाइते भएको छ। यस वर्ष यता नक्सलवादीले गरेको यो आक्रमण दोस्रो पटक हो। गत अप्रिल महिनाको छ तारिखमा नक्सलवादीको सशस्त्र शक्तिले सत्तरी जनाभन्दा बढी सुरक्षा सैनिकलाई मारिएको थियो। उक्त गतिबिधिबाट केही वर्षयता भारतिय सुरक्षा सेनासमक्ष सबभन्दा ठूलो क्षति भएको थियो।
|
अफ्गानिस्तानी संसदका उम्मेदवारलाई पश्चिमी हलाद प्रान्तमा सशस्त्र धारीले गोलि हानी मारे(२०६७ भाद्र १३, आइतवार)
अफ्गानिस्तानी अधिकारीका अनुसार, अफ्गानिस्तानी संसदका एक उम्मेदवारलाई अठाईस तारिख राति अफ्गानिस्तानको पश्चिमी हलाद प्रान्तमा सशस्त्र धारीले गोलि हानी मारेको छ। उक्त प्रान्तका अधिकारीका अनुसार, उक्त सशस्त्र धारीहरु गाडीमा आएको र उक्त उम्मेदवारको घर बाहिर मारेको थियो। सेप्टेम्बर अठार तारिख अफ्गानिस्तानी राष्ट्रिय संसदको तल्लो सभाको निर्वाचन हुनेछ। विगत एक महिनामा दुई जना संसदका उम्मेदवारलाई मारिएको छ।
|
नेटोका सेनाव्दारा तालेवानबाट चलाइएको प्रहारलाई विफल गरी दश जना सशस्त्र तत्व मारिए(२०६७ भाद्र १३, आइतवार)
अफगानिस्तानस्थित तैनाथ नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहायता सेनाले आज अठाईस तारिखका दिन एउटा विज्ञप्ति प्रकाशित गरी के बताएको छ भने सोही दिन नेटोको सेनाले पूर्व अफगानिस्तानमा पर्ने होस्ट प्रान्तमा आफ्नो सैनिक आधारमाथि प्रहार गर्न खोज्दै आएको तालेवानको कुचेष्टालाई विफल पारी दश जना तालेवानीलाई मार्नुका साथै अनेकौं सशस्त्र तत्वहरुलाई पक्राउ गरेको छ। त्यसको विज्ञप्तिमा के कुरा पनि भनिएको छ भने आज आठाईस तारिख विहान तालेवानी सशस्त्र तत्वहरुले बम र हलुका हातहतियारहरुको प्रयोग गरी होस्ट प्रान्तमा रहेका नेटोका दुई वटा सैनिक आधारमाथि प्रहार गरेका थिए। तर नेटोका स्थल त्यसको प्रतिरोध गरी दश जना प्रहारकलाई मारेको थियो र अनेकौं शंकास्पद व्यक्तिहरुलाई पक्राउ परेका थिए। उक्त विज्ञप्तिले नेटोका सैनिकहरुमा हताहत भएको छ कि छैन र कुनै नोक्सानी छ कि छैन भन्ने कुरा केही पनि बताएको छैन।
|
संयुक्त राष्ट्र संघद्वारा जन गणतन्त्र कोरियाले हिरासतमा रहेका एक अमेरिकीलाई रिहा गरेकोमा स्वागत व्यक्त(२०६७ भाद्र १३, आइतवार)
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले एउटा वक्तव्य प्रकाशित गरी प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पूर्व अमेरिकी राष्ट्रपति कार्टर प्योयाङ्गको भ्रमणमा रहनुभएको अवसरमा हिरासतमा रहेका एक अमेरिकीलाई रिहा गरेकोमा स्वागत व्यक्त गर्नुभएको छ। उहाँले आफ्नो वक्तव्यमा उत्तर कोरिया सरकारले मानवतावादी विचारको आधारमा अमेरिकी नागरिक गोमेसलाई रिहा गरेको कार्यप्रति प्रशंसा व्यक्त गरेको साथै पूर्व अमेरिकी राष्ट्रपति कार्टरले मानवतावादी कार्यभार पूरा गर्नुभएकोमा पनि प्रशंसा गरेको बताउनुभएको छ।
|
उत्तर कोरियामा थुनिएका अमेरिकी नागरिक आजालोन माहिल रिहा(२०६७ भाद्र १२, शनिवार)
उत्तर कोरियाको संचार माध्यमका अनुसार, अमेरिकी पूर्व राष्ट्रपति जिमि कार्टरले उत्तर कोरियाको तीन दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभयो। उत्तर कोरियामा थुनिएका अमेरिकी नागरिक आजालोन माहिल रिहा भई श्री जिमि कार्टरसँगै स्वदेश फर्किएका छन्। थाहा भएअनुसार, अमेरिकी सरकार र अमेरिकी पूर्व राष्ट्रपतिको अनुरोधमा उत्तर कोरियाली रक्षा अध्यक्ष किम जोन इलले सम्बन्धित विभागद्बारा आजालोन लाई रिहा गरिएको हो। पूर्व राष्ट्रपति कार्टरले उत्तर कोरियाको भ्रमणको अवसरमा उत्तर कोरिया सर्वोच्च जन सम्मेलन स्थायी समिति किम योन नामसँग पनि भेट-वार्ता गर्नुभयो। वार्ताको अवसरमा श्री किम योन नामले उत्तर कोरियाले कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ पक्षीय वार्ता पुनःशुरु गर्ने आशा व्यक्त गर्नुका साथै कोरियाली प्रायद्बीपलाई आणविक रहित तुल्याउने अडान पनि व्यक्त गर्नुभयो।
|
अमेरिकी वाणिज्य मन्त्रालयद्बारा व्यापारिक उद्धार कदमसम्बन्धी अनेकौं सुझाव सार्वजनिक(२०६७ भाद्र १२, शनिवार)
अमेरिकी वाणिज्य मन्त्रालयले एन्टी डम्पिङ तथा एन्टी भत्ता आदि कदमको कार्यान्वयनलाई प्रबर्द्धन गर्नका लागि हिजो व्यापारिक उद्धार कदमसम्बन्धी अनेकौं सुझाव सार्वजनिक गरेको छ। विगत केही महिना अमेरिकी आर्थिक मन्दी सुस्त गतिले पुनरुत्थान हुनुका साथै आर्थिक बृद्धि हुने पक्षमा निर्यातको असर झन झन कम परेको छ। साथै कांग्रेसको मध्यकालीन चुनाव हुनेछ। यही कारणहरूले गर्दा अमेरिकी स्वदेशी व्यापार सुरक्षावाद क्रमशः देखापरेको छ। साथै एन्टी डम्पिङ तथा एन्टी भत्ता आदि व्यापारिक उद्धार कदमको झन झन प्रयोग गरिएको छ। यसप्रति केही व्यापारिक साझेदार मुलुकले कडा विरोध गरेका छन्।
|
अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय शान्ति सेनालाई सहायता प्रदान गर्न थप वायुसेना पठाउन डेनमार्कव्दारा अस्वीकार(२०६७ भाद्र १२, शनिवार)
डेनमार्कको " राजनैतिक" अखवारले हिजो छब्बीस तारिखका दिन जनाएअनुसार अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय शान्तिसेनालाई सहायता प्रदान गर्न F-16 लडाकु विमान पठाउन नेटोव्दारा सोही दिन डेनमार्कलाई आग्रह गर्दा डेनमार्क सरकारले अस्वीकार गरेको छ। थाहा भएअनुसार डेनमार्कका विदेशमन्त्री लेने इस्फ्रेसनले छब्बीस तारिखका दिन संसदको वैदेशिक समितिको एउटा बैठकमा सहभागी हुँदा उक्त कुरा बताउनुभएको हो। उहाँको भनाइअनुसार अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय शान्ति सेनालाई सहायता प्रदान गर्नेतर्फ डेनमार्कले अत्यधिक प्रयास गरिसकेको र भविष्यमा युद्धका लागि लगाइने लगानीको मात्रा कम पार्ने आशा राखेको छ।
|
अमेरिकाको सीमाक्षेत्रसँग जोडिएको मेक्सिको एक स्थानीय सहरमा ७२ जना आप्रवासीको आमहत्या(२०६७ भाद्र ११, शुक्रवार)
अमेरिकाको सीमाक्षेत्रसँग जोडिएको एक स्थानीय सहरमा ७२ जना आप्रवासीको आमहत्या भएको छ । एकजना सख्त घाइते आप्रवासी व्यक्ति उधृत स्थानीय सैनिक चेकपोष्टमा आई उजुरी गरेपछि नौ सेनाको एक टोली घटनास्थलमा पुग्दा त्यहाँ विभत्स दृष्य देखेको थियो । ५८ जना पुरुष तथा १४ जना महिलाको शव एकमाथि अर्को गरि चाङ् लगाइएको थियो । उजुरी गर्ने ती आप्रवासीका अनुसार मेक्सिकाली लागुपदार्थ तस्करको कुख्यात तथा शक्तिशाली समूह ‘जेटास’ ले सो आमहत्या गरेको हो । जेटास समूह भूतपूर्व मेक्सिकाली भगौडा सैनिकले गठन गरेको र सो समूहले आफ्नो अखडा क्षेत्र हुँदै आवतजावत गर्ने जो कोहीसँग पनि जबरजस्ती पैसा असुली गर्दै आएको कुरा जनाइएको छ । घटनास्थल अमेरिकाको टेक्सास राज्यको बाउन्सभिल नगरबाट १ सय ६० किलोमिटर मात्र टाढा रहेको छ ।
|
|
|