माओबादीको नेतृत्वमा सरकार गठन गर्नु लोकतन्त्र र जनमतप्रतिको सम्मान
(२०६७ श्रावण २, आइतवार)
- श्याम परियार
आबुधावि, य़ूएई
नेपालमा यतिबेला महान नेपाली जनता को ऐतिहासिक बलिदानलाई असफल पार्ने गुरुयोजना ले खुलेआम खेल्ने मौका पाईरहेको छ | संघात्मक गणतन्त्र स्थापना र नया नेपाल निर्माणका लागि गरिएका हिजोका राजनैतिक सहकार्यको मूल पक्षलाई लत्याएर जनमत बाट पछारिएका मान्छेहरुको स्वार्थकालागी बिदेसिको उक्साहटमा प्रयोग बनेको सत्ताकोलागि भएको लज्जास्पद लुछाचुडीले, मुख्यदलहरुबीच आएको तिक्ततामा हिजोको १२ बुदे सहमतिको मुख्य पाटो र शक्ति संबिधान सभा मार्फत सबै भन्दा ठुलोदल बनेको माओबादीलाई पाखालगाउने दुस्शाहस नै यो अवस्थाको निमन्त्रणा हो भन्दा अतियुक्ति नहोला |
केहि समय हिजोको सहमतिलाई कुल्चिएर बहुमतीय प्रणाली मार्फत घेराबन्दी गर्दै माओबादीलाई पनि हिजोका नेपाली कांग्रेस र एमाले जस्तै भएर विशेष गरि भारत को दलाल बनेर सदियौ देखिको दलाल पाराले नेपालमा राज्य संचालन गराउने र माओबादी लाई पनि नेपाली कांग्रेस र एमाले जस्तै हो भनेर प्रमाणित गराउने जुन प्रयास थियो सो इच्क्षा जब क. प्रचण्डले पहिलो पटक नेपाली को स्वतन्त्रता लाई नेपाली जनताको इच्क्षा बमोजिम नेपाल र नेपाली जनताको सर्बोच्चताको लागि प्रयोग गर्ने एतिहासिक शाहस गरे अनि सुरुभयो उही प्रभुको इसारामा सहमतिको बिरुद्दमा तल्लोस्तरको गठबन्धन र राजनैतिक धुर्बिकरण | अनि नेपाल का भारतपरस्त हिजोका राजाबादी देखि आफ्नै पार्टीका इमान्दार देशभक्तहरुलाई समेत पाखा लगाउदै राष्ट्रघाती कदम चालेर भारतको इमान्दार नेपाली दलाल साबित गर्ने बहादुरी गरेका, राजालाई असर्फी चढायर जनता बाट आफ्नो राजनैतिक भबिस्य समाप्त पारेका ,अनि हिजो राजाको बिस्वासपात्र बन्न जनताको संघात्मक गणतन्त्रको बिरुद्द बेबिकिंगको पक्षमा चिच्याउनेहरुको अपवित्र गठबन्धन देखापर्यो माकुनेको नेत्रित्तोमा !! जसको एक मात्र मूल मन्त्र बन्यो माओबादीलाई राज्यसत्ताबाट अलग बनाउने ..! येही सिद्दान्तहिन निषेधको राजनैतिक दुस्साहसले आज नेपाललाई सम्पूर्ण क्षेत्रमा फेरी पश्चगमनतिर धकेल्दै लगेको हामी सबै नेपाली जनताले राम्ररी देख्न पाएका छौ | हिजो जंगलमा चुपचाप बास बस्न विवस ज्ञानेंद्र आज फेरी खुलेआम सक्रियता देखाउने हिम्मद गर्दै छन् | राजनैतिक अस्थिरता ल्याएर नेपालमा आफ्नो अनुकुल सन्धि र सिमा अतिक्रमण गर्दै नेपालको अर्थतन्त्रमा आफ्नो अधिपत्य जमाईराखने र नेपाली देशभक्त उद्द्योगपतिलाई धरासाही पार्ने भारतको इच्क्षालाई पनि खुब मलजल मिलेको छ यो सरकार गठन पछिको निरन्तरतामा |
तर बिडम्बना नेपाली जनतामा देखा परेको सुन्दर,शान्त र बिकशित नया नेपालको सपनालाई भने येतीबेला नराम्ररी घाटि निमोठ्न पुगेका छन् | ति नेताहरु जो हिजोको ज्ञानेंद्र को नया रुपमा देखापर्दै छन् ! जनताबाट तिरस्कृत भैसकेपछि पनि केहिछिनको व्यक्तिगत हासो र मान प्रतिस्ठाको लागि जनमत र ऐतिहासिक सहमतिको राजनीतिलाई कुल्चेर हासेकाछन् | उनीहरुको भबिस्य हिजोका राजा ज्ञानेंद्रको जस्तै हो भन्ने कुरा उनीहरुले बुझ्न आवस्यक छ !! जनता २१औ शताब्दीको राजनैतिक सुझबुझमा छन् भन्नेकुरा बेलैमा बुझ्दा हुन्छ !
तर मलाई आज भन्न मन लागेको कुरा बर्गीय संघर्स को धुर्बिकरण को बिकाश को बारेमा होइन , म यतिबेला सम्पूर्ण नेपालीले चाहेको कुरामा जान चाहन्छु | जसमा हामी सबै जाना पर्छौ | जो नेपालमा बस्छौ र नेपाललाई माया गर्छौ | हामी सबैले भोगेको कुरा हो नेपालको राजनैतिक अस्थिरता र द्वन्दलाई व्यवस्थापन गर्न नेपाललाई संघात्मक गणतन्त्रमा लैजानु र सोहिअनुकुलको जनताको संबिधान बनाउनु अनि पूर्व सहमतिको बिन्दुमा उभिएर पुरानो सेनाको लोकतान्त्रिकरण र जनसेनाको ब्यवसायकिकरण गर्दै सेनासमायोजन गर्नुको विकल्प छैन | सारा नेपाली जनताले आफ्नो मतदान मार्फत आफ्नो अवाधारणा र जनमत दिएका छन् | जसको आधारमा नेपाललाई स्थाई शान्ति र जनताको संघात्मक संबिधान बनाउदै लामो समय सम्म चलेको केन्द्रिकृत शासन प्रणाली बाट हिजो भएको जातीय ,धार्मिक ,लैंगिक ,भाषिक,आर्थिक ,राजनैतिक, शैक्षिक, भौगोलिक र तमाम शोषण को अन्त्य गर्नु र गणतन्त्रलाई जनताको जीवन यापनमा प्रतक्ष असरपर्ने गरि स्थापित गर्नु आजको मुख्य आवश्यकता हो |
जसका लागि सबै भन्दा पहिले ति राजनैतिक दलहरु जसले अनेकन दबाबका बाबजुद देश र जनताको बिपक्षमा बहुमतीय प्रणालीलाई स्थापित गरेर जुन सरकारमुखी खेललाई निम्तोदिने गल्ति गरे, त्यहिँ ठाउमा सुधार नल्याउने हो भने यो अनिश्चितता कहिल्येही नसकिने कालरात्रि बन्ने मा कुनै संका नगरे हुन्छ | यदि फेरी पनि बहुमतीय प्रणालीमा गएर सरकार बनाउने काम भयोभने देश र जनताले थपेको समयमा पनि शान्ति र नयासंबिधान पाउछन् भनेर आशा नगरे हुन्छ |
त्यसकारण समयमा नै राजनैतिकदलहरुले जनताले दिएको जनमतको निर्देशनलाई आधार मानेर सरकारमा ठुलोदलको नेत्रित्तोमा सम्पूर्ण दलहरुको भूमिका खोज्नु नै सबैभन्दा सजिलो र नया नेपालको निर्माणमा राजनैतिक दलहरुको देश र जनताप्रतिको इमान्दारिता हुनेछ नत्र यो या त्यो बहानामा कसैले आफुलाई प्रधानमन्त्रि चाहिन्छ भन्छ भने त्यो सबै भन्दा घटिया राजनैतिक खेल हुनेछ जनताले राम्ररी देखेको छ मुल्यांकन पनि गरिरहेको छ | अब बन्ने सरकार लोकतान्त्रिक मूल्य र जनमतलाई कदर गरेर सबै भन्दा ठुलोदल एकिकृत नेकपा माओबादीको नेत्रित्तोमा नेपाली कांग्रेस ,एमाले ,मधेसबादीदल र सम्पूर्ण राजनतिक दलहरुको सहमतीय सरकार बन्नु पहिलो आवस्यकता हो | यदि सरकारको नेत्रित्तो माओबादीले गर्दैमा नेपाली काग्रेस, एमाले र मधेशबादीदलहरुले सबै काम माओबादीले चाहेजस्तो हुन्छ भन्ने विचार राखेको भए त्यो आफ्नै शक्तिको पहिचान गर्न नसक्नुको परिणति नै हो नत्र ठुला दलत के येतीबेला संबिधान सभाका साना साना दलको सहभागिता बिना संबिधान निर्माण हुन सक्दैन भन्ने कुरा सामान्य राजनैतिक बुझ भएका सबैलाई थाहा छ |
त्यसै कारण सरकारको नेत्रित्तो बिना सरकारमा जान्न भनेर भन्नु नेपाली कांग्रेसका केहि नेताको प्रधानमन्त्रि बन्ने चाहना मात्रै हो |नत्र माओबादीको नेत्रित्तोमा सरकार गठन गर्नु माओबादीको अगाडी झुकेको महसुस गर्ने नेपाली कांग्रेस ले लोकतन्त्र र जनमतप्रतिको सम्मान नै हो भनेर बुझ्दा उपयुक्त हुन्छ , बरु एमालेको एउटा खेमाले देखाएको बुद्दिमत्ततालाई बेलैमा सबैले बुझ्दा देशले निकास पाउने छ |
नत्र देशमा हुने अराजकताले नत देशलाई ,नत राजनैतिक दललाई नै फाइदा हुन्छ त्यसैले बेलैमा सबै राजनैतिक दलहरुले बुद्दी पुर्याउनु र हिजोको सबै तिक्ततालाई देश र जनताको लागि बिर्सेर फेरी नया सहमतिमा जनताले चाहेको संबिधान निर्माण र शान्ति प्रकृयालाई मुख्य बिषय बनाउदै सहमतीय सरकार निर्माणकोलागि हामी सबैले आफना मात्रीपार्टीहरुलाई दबाब सिर्जना गराउनु हामीसबैको कर्तब्य हो भने केहि युवाहरु यो कार्यकोलागि लागिपरेकोमा लागेकोमा धन्यवाद दिन चाहन्छु भने मेरो आशय पनि त्यहिँ हो भन्ने स्पष्ट पार्न चाहन्छु सबैलाई चेतना भया | |