रापाईं गर्ने बेलामा पाल्पामा मलको अभाव
(२०६७ श्रावण ५, बुधवार)
- गणेश चुदाली
पाल्पाली किसानहरु मलको अभाव हुँदा चिन्तित भएका छन् । प्रर्याप्त मल नहाले आफ्नो मात्र मेहनतले फल राम्रो नहुने भएकोले रोपाईका लागि मलको अभाव हुँदा किसानहरु चिन्तित भएका हुन् । पाल्पामा अहिले यूरिया डिएपीलगाएतका मलको अभाव भएको छ । बजारमा मल पाइए पनि १८ देखि २० रुपयाँमा पाउनु पर्ने यूरिया मललाई ३५ दैखि ४० रुपयाँसम्म हाल्न बाध्य भएका छन् । |