पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार
(२०६७ आषाढ २६, शनिवार)
पाँचथर - क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय, विराटनगरको आयोजनामा पाँचथर अस्पतालमा सञ्चालन भएको पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार गरिएको छ ।
शिविरमा आएका तीन सय महिलामध्ये ती महिलाको शल्यक्रिया गरी उपचार गरिएको हो । शिविरमा ४० बर्ष भन्दा बढी समयसम्म पाठेघर खस्ने पीडा भोग्दै आएका महिलाहरुसमेत आएका थिए ।
शिविरमा अधिकांश महिलाहरु विभिन्न बहाना बनाएर आएका थिए । लाज, डर र जनचेतनाको अभावमा ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि पाठेघर खस्ने समस्याले पीडित बन्ने गरेको पाइन्छ ।
|