यात्रुबाहक बसको ठक्करवाट दुई जनाको मृत्यु
(२०६७ आषाढ २६, शनिवार)
राजबिराज, अषाढ २६ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुर-३ मा शनिबार बिहान यात्रुबाहक बसको ठक्करवाट दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ३ ख २०८३ नम्बरको हिमाली यातायात बसले विपरीत दिशाबाट आउदै गरेको स १ प ८५८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाईकलमा सवार सिरहा-४ का ३१ बर्षीय संजीब नायक र भारतको कोलकता घर भई सिरहा डेरा गरि बस्दै आएका २१ बर्षीय मजमुल मियाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक शिव मुखियाले बताए ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छ । मृतकका शव पोष्टर्माटमका लागि सगरमाथा अन्चल अस्पताल राजबिराज ल्याईएको छ । |