दक्षिण कोरियाली प्रधान मन्त्रीव्दारा राजीनामा गर्ने घोषणा
(२०६७ श्रावण १४, शुक्रवार)
गणतन्त्र कोरियाका प्रधान मन्त्री चुङ्ग वन-चानले आज उन्नाईस तारिख दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी
प्रधान मन्त्रीको पदबाट राजीनामा दिने कुरा व्यक्त गर्नुभएको छ।
दक्षिण कोरियाली जनमतका अनुसार उहाँले राजीनामा गर्नुको मुख्य कारण नयाँ प्रशासकिय राजधानी सेजोङ्ग नगरको योजनाबारे संशोधित दस्तावेजलाई संसदबाट अस्वीकार गरिएको कुराको जिम्मा लिनुपर्ने कारणले भएको हो।
दक्षिण कोरिया सरकारका पदाधिकारीका अनुसार राष्ट्रपति ली म्युङ्ग बाकले श्री चुङ्गको राजीनामा पत्र स्वीकार गर्नुहुनेछ र उहाँले अगष्ट महिनाको शुरुवातसँगै सरकारको आंशिक विभागहरुको पुनःसंगठन गर्नुहुनेछ। |