| मध्यपश्चिमाञ्चल |
ट्याक्सीले ठक्कर दिंदा उदयपुरको त्रियुगाका ५ बर्षीय बालकको मृत्यु(२०६७ भाद्र १२, शनिवार)
सदरमुकामबाट जलजले जाँदै गरेको ट्याक्सीले उदयपुरको त्रियुगा नगरपालिका- ७ स्थित मोटिगडामा ठक्कर दिंदा शुक्रबार दिउसो एक बालकको मृत्यु भएको छ । विद्यालयबाट घर जाँदै गरेका स्थानीय देवराज राईका ५ बर्षीय छोरा अभिषेकलाई को १ ख १२१५ नम्वरको ट्याक्सीले ठक्कर दिएको थियो । ट्याक्सी ठक्करबाट घाइते भएका अभिषेकको उपचार गर्न लाँदै गर्दा बाटोमै मृत्यु भएको निरीक्षक खगेन्द्र खडकाले वताए । बालक मोतिगढास्थित एभरग्रिन बोर्डिग स्कुलमा पढ्थे ।
|
दाङको समुदायिक रेडियो तुलसीपुरका अध्यक्षलाई अज्ञात समुहले गोली हानी हत्या(२०६७ श्रावण ७, शुक्रवार)
दाङको समुदायिक रेडियो तुलसीपुरका अध्यक्ष हेमराज धिताललाई बिहीबार राति अज्ञात समुहले गोली हानी हत्या गरेको छ । रेडियोका स्टेशन म्यानेजर अर्जुन गिरीका अनुसार उरहरीबाट तुलसीपुर आउँदै गरेका धिताललाई राती सवा ९ बजेतिर जोसपुरमा गोली हानिएको थियो । उनलाई उपचारको लागि लैजादै गर्दा मृत्युभएको हो ।
|
सडक चर्काएपछि पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन ठप्प(२०६७ श्रावण ३, सोमवार)
राजमार्ग मुनिको कल्भर्डले सडक चर्काएपछि पूर्व पश्चिम राजमार्गस्थित लखनपुर-१ मा सोमबारदेखि सवारी आवागमन ठप्प भएको छ ।
|
माओवादी कार्यकर्ताहरुले धनकुटा नगरपालिकाका कार्यकारी अधिकृतलाई कार्यकक्षमा दुर्व्यवहार(२०६७ आषाढ ३१, विहीवार)
मातृका समुहको पुनर्गठित माओवादी पार्टीका कार्यकर्ताहरुले बुधबार धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङ्लाई कार्यकक्षमा दुर्व्यवहार गरेका छन्। पार्टीका दिनेश मगरको नेतृत्वमा गएको समुहले आर्थिक वर्ष०६७/०६८ को कार्यक्रम तथा बजेट सार्वजनिक गर्न तयारी गर्दै गरेको अवस्थामा मोबिल छ्याप्ने प्रयास गरेका थिए । प्लाष्टिकमा राखिएको मोबिल अन्य कर्मचारी र कार्यालयको भित्तामा लागेको छ ।
|
उपचारका नपाउँदा गर्भवतीको मृत्यु(२०६७ आषाढ २९, मंगलवार)
उपचारका लागि अस्पताल ल्याउदै गर्दा डोटीकी एक गर्भवती महिलाको मंगलबार मृत्यु भएको छ । खातिवडा उपस्वास्थ्य चौकीका स्वास्थयकर्मी नभएपछि उपचारका लागि जिल्ला अस्पताल सिलगढी लैजादै गर्दा नरु देवी साउदको मृत्यु भएको हो ।
|
ओखलढङु्गामा एमाले नेताको अज्ञात समुहले हत्या(२०६७ आषाढ २५, शुक्रवार)
एमाले नेता छवि कार्कीलाई गएराती अज्ञात समुहले हत्या गरेका छन् । एमाले कार्यकर्ताहरुले आक्रमणमा माओवादी कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ । कार्कीलाई जिल्लाको ठूलाछापस्थित होटलमा खाना खाइरहेको बेला हतियारधारी अज्ञात समुहले आक्रमण गरेको थियो । धारिलो हतियार प्रहार गरी घाइते बनाइएका ४३ बषिर्य कार्कीको उपचारको क्रममा सदरमुकामस्थित सामुदायिक अस्पतालमा मृत्युभएको हो ।
|
सिन्धुपाल्चोकमा भिरबाट खसेर एक सहायक ठेकेदारको मृत्यु (२०६७ आषाढ २०, आइतवार)
ताघ्रीङ गाविस १, च्याम्चेको छहरेभिरबाट खसेर एक सहायक ठेकेदारको मृत्यु भएको छ । बेसीसहर-चामे सडक निर्माणका लागि सहायक ठेकेदारको जिम्मा पाएका अन्दाजी २८ वर्षीय राजेश सापकोटाको भिरबाट खसेर मृत्यु भएको हो ।
|
खोलामा डुवेर एक बालकको मृत्यु(२०६७ आषाढ १९, शनिवार)
उदयपुरको जोगिदह गाविस - ६ स्थित कंग खोलामा डुवेर आज दिउँसो एक बालकको मृत्यु भएको छ ।
|
निजगढमा असुरक्षाले एलडिओ र शिक्षा अधिकारी जिल्ला छोडे (२०६७ आषाढ १९, शनिवार)
दबाब र धम्की दिएर अनियमित काम गराउन खोजेको भन्दै दुई सरकारी कार्यालयका प्रमुख केही दिनदेखि जिल्ला छाडेका छन् । स्थानीय विकास अधिकारी मुरारीप्रसाद नेपाल र जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो चारदिन अघि जिल्ला छाडेका हुन् । 'कार्यालय प्रमुख गएको जानकारी खास कर्मचारी बाहेक अन्य कसैलाई थाहा छैन्' जिविसका एक कर्मचारीले भने । उता विद्यालयका लागि आएको पिसिएफ, बाल शिक्षा लगायतका काम बाँडफाँट गर्न शिक्षा अधिकारी महतो जिल्ला छाडेर वीरगंजमा केही दिनदेखि मिलोमतोमा काम गरिरहेको आरोप छ । यसै महिना भित्र ती कोटाहरुलाई वितरण गर्नुपर्नेछ ।
|
आफूले मन पराएकी युवती बिहे गर्न नपाएको झोकमा भारतीयको हत्या (२०६७ आषाढ १९, शनिवार)
आफूले मन पराएकी युवती बिहे गर्न नपाएको पुरानो रिसिईबीमा नेपालगन्जका युवकले भारतीय नातेदारको शनिवार मध्यान्ह हत्या गरेका छन् । भारत लखीमपुर जिल्ला लोधपुर्वाका २४ वर्षीय अनिलकुमार पटहरको मध्यान्ह साढे १ बजेतिर हत्या गरिएको हो । नातेदार पर्ने नेपालगन्ज-१६ स्थित कोरियनपुरका सुरज पटहरले धारिलो हतियारले हानेका थिए । सख्त घाईते उनको नेपालगन्ज नसिङहोममा उपचारका क्रममा मृत्यू भएको प्रहरीले बताएको छ ।
|
आफ्नै नाबालिका छोरी बलत्कार आभियोगमा बाबु थुनामा(२०६७ आषाढ १५, मंगलवार)
मकवानपुर जिल्ला अदालतले हेटौँडा नगरपालिका- ८ कमाने निवासी ठूलो कान्छा मोक्तान लामालाई आफ्नै नाबालिका छोरीप्रति बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
|
चट्याङ लागेर उदयपुरमा एक १७ वर्षीय किशोरीको मृत्यु(२०६७ आषाढ १२, शनिवार)
उदयपुरको हडिया गाविस - ८ खैरामा शनिबार सँाझ चट्याङले लागेर एक किशोरीको मृत्यु भएको छ । घर नजिकैको खेतमा धान रोपी रहेकी अवस्थामा करिव साढे ४ बजे चट्याङले लागेर १७ वर्षीय पुनम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए । ७/८ जनाको समुहमा धान रोपी रहेकको खेतमा चट्यङ पर्दा पुनको मात्रै मृत्यु भएको हो । अन्य सकुसल रहेका छन।
|
सिन्धुपाल्चोकको महाँकाल गाविसमा दुई यूवाको मोवाइल चार्ज गर्दा करेण्ट लागेर मृत्यु(२०६७ आषाढ ९, बुधवार)
सिन्धुपाल्चोकको महाँकाल गाविसमा दुई यूवाको मोवाइल चार्ज गर्दा करेण्ट लागेर मृत्यु भएको छ।मृत्यु हुनेमा महाँकाल गाविस-२ निवासी २२ वर्षीय सोने तामाङ र १९ वर्षीय गोपाल लामिछाने रहेका प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक अजय भट्टराईले दिएको जानकारी अनुसार गएराति १ बजे सोने तामाङको घरमा मोवाइल चार्ज गर्दा उच्च विद्युत् प्रवाहका कारण करेन्ट लागी दुवै घाइते भएका थिए।
|
|