जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्षलगायत चारजना पक्राउ
(२०६७ श्रावण ६, विहीवार)
जनकपुरधाम - जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजीव झा समूह)का अध्यक्षलगायत चारजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्कर्ष मुक्ति भनिने मोर्चाका अध्यक्ष राजीव झा तथा कार्यकर्ता प्रशान्त, अभिभादन र गजेन्द्र मण्डल छन् ।
मोर्चाका कार्यकर्ता अविनाश मुक्तिको श्रद्धाञ्जलिसभामा सहभागी हुन धनुषाको लक्ष्मीपुर बगेवामा रहेका चारैजनालाई सोही ठाउँबाट पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले चारैजनाको क्रियाकलाप शङ्कास्पद देखिएका कारण प्रहरीद्वारा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
|