बाँकेमा सर्पको डसाईबाट दुई बालकको मृत्यु
(२०६७ श्रावण ६, विहीवार)
- प्रीयास्मृती ढकाल
बाँके - बाँकेमा सर्पदंशवाट आज दुई वालकको ज्यान गएको छ । इन्द्रपुर गाविस वडा नम्वर – ६ का ५ बर्षीय सुशीला बर्मा र उनका ४ बर्षका भाई करण बर्माको सर्पदंशवाट ज्यान गएको हो ।
घरमै सुतिरहेका बेला उनीहरुलाई बुधबारराती सर्पले डसेको थियो । सर्पदंशवाट गम्भिर विरामी परेका उनिहरुको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
|