पूर्वी नेपालको सीमाक्षेत्रमा राखिएका भारतीय सीमासुरक्षा बलका जवानको ज्यादती
(२०६७ आषाढ २९, मंगलवार)
इलाम (मङगलबारे) । पूर्वी नेपालको सीमाक्षेत्रमा राखिएका भारतीय सीमासुरक्षा बलका जवानको ज्यादती बढेको पाँचथर प्राङ्बुङका देवीप्रसाद नेपालले बताउनुभएको छ ।
एसएसबीको ज्यादती बढेपछि एक साताअघि सीमा क्षेत्रको निरीक्षणमा गएका इलाम, पाँचथर र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष स्थानीबासीले सुरक्षाको माग गरेका छन् ।
सीमासुरक्षा बलका जवान हतियारसहित नेपाली गाउँ पसेर स्थानीयबासीलाई धम्की दिने गरेको पाँचथर च्याङ्गथापुका रत्न बानियाँले बताउनुभयो ।
इलाम, पाँचथर र ताप्लेजुङका सीमाक्षेत्रका गोठ सञ्चालक भारतीय सीमासुरक्षा बलको ज्यादती सहन बाध्य भएको बताउँछन् ।
गोठमा उत्पादित घिउ, छुर्पी, चीज भारतका व्यापारिक केन्द्रमा लैजाँदा सीमासुरक्षा बलका जवानलाई नदिए खोसेर खाने गरेको गोठ सञ्चालक योगेश राईले बताउनुभयो ।
|