arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

अनमिन र अमेरिकाव्दारा राजनीतिक गतिरोध अन्त्यका लागि सहमतीय सरकार बन्नुपर्नेमा जोडtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण १४, शुक्रवार)

काठमाडौं, श्रावण १४ - अनमिन र अमेरिकाले राजनीतिक गतिरोध अन्त्यका लागि सहमतीय सरकार बन्नुपर्नेमा जोड दिएका छन् त्यसका लागि प्रमुख राजनीतिक दलबीच सहमति कायम हुनुपर्ने उनीहरूको धारणा छ ।

बिहीबार नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधानमन्त्रीसमेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र अनमिन प्रमुख करिन लेनग्रेनले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई भेटी सहमतिका लागि जोड दिएका थिए । उनीहरूले राजनीतिक गतिरोध अन्त गरी शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउन र माओवादी लडाकू समायोजन र पुनर्स्थापना गर्न सहमतिको सरकार आवश्यक रहेको जनाए । 'राजनीतिक गतिरोध अन्त गर्न, शान्ति प्रक्रिया निस्कर्षमा पुर्‍याउन र अनमिनको समयावधि रहँदै माओवादी सेना समायोजन र पुनस्थापना गर्न प्रमुख राजनीतिक दलले सहमतिको सरकार बनाउनु पर्नेमा जोड अनमिन प्रमुखले जोड दिनुभयो,' अनमिन प्रवक्ता कसमस विश्वकर्माले भने ।

राजदूत डेलिसीले माओवादी अध्यक्ष दाहाललाई पार्टी मुख्यालय पेरिस डाँडामा भेटेका थिए । भेटमा राजनीतिक गतिरोध, सरकार निर्माण, प्रधानमन्त्री चयनमा मतभेद्, माओवादी लडाकू समायोजन र पुनस्थापना लगायतका विषयमा कुराकानी भएको माओवादी स्रोतले बताएको छ । 'समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो,' दाहालका स्वीय सचिव समिर दाहालले भने ।

त्यसैगरि उपप्रधानमन्त्री गच्छदारसँग डेलिसीको भेट राजनीति केन्द्रित थियो । सिंहदरवारस्थित कार्यालयमा भएको भेटघाटमा गच्छदार र डेलिसीमात्र थिए । 'कुराकानी विशुद्ध राजनीतिक विषयमा केन्द्रित थियो,' गच्छदारनिकट स्रोतले कान्तिपुरलाई भन्यो ।

भेटमा माओवादी उपाध्यक्ष भट्टराईले पनि बहुमतीय सरकार बनाउनु नभएर सहमतीय सरकार आवश्यक रहेकोमा जोड दिएको उनका सहयोगी बिश्वदीप पाण्डेले बताए । भेटघाट भट्टराई निवास शान्तिनगरमा करिब आधा घण्टा भएको थियो । बहुमतिय सरकार कमजोर हुने भएकाले सहमतिय सरकार आवश्यक भएको धारणा लेनग्रेनले राखेकी थिइन् । 'बहुमतीय सरकार कमजोर हुनसक्ने र त्यसले शान्ति प्रकृयामै बाधा पुराउने भएकाले अनमिन प्रमुखले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न अनुरोध गर्नुभयो' लानग्रेनको भनाइ उद्धृत गर्दै पाण्डेले भने ।

सरकार गठन प्रक्रिया ढिला हुँदा सेना समायोजन र शान्ति प्रक्रिया अलपत्र पर्नसक्ने चिन्ता लेनग्रेनले व्यक्त गरेकी थिइन् । उनले अन्मिनको समयावधी नसकिदै सेना सयायोजन र पुनस्थापना प्रक्रिया अघि बढाउन आग्रह गरेकी थिइन् । भट्टराईले माओवादी शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दासम्म अनमिनको समयावधी थप्नु पर्ने पक्षमा रहेको बताएका थिए ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सर्वोच्च अदालतद्बारा माओवादी सभासदलाई आफ्नो भाइलाई गोली हानी हत्या गरेको भन्दै सर्वस्वसहित जन्मकैदको फैसलाको फैसला
राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको गोदार गाविसमा पर्ने कमला नदी किनारमा शव उत्खनन् तथा अनुसन्धान गर्ने
एमाले केपी ओलीद्बारा संसद्बाट सरकार बनाउन राष्ट्रिय सहमति नचाहिने विचार व्यक्त
मजदुर किसान पार्टीका विजुक्छेले सुविधा खोसिने डरले दलहरु राष्ट्रपति शासनको विपक्षमा रहेको दाबी, राष्ट्रपति शासनको पक्षमा
माओवादीको नेतृत्वमा सरकार बन्न नदिन भूमिका खेल्दै आएको भारतका राजदूत राकेश सुदले प्रधानमन्त्रीलाई भेट
शेरबहादुर देउवाद्वारा असन्न काँग्रेस महाधिवेशनका लागि पार्टी सभापतिमा उम्मेदवारी घोषणा,प्यानलबाट विमलेन्द्र निधिले महामन्त्री र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दिए
माओवादीद्वारा आफ्नो पार्टीलाई संवैधानिक बाटोबाट हिँड्न नदिने षड्यन्त्र भइरहेको भन्दै पुनः विद्रोहको गर्ने चेतावनी
मुलुकमा अझै दुई- तीन दिन मनसुनी वायु सक्रिय भई वर्षा जारी रहने
बुटवलमा झाडापखालाका नौ जना बिरामीमा हैजाको जिवाणु भेटिए, एक जनाको मृत्यु
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा संविधानसभा विगठन गर्नुपर्ने माग
मधेसी संयुक्त मोर्चा छैटौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि तटस्थ बस्ने
बुद्द एयरको एटिआर बिमान भैरहवाबाट उडेको नौ मिनेटमै आकस्मिक अवतरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद्ले घुस दिएको भन्ने सत्यतथ्यबारेमा अनुसन्धान गर्ने
माओवादी पुष्पकमल दाहालद्वारा आफ्नो पक्षमा भोट माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुका निवास - निवासमा
माओवादी डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा बसले दिएको ठक्कर शङ्कास्पद भन्दै छानबिन गर्न माग
दाङका सञ्चारकर्मीद्वारा भारतीय हस्तक्षेपको विरोध
माओवादी बाबुराम भट्टराईद्वारा नेपालको वर्तमान अबस्था विश्वकै नौलो र निकै जटिलपूर्ण, सुगौली सन्धीपछि जस्तै खतरनाक रहेको दावी
बडापत्रमा उल्लेखित प्रावधानविपरीत काम चलाउ प्रधानमन्त्री माधवकुमार नेपाल जम्बो टोली लिएर ६५ औं राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जाने
माओवादीले प्रचण्डलाई भोट हाल्न पाँच करोड रुपैयाँ दिने प्रस्ताव गरेको मालेका महासचिव सिपी मैनालीको दाबी
वर्षको चार महिनामा प्राकृतिक प्रकोपबाट २ सय ५८ जनाको मृत्यु, देशका ३९ जिल्ला प्रभावित