भारत तथा बेलायत बीच सन्नताउन्न वटा विमान किनमेल सम्झौतामा सही
(२०६७ श्रावण १४, शुक्रवार)
भारत तथा बेलायतले हिजो बेलायतबाट सन्नताउन्न वटा अत्याधुनिक हक जेट विमान किन्ने सम्झौतामा हस्ताक्षर गरेको छ। भारतको भ्रमणमा रहेको बेलायती प्रधान मन्त्रीको प्रतिनिधि मण्डलसँग हस्ताक्षरित उक्त सम्झौतामा संलग्न रकम बाउन्न अर्ब भारतिय रुपियाँ रहेको बताइएको छ।
प्रेस ट्रस्ट अफ इन्डियाले हिजो जनाए अनुसार, बेलायतका प्रधान मन्त्री डेभिड क्यामेरोनले भारतको दक्षिणी भागमा पर्ने बेङ्गलोरमा गरिएको उक्त हस्ताक्षर समारोहमा भाग लिनुभएको थियो।
ती जेट विमानहरु बेङ्गलोरमै उत्पादन हुने र तीमध्येका चालिस वटा भारतीय वायु सेनालाई दिइने छ भने अन्य सत्र वटा भारतीय जल सेनालाई दिइने उक्त सम्झौतामा उल्लेख गरिएको छ। |