फुदबाङ् खोला तरेहुन्छ
(२०६७ श्रावण १४, शुक्रवार)
- आदर्श के सागर खन ७,सनाल बस्ती अर्घाखाँची हाल न्यू बनेश्वोर काठमाडौं
जवानी को रङ्ग चढ्दा आफ्नै निर्णय गरेहुन्छ । चोखो माया लगाउने भए मेरै भर परेहुन्छ ।
तिमि नै हो मेरो लागि परी/आफ्सरा जे भनेनी, मेरै मनको फूलबारीमा प्रिती को बिज छरेहुन्छ ।
तिमीले जैले,जहाँ पर्ख भन्छौ त्यही नेर बसौला म, ओरालो बाटो मिस्कल गर्दै सन्धिखर्क झरेहुन्छ ।
दु:ख सुख साट्ने बच्चा गर्न सक्छौ भने नानु, बागी खोला पर्दैन अब फुदबाङ् खोला तरेहुन्छ ।
अरुकै दिलमा बास भए अब बसाइ सरेहुन्छ । मेरो दिलको मन मन्दिरमा ढुक्क भएर चरेहुन्छ । |