arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुदुरपश्चिमाञ्चल

कञ्चनपुर जलमग्न, ५ सय घर डुवानमा, डेढ सय परिवार बाढीले विस्थापितtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण ६, विहीवार)

- विक्रम गिरी, नागरिक 
 
महेन्द्रनगर - आइतबारदेखिको झरीका कारण कञ्चनपुर जलमग्न भएको छ। बुधबार साँझसम्म कञ्चनपुरमा ५ सय घर डुवानमा परेका छन्। प्रशासनका अनुसार डेढ सय परिवार बाढीले विस्थापित भइसकेका छन् र यो क्रम जारी छ।
 
कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र पुरै डुवानमा परेको छ। महेन्द्रनगरदेखि ६ किलोमिटर टाढाको गड्डाचौकी नाकासम्मको बस्ती बढी डुवानमा परेको छ। बाढी घरमा पसेपछि उनीहरु सुरक्षित बासस्थान खोजिरहेका देखिन्थे। केहीले घरका सामग्री र गाईवस्तु सुरक्षित स्थानमा ओसारेका छन्।

बुधबार साँझसम्म महेन्द्रनगर–गड्डाचौकी सड्क खण्ड जलमग्न बनेको छ। पूर्व-पश्चिम राजमार्ग नहरमा परिणत भएपछि उक्त सड्क खण्डमा यातायात अवरुद्ध रह्यो। महाकाली नदीमा अत्यधिक बाढी आएपछि वनबासा र टनकपुर पुलमा आवतजावत निषेध गरिएको छ। महाकालीमा एक लाख ३४ हजार क्युसेक फिट पानी पुगेको कञ्चनपुर प्रहरीले जनाएको छ। गड्डाचौकी र ब्रह्मदेव नाका भएर भारत आवतजावत गर्ने यात्रुलाई मर्का परेको छ। उनीहरु महेन्द्रनगर र गड्डाचौकीमै थन्किएका छन्।

उता भारतबाट आएका नेपालीहरु वनबासा र टनकपुरमै रोकिएका छन्। पुलमा ओहोरदोहोर गर्न नदिएपछि महेन्द्रनगर, ब्रह्मदेव, वनबासा, टनकपुरलगायतका बजारमा व्यापारिक गतिविधि न्युन छ। वर्षाका कारण दैजी गाविसको चम्फापुर क्षेत्रमा गाडिएका विद्युत प्राधिकरणका ३३ वटा खम्बा ढलेका छन्। खम्बा ढलेपछि झलारी र बेलौरी क्षेत्रको विद्युत् सेवा दुई दिनदेखि अवरुद्ध छ।

बाढीले कञ्चनपुरको अधिकांश क्षेत्रको धान वाली डुवानमा परेको छ। भर्खर लगाएको धान वाली कतिपय ठाउँमा बाढीले बगाएको छ। बाढीले पूर्व-पश्चिम राजमार्गबाट ग्रामीण भेग जोड्ने सड्क खण्ड अवरुद्ध भएकाले उद्दार र राहत कार्यमा बाधा पुगेको कञ्चनपुर रेडक्रसले जनाएको छ।

अविरल वर्षासँगै आएको बाढीका कारण कञ्चनपुरका सम्पूर्ण विद्यालय बन्द रहे। विद्यार्थी दिनभर घरमै थन्किए। यस्तै सरकारी कार्यालय खुले पनि कामकाज हुन सकेन। अधिकांश कार्यालयका कर्मचारी बाढीग्रस्त क्षेत्रमा उद्दारका लागि जुटिरहेका देखिन्थे। सर्वसाधारण सेवाका लागि आउन नसकेपछि केही कर्मचारी चाँडै घर फर्केका थिए। 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
बाँकेको उढरापुर गाउँमा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु
जापनिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु, ७ जना विरामीको सेती अञ्चल अस्पतालमा
लगातारको वर्षाका कारण दाङ-रोल्पा सडक अवरुद्ध, सल्यानमा सुचारु
कालापानीमा बस दुर्घटना हुँदा ३९ जना नेपाली काँग्रेसका कार्यकर्ता घाइते
सर्पले तीन सन्तानलाई टोक्यो, पैसा अभावले उपचार भएन र मारिए
कर्णाली नदीमा डुंगा डुब्दा ४ यात्रु वेपत्ता
बाँकेमा सर्पको डसाईबाट दुई बालकको मृत्यु
नालामा डुबेर बाँकेमा एकजनाको मृत्यु
धनगढीमा बसबाट खसेर एक जनाको मृत्यु
धनगढीमा बसबाट खसेर एक जनाको मृत्यु
झाडापखालाका कारण जाजरकोटमा दुई जनाको मृत्यु
एसएलसीमा अनुत्तीर्ण भएपछि १६ वर्षीया छात्राले आत्महत्या
सुर्खेतमा १०० जना राउटेलाई जुत्ता र चप्पल वितरण
२१ वर्षीया गर्भवतीको रक्त सञ्चार सेवा नपाएर मृत्यु
बर्दियाका ओभरसियरको घरमा बम विस्फोट
गस्ति बाट पर्कदै गरेका एक प्रहरी जवान ठुली भेरी नदिमा बगेर बेपत्ता
बाँके जिल्लाका गाविस सचिवहरुले सामूहिक राजीनामाको घोषणा