१६ वर्षीया युवती नारायणी नदीले बगाएर बेपत्ता
(२०६७ श्रावण १४, शुक्रवार)
परासी । नवलपरासीमा बिहीबार साँझ नारायणी नदीले बगाएर एक युवती बेपत्ता भएकी छिन् । नर्सही-७, गोरुलनहर निवासी जतन कोइरीकी १६ वर्षीया छोरी बिन्द्रावती नदीमा डुबरे बेपत्ता भएकी हुन् ।
नेपाल गण्डक बाघ अन्तर्गत ठोकर नम्बर १२ मा दाउरा निकाल्न गएकी बिन्द्रावतीलाई दाउरा निकाल्ने क्रममा अचानक नदीले बगाएर बेपत्ता बनाएको थियो ।
युवती बेपत्ता भएपछि अहिले स्थानीयबासी र प्रहरीले युवतीको खोजी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यसैबीच पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास-५ ज्यामिरेमा आज अपरान्ह भएको सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ ।
दुर्घटनामा परी भारत दुर्गा जिल्ला स्टेट छत्तीसगढका ४२ वर्षीय रियाज खानको मृत्यु भएको छ भने थप दुई भारतीय नागरिक गम्भीर घाइते भएका छन् ।
|