| मध्यमाञ्चल |
सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना विदेशी नागरिक घाइते(२०६७ भाद्र ७, सोमवार)
पृथ्वी राजमार्गअन्तरगत धादिङको धुषा गाविस वडा नम्बर १ चरौंदीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
|
पर्यटनलाई आकर्षण गर्न एक रूपैयामै कोठा बुकिङको व्यवस्था(२०६७ श्रावण २६, बुधवार)
नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी पर्यटनलाई आकर्षण गर्न बन्दीपुरमा एक रूपैयामै कोठा बुकिङको व्यवस्था गरिएको छ। बन्दीपुरमा बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले एक रूपैयाँमै कोठा बुकिङ गर्ने नयाँ अवधारण ल्याइएको हो। यसरी एक रूपैयाँमै कोठा बुकिङ गरे पनि खानाको प्याकेज अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको बन्दीपुर पर्यटन सूचना केन्द्रका प्रमुख काशीनाथ भट्टराइले बतए। खानाको प्याकेजमा होटलको स्तर हेरेर न्यूनतम पाँच सय रुपैयाँदेखि बढीमा एक हजारसम्म बुझाउनुपर्छ।
|
परीक्षामा प्रश्नपत्र नआएपछि फोनबाट टिपेर जाँच(२०६७ श्रावण २४, सोमवार)
स्नातक तह व्यवस्थापन सङ्काय बिबिएस तेस्रो वर्षको प्रश्नपत्र नआउँदा दिक्तेल बहुमुखी क्याम्पसका विद्यार्थीले ह्वाइट बोर्डमा लेखिएको प्रश्नका आधारमा उत्तर लेखेका छन्। आइतबार सञ्चालित मार्केटिङ विषयको प्रश्नपत्र नआएपछि फोनबाट टिपिएको प्रश्नलाई ह्वाइट बोर्डमा लेखिएको थियो।
|
पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार(२०६७ आषाढ २६, शनिवार)
क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय, विराटनगरको आयोजनामा पाँचथर अस्पतालमा सञ्चालन भएको पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार गरिएको छ ।
|
आफ्नै ७ वर्षीय छोरालाई बन्चरो प्रहार गरी हत्या(२०६७ आषाढ १७, विहीवार)
धनकुटाको हात्तिखर्क गाविस ७ का पहलमान मगरले मंगलबार राति आफ्नै ७ वर्षीय छोरालाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । मध्य राति भएको घरायसी झगडाको क्रममा मगरले छोरा बिशाललाई बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते बालकको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
|
सगरमाथा अंचल अस्पतालमा स्वास्थ्य स्वयंसेवकहरु अन्यत्र गएपछि काम प्रभावित(२०६७ आषाढ १२, शनिवार)
सगरमाथा अंचल अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्य स्वयंसेवकहरु लोक सेवा आयोगको परीक्षा दिनका लागि अन्यत्र गएपछि अस्पतालका रोगीहरुको उपचार सेवा प्रभावित भएको छ ।
|
सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले सालीको काखे छोराको हत्या(२०६७ आषाढ १०, विहीवार)
पतिको मृत्यु भइसकेकी सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले मंगलबार बेलुका सालीको १ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेका छन् । भक्तिपुर गाबिस-६ का हुलास माझीले छिमेकमै बस्ने साली ललितादेवीको काखको छोरा रोशनको हत्या गरेका हुन् । मजदुरी गरेर ५ वर्षीय एक छोरी र काखको छोरा पालन पोषण गर्दै आएकी ललितादेवीले आफ्नै भिनाजुले आफूमाथि बज्रपात गर्लान भन्ने सोचेकी समेत थिइनन् ।
|
|