| पूर्वाञ्चल |
वीरगन्जमा भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु(२०६७ भाद्र ४, शुक्रवार)
वीरगन्जमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका-१६ स्थित पावर हाउस चोकमा एक भारतीय मालबाहक ट्रकले ठक्कर दिँदा बाराको डुमरवाना-५ निवासी करिब ३२ वर्षीय राधाकृष्ण चौधरीको मृत्यु भएको हो । सुख्खा बन्दरगाहबाट पावर हाउसको बाटोबाटै बाइपास जाँदै गरेको युपी ६५-एटी ५७२७ नम्बरको ट्रकले चौधरी सवार ना१२प ७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको प्रहरी चौकी श्रीपुरले जनाएको छ । मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई चालकले ट्रक पछाडि ल्याएर किची नियोजित रुपमा नै हत्या गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
|
लहानमा पाँच बर्षिय बालक अपहरित(२०६७ भाद्र १, मंगलवार)
लहान-६ स्थित नयाँ बजारबाट मंगबार साँझ साँढे ६ बजेतिर जामुन चौधरीका ५ बर्षिय छोरा गौरव चौधरीलाई अपहरण गरिएको छ । घर अगाडीको बाटोमा खेलि रहेको बेला एउटा मोटरसाइकलमा आएका अपरिचित दुई जना व्यक्तिले उनलाई उठाएर लगेका थिए । प्रहरीले खोजी तिब्र पारेको जनाएको छ । लहान क्षेत्रका सुरक्षा व्यवस्था कडा पारिएको छ । पसल चलाएर बस्ने जामुनसंग फिरौती लिनका लागि छोरा अपहरण गरिएको आशंका गरिएको छ ।
|
खोलाको किनारमा एक मृत महिलाको लाश फेला(२०६७ श्रावण १९, बुधवार)
सुनसरीको हरिनगरा ७ स्थित सुनसरी खोलाको किनारमा मंगलबार एक मृत महिलाको लाश फेला परेको छ । दुवै हात पछाडी बाधेको अबस्थामा महिलाको लाश सुनसरी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृत लाश धेरै दिन सम्म पानीमा हरेकाले लाश पुर्ण रुपमा सडेकाले शव पहिचान हुन नसकेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुनसरीको भुटहा १ बाट एक महिला हराइरहेको र खोजी गर्ने क्रममा उtm लाश फेला परेकोे छ । उtm लाश सोही महिलाको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
|
जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्षलगायत चारजना पक्राउ(२०६७ श्रावण ६, विहीवार)
जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजीव झा समूह)का अध्यक्षलगायत चारजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्कर्ष मुक्ति भनिने मोर्चाका अध्यक्ष राजीव झा तथा कार्यकर्ता प्रशान्त, अभिभादन र गजेन्द्र मण्डल छन् । मोर्चाका कार्यकर्ता अविनाश मुक्तिको श्रद्धाञ्जलिसभामा सहभागी हुन धनुषाको लक्ष्मीपुर बगेवामा रहेका चारैजनालाई सोही ठाउँबाट पक्राउ गरिएको जनाइएको छ ।
|
करेन्ट र दुर्घटनामा मृत्यु (२०६७ श्रावण ५, बुधवार)
सप्तरीको महुली बजारमा साईकल यात्रीलाई ट्रकले ठक्कर दिँदा एकजनाको हिजो साँझा मृत्यु भएको छ । ना।३ख। ६४३२ नम्बरको ट्रकले महुलीमा ठक्कर िदंदा साइकल यात्री ठेलिया- १ का २२ वर्षीय शिवनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी असावधानीपुर्वक विद्युतको काम गर्दा एक यूवकको ज्यान गएको छ । सप्तरीको फत्तेपुरस्थित कार्की इलेक्ट्रोनिक्सका कामदार ३५ वर्षीय अमित ठाकुरको यसरी मृत्यु भएको हो । पसलमा टेलिभिजन मरम्मतको काम गरी रहँदा अचानक लागेको करेन्टबाट गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
|
धनुषाका विभिन्न स्थानमा चट्याङ लागेर ४ जनाको मृत्यु(२०६७ श्रावण ३, सोमवार)
धनुषाका विभिन्न स्थानमा आइतबार चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ । धनुषाको कजरा रमौल गाविस वडानम्बर ९ का १५ वर्षीय अजय राउत र सुगामधुकरी वडानम्बर ७ का बहरु रामको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी खरियानी गाविस वडानम्बर १ की लक्ष्मीनीया मण्डल र इनर्वा गाविस वडानम्बर ८ का रहिम शेषको पनि आइतबार चट्याङ लागेर मृत्यु भएको छ ।
|
पूर्वी नेपालको सीमाक्षेत्रमा राखिएका भारतीय सीमासुरक्षा बलका जवानको ज्यादती (२०६७ आषाढ २९, मंगलवार)
पूर्वी नेपालको सीमाक्षेत्रमा राखिएका भारतीय सीमासुरक्षा बलका जवानको ज्यादती बढेको पाँचथर प्राङ्बुङका देवीप्रसाद नेपालले बताउनुभएको छ ।
|
यात्रुबाहक बसको ठक्करवाट दुई जनाको मृत्यु (२०६७ आषाढ २६, शनिवार)
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुर-३ मा शनिबार बिहान यात्रुबाहक बसको ठक्करवाट दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ३ ख २०८३ नम्बरको हिमाली यातायात बसले विपरीत दिशाबाट आउदै गरेको स १ प ८५८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाईकलमा सवार सिरहा-४ का ३१ बर्षीय संजीब नायक र भारतको कोलकता घर भई सिरहा डेरा गरि बस्दै आएका २१ बर्षीय मजमुल मियाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक शिव मुखियाले बताए ।
|
बसले टेम्पोलाई ठक्कर दिंदा एक जनाको मृत्यु (२०६७ आषाढ २५, शुक्रवार)
पूर्व–पश्चिम राजमार्ग अर्न्तर्गत सिरहाको जिरोमाइल खण्डमा बसले टेम्पोलाई ठक्कर दिंदा बिहीबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धनगढीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ग १७७६ नम्वरको बसले सोही दिसातर्फ गइरहेको स१ह ७६ नम्वरको टेम्पोलाई ठक्करदिदा टेम्पोका खलासी धनगढीका १८ वर्षीय देवान रामको मृत्यु भएको हो ।
|
उदयपुरमा सर्पले टोकेर एक महिलाको मृत्यु(२०६७ आषाढ १९, शनिवार)
उदयपुरको हडिया गाविस - ७ मा शनिबार बिहान सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । बिषालु सर्पको टोकाईबाट घाइते भएकी ५५ वर्षीया बिष्णुमाया पौडेलको उपचार क्रममा बिहान ८ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक मनोज यादवले वताए । मृतक पौडेलको शव पोष्टर्माटमपछि उनका आफन्तलाई बुझाईको प्रहरीले जनाएको छ ।
|
बारा: एसएलसीमा सबै विद्यार्थी अनुत्तीर्ण(२०६७ आषाढ १९, शनिवार)
जिल्ला शिक्षा कार्यालय, बाराको चरम लापरबाहीले डुमरवानास्थित नेपाल राष्ट्रिय उच्चमाध्यमिक विद्यालयका १०२ जना विद्यार्थी एसएलसी परीक्षामा असफल भएका छन् । जिल्ला शिक्षा कार्यालयले लिएको अङ्ग्रेजी विषयको प्रयोगात्मक परीक्षाको अङ्क उपलब्ध नभएपछि विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
|
प्रेम विवाह गरेको जोडीलाई छुट्टयाइएपछि कपिलवस्तुमा युवती जीवन-मरणको दोसाँधमा (२०६७ आषाढ १९, शनिवार)
नौ महिनाअघि प्रेम विवाह गरेको एक जोडीलाई एक महिनाअघि छुट्टयाइएपछि कपिलवस्तुमा एक युवती जीवन-मरणको दोसाँधमा परेकी छन्। अभिभावकले आफूखुशी विवाह गरेको भन्दै शारीरिक र मानसिक यातना दिएपछि युवती विक्षिप्त बन्दै गएको घटनाको अध्ययन गरिरहेका मानवअधिकारकर्मीले बताएका छन्।
|
मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु(२०६७ आषाढ १५, मंगलवार)
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको डागीहाटमा सोमबार दिउसो मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केराबारी–९ का २४ वर्षीय पुन्यप्रसाद पोखरेल, शनिश्चरे–१ का ५० वर्षीय होमनाथ अधिकारी र सोही उमेरका किरण अधिकारी रहेको प्रहरीले जनाएको छ।
|
ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनै जनाको मृत्यु(२०६७ आषाढ १२, शनिवार)
पूर्व-पश्चिम राजमार्गको सिरहा चोहर्वा सडक खण्डमा शनिबार दिउसो ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनै जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा मझौलिया-६ का २० वर्षीय रञ्जन पासवान, ५५ वर्षीय मोहक्द अबु कुजरा छन् भने एकको नाम खुल्न सकेको छैन्। पूर्वबाट पश्चिमतर्फ आइरहेको वा २४ प ५३६३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको स १ त ३३३३ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको सिरहाका प्रहरी नायव उपरीक्षक सानुबाबु थपलियाले बताए। दुवै सवारी तीब्र गतिमा भएकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
|
दशवर्षे सशस्त्र द्वन्द्वकाक्रममा सप्तरीमा १०७ जनाको हत्या भएको सार्वजनिक(२०६७ आषाढ १२, शनिवार)
दशवर्षे सशस्त्र द्वन्द्वकाक्रममा सप्तरीमा १०७ जनाको हत्या भएको सार्वजनिक भएको छ। द्वन्द्वका समयमा नौजना बेपत्ता भएको र चारजना अङ्गभङ्ग भएको अनौपचारिक सेवा केन्द्र(इन्सेक) सप्तरीले जनाएको छ। इन्सेकद्वारा आज राजविराजमा आयोजित पीडित पार्श्वचित्र प्रकाशनपूर्व सरोकारवालासँग छलफल कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाश खतिवडाले सो तथ्य सार्वजनिक गरेका हुन्। द्वन्द्वका समयमा राज्य र विरोधी पक्षबाट हत्या गरिएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएकाको विवरण सार्वजनिक गर्दै खतिवडाले पीडित परिवारसँग प्रत्येक्ष भेटेर सो प्रतिवेदन तयार पारिएको जानकारी दिए।
|
हेटौँडामा दुईवटा सवारी ठोक्किदा दुई जनाको मृत्यु(२०६७ आषाढ ९, बुधवार)
हेटौँडाको थानाभर्याङमा मङ्गलबार दुईवटा सवारी ठोक्किदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा २४ भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ। वीरगञ्जबाट चितवन जाँदै गरेको ना. २ ख २४७४ नम्बरको वसलाई नम्बर नखुलेको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।
|
चट्याङ पर्दा सिरहामा तीनजनाको मृत्यु, अन्य एकजना घाइते (२०६७ आषाढ ९, बुधवार)
सोमबार साँझ चट्याङ पर्दा सिरहामा तीनजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् । घरबाहिर खेलिरहेको बेला साँझ ६ बजे चट्याङ पर्दा सिरहा जिल्लाको राजपुर गाविस-४ बस्ने नौ वर्षीय ललेश ठाकुर, १४ वर्षीय सन्तोष यादव र १५ वर्षीया सुशीला ठाकुर रहेको प्रहरीले जनाएको छ ।
|
|