arghakhanchi
मिति: २०६७ भाद्र २४, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

महंगी बढेको बढ्यै, सरकारको सशक्त उपस्थिति नहुँदा दण्डहीनता बढेको बढ्यै, मुलुकले प्रधानमन्त्री पाउने/नपाउने अन्यौलबीच नागरिक आक्रोश text size increase   text size decrease   Print    rss (२०६७ श्रावण १४, शुक्रवार)

- जितेन्द्र साह
 
काठमाडौं, श्रावण १४ - महंगी बढेको बढ्यै छ । सरकारको सशक्त उपस्थिति नहुँदा दण्डहीनता बढेको छ । नागरिकको कर खाएर बसेका सभासदहरुले संविधान लेख्न सुरु गर्न त परै जाओस, मुलुकलाई एउटा सरकार समेत दिन सकिरहेका छैनन् । मुलुकले प्रधानमन्त्री पाउने/नपाउने अन्यौलबीच जनआक्रोश बढेको छ । टोल, बजार, सडक, पसल, बसभित्र र सञ्चारकर्मीबीच यो ठूलो बहसको विषय बनेको छ । विदेशी सञ्चार माध्यमहरुले राजनीतिक अस्थिरताका कारणले यो मुलुकलाई असफल मुलुकको सम्भाव्य सूचीमा राख्न थालेको छ । नागरिक समाजको हरेक वर्ग र क्षेत्रमा उदासीनता छाएको छ । 

'एउटा प्रधानमन्त्री छान्न नसक्ने सभासदहरुबाट के को आश गर्नु ?,' असनमा किनमेल गरिरहेकी नयाँबानेश्वरकी गृहिणी कल्पना श्रेष्ठले भनिन् । उनले भनिन्, 'महंगीले आकाश छोएको छ, सरकार नभएपछि कसले र कहाँ गएर विरोध गर्ने ?'

रोपाई सकेर रत्नपार्कमा पत्रिकाको बिटो बोकेर बसेका बालाजुका गणेशबहादुर शर्माले हरेक दल, नेता र सभासदले नागरिकको विश्वास गुमाइसकेको बताए । 'एक पंक्ति संविधान लेखिएको छैन, सरकार बनाउने नाउँमा पुरानै राजनीतीक खेलमा सबै लागेका छन्,' उनले भने- 'यस्तोमा कृषि, अर्थ र मौद्रिक नीतिको घोषणाको कुन औचित्य छैन, डस्टबीनमा लगेर फाल्ने त होला नि ।'

सुविधानगर तीनकुने बस्ने मकवानपुरका ट्याक्सी चालक हरि बस्नेतले सहमतीय र बहुमतीय जुनसुकै स्थितिमा भएपनि सरकार बन्ने आशमा हरेक क्षण रेडियो सुनिरहेको बताए । 'सबै आ-आफ्नै अडानमा बसेर सरकार बनेन भने फेरि सडक ताँतिएला, बन्द र हडताल होला भन्ने डर,' उनले भने- 'काम गरेर खानै नपाउने स्थिति भएपछि चिन्ता र खिन्नता आइहाल्छ नि ।'

भोटाहिटीका कपडा व्यवसायी युवा नरेन्द्र महर्जनले नेतृत्व र उनीहरुको इमान्दारितामा विश्वास नरहेको बताए । 'आर्थिक उदासीनता बढेको छ, क्रेता र विक्रेतामा उत्साह छैन,' उनी भन्छन् ।

सञ्चार गृह र यस सम्बन्धी क्लबहरुको चासो यहि विषयमा छ । रिपोटर्स क्लबमा बिहीबार नागरिक समाजका अगुवाहरुले दल र त्यसका प्रतिनिधिहरुलाई चुनौती दिंदै संयुक्त अपिल सार्वजनिक गरेर आक्रोश पोखे । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले दलहरुले आफ्ना सदस्यलाई तटस्थ राख्ने नीतीले गर्दा समस्या उत्पन्न भएको बताए । 'तटस्थता त्यागेर जनस्वार्थमा अघि नबढने हो भने संविधान सभाको औचित्य समाप्त हुन्छ र अन्तरिम संविधान असफल हुन्छ,' उनले भने । न्यौपानेले दलहरु असक्षम भएमा सरकारको गठन र सरकार सञ्चालनकालागि नागरिक समाज तयार रहेको बताए ।

नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले जसको नेतृत्वमा भएपनि सरकार बन्नुपर्ने बताए । 'जसको नेतृत्वमा भएपनि सरकार देऊ' उनले भने- 'असफल राष्ट्रको बाटोमा नहिंडाऊ ।' केसीले सहमतीको सरकारको संभावना समाप्त भएपछि संविधान सभाको धारा ३८ (२) ले अनुरुप अपनाइएको बहुमतीय सरकारको प्रक्रिया नीकै लामो चल्ने देखिएको बताए ।

 'यो धाराअनुरुप संविधान सभा कार्य नियमावलीले प्रधानमन्त्री छनौट नभएसम्म अन्ततः कालसम्म भोटिङ गराई राख्ने भनेको छ,' उनले भने,' यो संविधान सम्मत छैन, यसले संविधानको मजाक उडाएको छ,' उनले भने । केसीले कानूनी समाधानको मार्ग देखाउँदै सभामुखलाई संविधान सभाको नियमावली १५८ मा ब्यवस्था गरिएको ' बाधा/अडचन' फुकाउ' प्रावधान प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

उक्त कानूनी व्यवस्थामा सभामुखलाई आदेश/निर्देश दिने अधिकार छ । उनले भने, ' प्रधानमन्त्रीको टुंगो नलागेमा नियम १५९ अनुरुप उक्त नियमावलीको प्रयोग गरेर सभामुखलाई राजनीतीक अन्यौल हटाउनलाई विवेकशील कदम चाल्ने अधिकार छ ।'

नेपाल मानवअधिकार संगठनका अध्यक्ष सुदीप पाठकले विदेशीलाई दोष लगाएर पन्छिने काम नगर्न नेताहरुलाई सुझाव दिएका छन् । ' म्याद थप्ने, तर सरकार र संविधान नबनाउने गतिविधिले गंभीर संकट निम्त्याएको छ,' उनले भने,' राज नेता असफल भए भने राष्ट्र असफल हुन्छ ।'

नेपाल शिक्षकसँघका अध्यक्ष मोहन ज्ञवालीले मुलुकको दुरुवस्थाकोलागि एमाले र मधेसी मोर्चाको तटस्थ नीतीलाई आरोप लगाए । 'उनीहरुले कहि नभएको जात्रा गरिरहेका छन्,' उनले भने,' संविधान सभाको म्याद थपेर पनि काम नगर्नेलाई नागरिकको करबाट तलब, भत्ता र सुविधा पाउने अधिकार छैन ।' सभाषदहरुको जागिरे व्यवहारले संविधान बन्ने संकेत नदेखिएको ज्ञवालीले प्रष्ट पारे ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
कांग्रेसको सभापतिका दुई प्रतिष्पर्धी कोइराला र देउवाद्बारा महाधिवेशनपछि पार्टी थप एकतावद्ध भई सबैको आकर्षणको केन्द्र बन्ने दावी
माओवादी बाबुराम भट्टराईद्बारा बहुमतीय प्रक्रियाले मुलुकलाई निकास नदिने भन्दै राष्ट्रिय सहमतिमा जानुपर्ने उल्लेख
सङ्घीय लिम्बूवान राज्य परिषद सन्जुहाङ् पालुङ्वा समूहले आह्वान गरेको बन्दले पूर्वका नौ जिल्ला ठप्प
नेपाली सेनाले गरेको भर्ना आह्वानमा ५७ हजार भन्दा बढि आवेदन, आवेदन शुल्कवापत १ करोड ६९ लाख ३८ हजार ६० रुपैयाँ राजस्व सङ्कलन
आज बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसी, देशभर कुश घर-घरमा भित्र्याउँदै
प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा दई माओबादी लडाकुलाई प्रहरीले हतियार र ग्रीनेट सहित पक्राउ
सरकारले उत्कृष्ट कार्य गर्ने ४० जना निजामती कर्मचारीलाई प्रोत्साहनस्वरूप पुरस्कार
आजको सातौं प्रधानमन्त्रीय निर्वाचनबाट पनि दाहाल र पौडेल पराजित, आठौं चुनाव असोज १० मा हुने
चितवनमा फैलिएको डेंगु, लेप्टोस्पाइरोसिस, स्वाइनफ्लु-ज्वरोले साउन र भदौमा गरी विभिन्न अस्पतालमा १२ जनाको मृत्यु
काठमाडौंको फर्पिङमा टाटा सुमो दुर्घटना हुँदा पाँच को मृत्यु, पाँच जना घाइते
अन्मिनको भविष्यबारे गहन वार्ता गर्न स्थिति अनुकुल नभएको भन्दै महासचिव बान कि मुनले म्याद थप्न सुरक्षा परिषदलाई सिफारिस
नेपाली काँग्रेसको आउँदो १२ औँ महाधिवेशनमा तीन करोड खर्च हुने
प्रहरी प्रधान कार्यालयद्वारा आपराधिक घटनामा ६.२५ प्रतिशतले कमी आएको जानकारी
एमालेका वरिष्ठ नेता केपी ओलीद्बारा २४ भदौमा बस्ने पार्टीको पोलिटब्यूरो बैठकले तटस्थता निर्णय उल्ट्याउने संकेत
मधेसी जनअधिकार फोरमद्बारा प्रधानमन्त्री निर्वाचनमा माओवादी उम्मेदवार दाहाललाई भोट दिने
प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको ६५ औं राष्ट्रसंघीय महासभामा सहभागी हुन नजाने
शसस्त्र द्धन्द ध्वस्त बनाएको रुपन्देहीको बेथरी वेथरी प्रहरी चौकिको पुनः निमाण
तातोपानीबाट बाह्रबिसे आउँदै गरेको यात्रु बस भोटेकोसी नदीमा खंस्दा पाँच जनाको मृत्यु, कम्तीमा १० जना वेपत्ता
सर्वोच्च अदालतद्बारा माओवादी सभासदलाई आफ्नो भाइलाई गोली हानी हत्या गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसलाको फैसला
राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको गोदार गाविसमा पर्ने कमला नदी किनारमा शव उत्खनन् तथा अनुसन्धान गर्ने