ओखलढङु्गामा एमाले नेताको अज्ञात समुहले हत्या
(२०६७ आषाढ २५, शुक्रवार)
ओखलढङु्गा, अषाढ २५ - एमाले नेता छवि कार्कीलाई गएराती अज्ञात समुहले हत्या गरेका छन् । एमाले कार्यकर्ताहरुले आक्रमणमा माओवादी कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ ।
कार्कीलाई जिल्लाको ठूलाछापस्थित होटलमा खाना खाइरहेको बेला हतियारधारी अज्ञात समुहले आक्रमण गरेको थियो ।
धारिलो हतियार प्रहार गरी घाइते बनाइएका ४३ बषिर्य कार्कीको उपचारको क्रममा सदरमुकामस्थित सामुदायिक अस्पतालमा मृत्युभएको हो ।
प्रहरीले आक्रमणकारीहरुको खोजीमा व्यापक बनाएको वनाएको छ । तीन जना शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएकोसमेत उल्लेख गरेको छ । |