arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुदुरपश्चिमाञ्चल
बाँकेको उढरापुर गाउँमा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु(२०६७ भाद्र ११, शुक्रवार)

बाँकेको उढरापुर गाउँमा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । गाउँमा एक सयभन्दा बढी विरामी परेको उप-स्वास्थ्य चौकीले जनाएको छ ।

जापनिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु, ७ जना विरामीको सेती अञ्चल अस्पतालमा(२०६७ भाद्र ८, मंगलवार)
जापनिज इन्सेफ्लाइटिसबाट सोमबार एक जनाको मृत्यु भएको छ । धनगढीस्थिति सेती अञ्चल अस्पतालमा उपचारका लागि आएका कञ्चपुर त्रिभुवनवस्तीका राजु चौधरीको सोमबार मृत्यु भएको हो ।
लगातारको वर्षाका कारण दाङ-रोल्पा सडक अवरुद्ध, सल्यानमा सुचारु(२०६७ भाद्र ७, सोमवार)
लगातारको वर्षाका कारण पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध भएको दाङको घोराही रोल्पा होलेरी सडकखण्ड अझै खुल्न सकेका छैन । दाङको सैघा गाविस-१ कोइलाखानीमा पहिरो खसेपछि आइतबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
कालापानीमा बस दुर्घटना हुँदा ३९ जना नेपाली काँग्रेसका कार्यकर्ता घाइते(२०६७ श्रावण ३०, आइतवार)
रोल्पाको सुलिचौरबाट लिबाङतर्फ जाँदै गरेको बा २ ख २४८५ नम्बरको बस शनिबार साँझ रोल्पा-७ कालापानीमा दुर्घटना हुँदा त्यसमा सवार ३९ जना नेपाली काँग्रेसका कार्यकर्ता घाइते भएका छन् । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल रोल्पामा लगिएको छ । अन्य घाइतेको अहिले पनि नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेको जनाइएको छ ।रोल्पा-७ कालापानी भन्ने स्थानबाट बस सडकदेखि करिब ६० मिटर गहिरो खोल्सामा खसेको जनाइएको छ ।
सर्पले तीन सन्तानलाई टोक्यो, पैसा अभावले उपचार भएन र मारिए (२०६७ श्रावण २६, बुधवार)
सर्पको टोकाइले नेपालगन्ज नगरसँग जोडिएको कालिकागाउँमा एकै परिवारका तीन दाजुबहिनीको मृत्यु भएको छ। एउटै ओच्छ्यानमा सुतेका १२ वर्षीय राजेश खटिक, नौ वर्षीया उषा र सात वर्षीया मनीषालाई मंगलबार बिहान ३ बजे सर्पले टोकेको थियो। छोराछोरीलाई उपचारका लागि अस्पताल पुर्‍याउन पूर्व कमैया दुःखीराम खटिकसँग रिक्सा भाडा पनि थिएन। घरमा एक रुपैयाँ पनि नभएकाले चिनेको पल्लो गाउँको एक रिक्सावालाको घरमा सर्पले टोकेका तीन सन्तानलाई हिँडाउँदै लगेका थिए।
कर्णाली नदीमा डुंगा डुब्दा ४ यात्रु वेपत्ता(२०६७ श्रावण १६, आइतवार)
बार्दियाको पाताभारस्थित कर्णाली नदीमा आइतबार बिहान डुंगा डुब्दा त्यसमा सवार ४ यात्रु वेपत्ता भएका छन् । डुंगामा सवार २९ मध्ये दिउँसोसम्ममा २५ यात्रु सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।
बाँकेमा सर्पको डसाईबाट दुई बालकको मृत्यु(२०६७ श्रावण ६, विहीवार)
बाँकेमा सर्पदंशवाट आज दुई वालकको ज्यान गएको छ । इन्द्रपुर गाविस वडा नम्वर – ६ का ५ बर्षीय सुशीला बर्मा र उनका ४ बर्षका भाई करण बर्माको सर्पदंशवाट ज्यान गएको हो । घरमै सुतिरहेका बेला उनीहरुलाई बुधबारराती सर्पले डसेको थियो । सर्पदंशवाट गम्भिर विरामी परेका उनिहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कञ्चनपुर जलमग्न, ५ सय घर डुवानमा, डेढ सय परिवार बाढीले विस्थापित(२०६७ श्रावण ६, विहीवार)
आइतबारदेखिको झरीका कारण कञ्चनपुर जलमग्न भएको छ। बुधबार साँझसम्म कञ्चनपुरमा ५ सय घर डुवानमा परेका छन्। प्रशासनका अनुसार डेढ सय परिवार बाढीले विस्थापित भइसकेका छन् र यो क्रम जारी छ। कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र पुरै डुवानमा परेको छ। महेन्द्रनगरदेखि ६ किलोमिटर टाढाको गड्डाचौकी नाकासम्मको बस्ती बढी डुवानमा परेको छ। बाढी घरमा पसेपछि उनीहरु सुरक्षित बासस्थान खोजिरहेका देखिन्थे। केहीले घरका सामग्री र गाईवस्तु सुरक्षित स्थानमा ओसारेका छन्। बुधबार साँझसम्म महेन्द्रनगर–गड्डाचौकी सड्क खण्ड जलमग्न बनेको छ। पूर्व-पश्चिम राजमार्ग नहरमा परिणत भएपछि उक्त सड्क खण्डमा यातायात अवरुद्ध रह्यो। महाकाली नदीमा अत्यधिक बाढी आएपछि वनबासा र टनकपुर पुलमा आवतजावत निषेध गरिएको छ। महाकालीमा एक लाख ३४ हजार क्युसेक फिट पानी पुगेको कञ्चनपुर प्रहरीले जनाएको छ।
नालामा डुबेर बाँकेमा एकजनाको मृत्यु (२०६७ श्रावण ५, बुधवार)
बाँकेमा गएराती एकजनाको नालामा डुबेर मत्यु भएको छ ।  रझेना ७ स्थित सुतैया नालामा डुबेर ३० वर्षिया महिला रम्भा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । खेत रोप्न गएकी चौधरीको घर फर्किने क्रममा पानी जमेको नालामा खस्दा डुबेर घटनास्थलमै मृत्यु भएको हो ।   
धनगढीमा बसबाट खसेर एक जनाको मृत्यु (२०६७ आषाढ ३१, विहीवार)
 धनगढी-७ मनहरामा बिहीबार बसबाट खसेर एक जनाको मृत्यु भएको छ । हसुलिया देखि धनगढी आईरहेको से१ख ७०७ नम्बरको बसबाट खसेर बस मालिक धनगढीका २५ बर्षीय सुरेन्द्र अधिकारीको मृत्यु भएको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढीमा बसबाट खसेर एक जनाको मृत्यु (२०६७ आषाढ ३१, विहीवार)
 धनगढी-७ मनहरामा बिहीबार बसबाट खसेर एक जनाको मृत्यु भएको छ । हसुलिया देखि धनगढी आईरहेको से१ख ७०७ नम्बरको बसबाट खसेर बस मालिक धनगढीका २५ बर्षीय सुरेन्द्र अधिकारीको मृत्यु भएको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
झाडापखालाका कारण जाजरकोटमा दुई जनाको मृत्यु(२०६७ आषाढ २७, आइतवार)
झाडापखालाका कारण जाजरकोटमा दुई जनाको मृत्यु भएको छ। जाजरकोटको अछामी गाविसकी ४० वर्षकी विजुला बुढा र खलंगा गाविस-७ डेढ वर्षकी निरुता वलीको मृत्यु भएको हो।
एसएलसीमा अनुत्तीर्ण भएपछि १६ वर्षीया छात्राले आत्महत्या (२०६७ आषाढ २०, आइतवार)
एसएलसीमा अनुत्तीर्ण भएपछि यहाँकी एक छात्राले आत्महत्या गरेकी छिन्। महेन्द्रनगर उच्च माविबाट परीक्षा दिएकी भीमदत्त नगरपालिका–१८ की १६ वर्षीया सरोज जोशीले शनिबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।
सुर्खेतमा १०० जना राउटेलाई जुत्ता र चप्पल वितरण(२०६७ आषाढ ११, शुक्रवार)
बहुउद्देश्यीय शिक्षा तथा स्वास्थ्य सेवा नेपालले बिहीबार सुर्खेतको साटाखानी-७ स्थित गँगटेमा १०० जना राउटेलाई जुत्ता र चप्पल वितरण गरेको छ । संस्थाका तर्फबाट बाङ्गेसिमलस्थित महेश्वरी सशस्त्र प्रहरी गणका प्रहरी नायब उपरीक्षक लालबहादुर अधिकारीले राउटेलाई १०० जोर जुत्ता र १५ जोर चप्पल वितरण गर्नुभएको हो । उहाँले राउटे जातिलाई आवश्यक पर्ने सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो भने संस्थाका अध्यक्ष दीर्घराज अधिकारीले राउटे जातिको उन्नतिका लागि उनीहरुको शिक्षा, स्वास्थ्य र जागरणका लागि विभिन्न कार्यक्रम आफूहरुले सञ्चालन गर्दैआएको जानकारी दिनुभयो ।
२१ वर्षीया गर्भवतीको रक्त सञ्चार सेवा नपाएर मृत्यु(२०६७ आषाढ ११, शुक्रवार)
अत्यधिक रक्तश्राव भएर उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुगेकि २१ वर्षीया गर्भवतीको रक्त सञ्चार सेवा नपाएर शुक्रवार मृत्यु भएको छ । बुडीगङ्गा-२ मना गाउँ घर भएकी धौली साउँदको जिल्ला अस्पतालमा रक्त सञ्चार सेवा उपलव्ध नभएकाले मृत्यु भएको अस्पतालका चिकित्सक डा.प्रदिप शर्माले बताए ।
बर्दियाका ओभरसियरको घरमा बम विस्फोट (२०६७ आषाढ १०, विहीवार)
जिल्ला विकास समिति, बर्दियाका ‘ओभरसियर’ भीमप्रसाद लामिछानेको खैरापुरस्थित घरमा बुधबार राति बम विस्फोट गराइएको छ ।  तराई जनतान्त्रिक मधेस मुक्ति टाइगर्सले गराएको सकेट बम विस्फोटबाट लामिछानेको घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।
गस्ति बाट पर्कदै गरेका एक प्रहरी जवान ठुली भेरी नदिमा बगेर बेपत्ता(२०६७ आषाढ १०, विहीवार)
गस्ति बाट पर्कदै गरेका एक प्रहरी जवान ठुली भेरी नदिमा बगेर  बुधबार दिउसो बेपत्ता भएका छन । रोल्पा खुमेल ७ घर भइ   इलाका प्रहरी कार्यालय  चौरजहारीमा कार्यरत प्रहरी जवान लिलाबहादुर घर्ति   स्थानिय बासखोला बाट गस्ति सकेर कार्यालय तर्फ र्फकदै गर्दा उनी नदीमा डुवेर बेपत्ता भएका हुन । उनी पानी पिउन भेरीमा गएका बेला चिप्लीएर नदीमा परेपछि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
बाँके जिल्लाका गाविस सचिवहरुले सामूहिक राजीनामाको घोषणा(२०६७ आषाढ ९, बुधवार)
बाँके जिल्लाका गाविस सचिवहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।  गाविसका काम गर्दा शान्तिसुरक्षाको प्रत्याभूति नभएकाले सरकारको ध्यानाकर्षण गराउन गाविस हकहित संरक्षण केन्द्रको अगुवाइमा सचिवहरुले राजीनामाको घोषणा गरेका हुन् ।