arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २, बुधवार)

world news

आगामी ५ वर्षभित्रमा नेपाललाई घरभित्रको धुवाँमुक्त बनाउने महत्वाकांक्षी योजना सहित नेपाल जैविक ऊर्जा रणनीति कार्यान्वयनमा ल्याइएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालयको संयोजकत्व र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा तयार पारिएको जैविक ऊर्जा रणनीतिको बुधबार वातावरण मन्त्री जयदेव जोशीले सार्वजनिक गरेका छन् । 

परम्परागत तरिकाले प्रयोग हुंदै आएको दाउरा, गुँईठा जस्ता ऊर्जाका स्रोतलाई आधुनिक, दिगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्नका लागि र वातावरण संरक्षण गर्ने उद्धेश्यले उक्त नीति कार्यान्वयनमा ल्याइएको मन्त्री जोशीले बताए । जैविक ऊर्जा नीतिले एलपी ग्यासमा बढिरहेको परनिर्भरता हटाई इन्धन आयातमा समेत कमि ल्याउन रणनीति सहयोगी हुने सरकारको विश्वास छ । शहरी क्षेत्रबाट उत्पादन हुने फोहोरबाट ऊर्जा उत्पादन गरि फोहोरमैला व्यवस्थापनमा सहयोग पुर्याउने र आधुनिक जैविक ऊर्जाको विकास गर्ने नीति सरकारले लिएको छ । यसले वन जंगल र वातावरणको संरक्षण हुनुका साथै जैविक ऊर्जाको उचित प्रयोगबाट जैविक स्रोत र साधनको सदुपयोग हुने मन्त्री जोशीले बताए ।

सरकारले लिएको लक्ष्य प्राप्तिका लागि बायोडिजेल र बायोइथानोलको प्रयोगबाट डिजेल र पेट्रोलको प्रयोगमा कमि ल्याउनका लागि कृषिजन्य अवशेष तथा जैविक फोहोरलाई उपयोग गरि दिगो जैविक ऊर्जाको उत्पादनमा बृद्धि गर्ने रणनीतिमा उल्लेख गरिएको छ । यसबाट नेपालका सबै घरधुरीमा स्वच्छ ऊर्जाका खाना पकाउने प्रविधि पुग्ने मन्त्रालयले बताएको छ । सरकारले सन् २०२२ सम्ममा आधुनिक जैविक ऊर्जा प्रविधिको प्रबद्र्धन गरि घरभित्रको धुवाँमुक्त नेपाल बनाउने र २०३० सम्ममा ठोस इन्धन प्रयोग गरि सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने दावी गरेको छ । यसका लागि सरकारले विभिन्न निकाय र संस्थाहरुको सहयोगलाई एकद्वार प्रणाली अपनाएर कार्यान्वयनमा लैजानका लागि वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय समन्वय समितिको गठन गरेको छ । 

नेपालमा हालसम्म वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र मार्फत लघु तथा साना जलविद्युत आयोजनाबाट देशभर २९ मेगावाट विद्युत उत्पादन, १३ लाख भन्दा बढि सुधारिएको चुलो, ३ लाख ८० हजारभन्दा बढि बायोग्यास प्लाण्ट, ६ लाख ५० हजारभन्दा बढि सौर्य ऊर्जा प्रणाली जडान भै सकेको छ । तरपनि ५४ लाख घरपरिवारमध्ये ४० लाख घरपरिवारमा परम्परागत दाउरा लगायतका ऊर्जाको प्रयोग भइरहेको छ । यसलाई पूर्ण रुपमा विस्थापित गरि सरकारले नेपाललाई धुवाँमुक्त बनाउने लक्ष्य लिएको छ । 

नेपालमा गरिएको एक अध्ययन अनुसार वार्षिक करीव ७ हजार ५ सय व्यक्तिको मृत्यु घरभित्रको वायुप्रदुषणले गर्दा लाग्ने विभिन्न रोगबाट हुने गरेको पाईएको छ । हालै सम्पन्न राष्ट्रिय जीवनस्तर निर्धारण सर्वेक्षण को प्रतिवेदन अनुसार करीव ३० लाख घरधुरीको पहुँच सुधारिएको चुलो सम्म मात्र हुन सक्ने देखिन्छ । नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत् उन्नत सुधारिएको चुलाहरु, बायोग्यास, सौर्य कुकरड्रायर लगायतका खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिहरुको प्रवद्र्धन र विस्तारमा जोड दिदै आएको छ । 
   

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
देशभरका पहाडी र पूर्वी तराई क्षेत्रमा मौसम बदली, केही क्षेत्रमा बर्षा हुने
आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो
अब सवारीसाधनमा क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु
आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक
टेलिकमको डाटा प्याकेज अनलाइनबाटै खरिद गर्न सकिने
सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी
बागलुङको तमानखोलामा पहिलो पटक टेलिकमको मोवाईल सेवा पुग्यो
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरु
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु
ललितपुरमा भोलिदेखि मेकानिकल प्रर्दशनी रोबोट फाइट, ड्रोन र इनर्जी भिलेज मुख्य आकर्षण
डन्डिफोर उपचार र बचाउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736