उपचारका नपाउँदा गर्भवतीको मृत्यु
(२०६७ आषाढ २९, मंगलवार)
डोटी, अषाढ २९ - उपचारका लागि अस्पताल ल्याउदै गर्दा डोटीकी एक गर्भवती महिलाको मंगलबार मृत्यु भएको छ ।
खातिवडा उपस्वास्थ्य चौकीका स्वास्थयकर्मी नभएपछि उपचारका लागि जिल्ला अस्पताल सिलगढी लैजादै गर्दा नरु देवी साउदको मृत्यु भएको हो ।
खातिवाडा गाविस वडा नं ८ दल्लेखकी ३५ वषिर्या नरु देवी साउादका आफन्तले स्वास्थ्यकर्मी नहुदा मृत्यू भएको आरोप लगाएका छन् ।
जिल्ला सदरमुकाम आएका स्वास्थयचौकी इन्चार्ज बम अर्यालले स्वास्थ्य चौकीलाई प्रसुतीसेवा गराउने अनुमति नरहेकाले उपचार गर्न नसकिएको वताएका छन् ।
गाविसमा हालै मात्र प्रसुती सेवा दिनका लागि गाविस मार्फत अनमी भर्ना गरेको भएपनि अनुमति नपाएको अर्यालको जिकिर थियो । |