arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
साहित्य

ज्युँदो मान्छेtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २७, मंगलवार)

-प्रकाश बेल्बासे 

हेलो, 
प्रकाश दाइ हो ?
हो ।
दाइ, म दिनेश !
 दिनेश ! उमऽ को दिनेस रे..? 
तपाइले एयर्पोट भेटेको शाही, दांङ`को ।
सोरि भाइ, म अल्मलिए ।
दुई बर्ष अंघि हजुरले नेपाल फर्काएको ....

ए , तिमि ! ओ माइ गड ...
 कहाँ छौ यार, अनि सन्चो भयो, किन ब्लक गर्यौ मलाइ ?
 
दिनेशको अनेपेक्षित फोनले म झस्किए । उ मलाइ कुनै दिन सम्झने छ , मलाइ अपेक्षा थिएन ।

 मेरा प्रश्नहरुको  झरी सुनेर उ अक्मकायो । 

 मैले थपे, तिमी सन्चो त भयौ नि ? 

   उ हाँस्यो । 
दाइ, म नेपाल उत्रिएपछि आधा सन्चो भए । तपाइले भेट्नु भनेका डाक्टर भेटे । ती दिलबन्धु गजबका रहेछन ।  तपाइका धेरै कुरा गरे । 

जे होस ठिक छौ नि अहिले ?
म आराम छु दाजु । सुन्नुस न , मेरि बुडि तपाइलाइ सम्झी रहन्छिन ।
है ,  उर्मिलालाइ नमस्ते भन्देउ  ।

अरु , आजकल  के गर्दै छौ ?
म सिभिल शर्बिस छिरे दाजु , बाँके जिल्ला प्रशासनमा अधिकृत छु ।

हं ..? के भन्छ हौ !

हो दाइ, तपाइले जे भन्नू भाथ्यो मैले त्यही गरे ।

 त्यसपछि उ के बोल्यो, के भन्यो मैले बुजिन । मेरो घाँटिमा केही अड्किए जस्तो भयो । उसका खुशिहरु मेरा आँखा भएर बगे । 
केहिबेरको कुराकानी पछि हामिले फोन राख्यौ । 
  
यो बितेको दुइबर्षमा मैले उल्लाइ धेरै पटक सम्झिए । मलाइ उल्ले किन ब्लक गर्यो भन्ने कुराले सधै पोलि राख्यो , म जलिराखे ।
तर आज उसको फोनले त्यो घटना बल्जाइदिएको छ । म एउटा हत्या नभएको आत्माको सत्य कथा लेख्दै छु ।
 
कुरा परारै असारको थियो । 

नेपालमा बन्द भएको जहाजको ढोका यँहि आएपछि खुल्यो, इन्छन ।
सायद यो माटोमा तेस्रो पटक भएकोले होला मलाइ कतै अल्मलिनु परेन,मेरा पाइलाहरु गन्तव्य प्रती प्रस्ट थिए । इमिग्रेसन पार गर्नै लाग्दा, घोप्टी परेको मानिस आकृतिले मेरो दृस्टि खिच्यो । देखें -  एउटा युबा शरीर  नर्थफेसको ज्याकेटमा भुइँमा थ्यांचिएको रहेछ ।  घाँटिको रुद्राक्ष , नजिकै रहेको झोला र बर्णले उ नेपाली हो भन्ने संकेत गर्यो ।
ब्यागलाइ थोरै साइड च्यापेर नज्दिक गए, सोधे - नेपाली हो ?
हो ।
अनि के भयो र ? लाइनमा नबसेर !
ज्वरो आयो सर, खुट्टा गले त्यसैले एक्कैछिन आराम गरेको । 
उजाड उदास अनुहार, मुखमन्डलको आवा पुरै उडेको ।
 ज्वरो रहेछ ।
हिँड्नुस निस्कौ , बाहिर गएपछी सिटामोल खानुपर्छ ।
 मैले ब्याग उठाइदिंए, उनि मलाइ पिछ्याए । 
कार्ड झिक्नुस र उ : त्यो लाइनमा बस्नुस । टाउको हल्लाएर हुन्छको जबाफ दिएका उनलाइ  अघि राखेर म पछाडी उभिए । एक्कैछिनमा हामी बाहिर निस्कियौ । केहि मिनेटको पैदलमा उसको नाम र कोरियामा उसको बसाइको बिसयमा मैले सोधखोज गरिसकेको थिए ।
 
दिनेश साही,  घर दांग । 
कोरिया आएको ७ महिना । 
३ महिना  हस्पिटल बसेर नेपाली ८ लाख सक्किएको ।
  घर गएर उपचार गरि फर्किएको आसाबादी युबा । 
झोला भरी औषधि छन, उसका । कपाडाहरुबाट पनि औसधिको गन्ध आउँछ । 
 यार , कस्तो बिडम्बना । यस्तो अबस्थामा पनि बिदेश आउनुपर्छ । 
साला पैसा रोएपछी दुख बिर्सिएर फक्क्किनुको बिकल्प छैन नेपालिसंग !
  हरे , हाम्रो जिन्दगी !!

सिटामोल खुवाएपछी भने,  हिड्नुस मै सङ ।  म पनि काम छोडेर घर पुगेर फर्कदै छु । सेल्टर बसौला अनि काम खोज्नु पर्छ । म बोल्दै गए, उनि हुन्छको संकेत गर्दै गए । 

ट्याक्सी लिएर हामी आनसान हिड्यौ, मैले बुजेको शहर ।  
ट्याक्सिमा धेरै कुराहरु भए । 
उनका कुराहरु सत्य थिए,आज यो लेख्दै गर्दा बिस्वास गर्ने प्रसस्त आधारहरु छन तर त्यो अबस्थामा मैले सुन्न र उल्ले सुनाउनका लागि मात्रै गरिएका कुराहरु हुन जस्तो लाग्थ्यो ।
कोहोलपुर पढ्ने, आइए र बिए मा क्यामपस टपेको ।  दलित युवती सङ्ग प्रेम मा परेपछी बिहे गरेको । घरबाट निकालिदिएपछी जिबिकाको लागि ट्युसन पढाउने काम र पत्रिका बेच्ने काम गरेको ।  र साथिको सल्लाहमा कोरियन भासा पढी यता आएको उसको कथा र त्यो भित्रका उपकथाहरु बास्तवमै कुनै चलेको फ्लिम भन्दा कम थिएनन । 

आनसानमा हामिले सेल्टर भेट्यौ । जेम्स राई द्वारा संचालित सेल्टरमा १० जना साथिहरु बस्दै आउनुभएको रहेछ ।
गोबिन्द पान्डे , मगज परियार, पर्बत लामिछाने, यादब दाजु, बिस्ट लगायत साथिहरु साह्रै सहयोगी हुनुहुँदो रहेछ  ।
सबैसाथिहरु माझ चिनापरिचा भयो । आफ्नो अबस्थाको जानकारी दिनेश उसै गरि सुनाउथे जसरी दुखको पोको मेरा अगाडि फस्टाएका थिए ।
एकबिहान गोबिन्द ले भने , मितज्यु - यी ब्यालेन्समा छैनन । कोरिया यी बस्लान जस्तो लाग्दैन ।
के गरौ त ? 
मैले उपाए खोजे ।
बेल्का जेम्स दाजु संग सल्लाहा गरौ । गोबिन्दले भने जस्तै हामी साँझ कुरेर बस्यौ ।

त्यो बिचमा दिनेश र म एउटा काम हेर्न ओइदो गयौ । फलाम कम्पनी रहेछ, ग्रेन्डिङ्को काम - करिब २३ लाख तलब ।
उनी कम्पनि देखेरै तर्सिए , मलाइ पैसो धेरै भो । खासमा फलामले हामिलाइ थिच्यो । देखेरै दिनेशको ज्वरो फर्कियो ।
 
हामी नजिकैको पार्कमा गयौ । मैल मेरो बिगत र उनी आफ्नो ,  सुनाउन थाल्यौ । 
भन्दै गए ,उर्मिला नर्श रहिछन । 
परियार जातिकी छोरी बिहे गरेकोले नै उनिहरुलाइ समाजबाट निकालिएको रहेछ । लोकसेबामा लिखित पास गरेर अन्तर्बार्तामा फ्यालिएको कुरा गर्दै गर्दा उनी पग्लिरहेका थिए । लोकसेबा प्रती उनको लगाब अनौठो रहेछ । बाचियो भने नाम निकाल्ने ज्युँदो आशा बोकेका उनी कुराको बिच-बिचमा मर्न पाए हुन्थ्यो`को आसय ब्यक्त गर्थे ।

उनले सुनाउदै गए , 
कोरिया आएपछि काम गाह्रो परेछ । साउको रुखो ब्यबहारले उनी बिस्तारै निरास हुन थालेछन । काममा नजाने , गए पनि बिचैमा छोडेर हिड्ने जस्ता कृयाकलाप ले साथिहरु पनि उनका रहेनन । होमसिक र डिप्रेसनले गलेका उनी कमजोर भएछन । 
हातखुट्टा झमझमाउने , ज्वरो आउने ,बान्ता हुने भएपछी साथिले हस्पिटल पुर्याएछन । 
भाषाको समस्या, पैसाको अभाब र रोगी शरीर !  प्रकाश शर , भो म फर्कन्छु । उन्लाइ बिगतले च्याँप्यो । दुखहरु भयन्कर रहेछन, जसलाइ बाड्दा पनि दुख्दो रहेछ  ।
त्यतिबेला लगातार ३  महिना हस्पिटल बस्दा ९० लाख वन , (८ लाख नेपाली) सक्किएको रहेछ । गाउँले साथिहरु र उनका आफनै भाइले अब हस्पिटल राखेर उपचार संभब नभएपछी नेपाल फर्काइएका रहेछन । बिदा दिन आनकानी गरेको कम्पनिले लेटर दिएर अरु कम्पनिमा काम गर्न सक्ने गरि बाटो खुलाएको रहेछ ।
र नेपाल फर्किएछन । उपचारमा उनी रोगी देखिएनन ।
सबै जड मनस्थिती रहेछ हेर्नुस ! उनी आफु डिप्रेसनमा रहेको स्विकार गरे ।
४१ दिन नेपाल बसेर फर्किएका उनलाइ नेपाल एयर्पोर्ट देखि अप्ठ्यारो महसुस भएछ । उनी फेरि पुरानै अबस्थामा फर्किएछन, डिप्रेसन फर्किएछ ।
 रिन, कोरियाको अप्ठेरो, एक्लि श्रीमति र बहिस्कार गरेको समाजले उनको मनस्थितिमा पारेको गहिरो असरको परिणती थियो उनको आजको समय ।
 हामी पार्क बाट फर्कियौ । बेलुका जेम्स दाजुको आगमन पछि उनको अबस्थाको मुल्यान्कन गरि घर पठाउने निधो गरियो ।
उनि खुशि देखिए ।
तीन दिनको बसाइमा उनी प्यारा भएका थिए मेरा । राती बाहिर निस्कियौ सबै जना । साथिहरुले उनलाइ केही उपहार किन्दिए । मैले उनको भबिस्य लोकसेबामा रहेको र यसरी पढ्नुस भन्ने सल्लाह दिए । उनले श्रीमति संग कुरा गराए । मैले सान्त्वना दिए ।  उ धेरै गर्न सक्ने र जिन्दगी लामो रहेको कुरा  स्विकारिन । करिब आधा घन्टाको कुराकानिमा, रिन र अगाडि आउने जटिलताको बिसयमा चर्चा गरियो । सोमबार बिहान उनि नेपाल उडे ।

नेपालको लागि  जहाज उड्नु भन्दा पहिला उनले आफ्नो फेसबुकबाट मलाइ उडाएछन । ब्लक गरेछन । 
त्यो ब्लक किन थियो ? ब्लक आफ्नै भाइलाइ पनि रहेछ ! 
उनी नेपाल गएपछी के गरे ?
उनि सरकारि सेबामा कसरी प्रबेश गरे ?

क्रमश.... 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
फागुन सात कविता*(व्यांग्यात्मक)
बिश्वासभित्र सन्देह (गीत)
नबराज पाण्डेको पापी मास्टर बजारमा
गजल:- के सकुला सहन प्यारी...
गजल:- नेपाली देशभक्त युवा समाज
तिमी आए पछी (गजल)
नयन छ रसिलो (गज़ल)
साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको निधन
आस गर्छ (गज़ल)
गजल:- साचो प्रेम गरी तिम्लाई गल्ती गरे मैले
गजल:- जिन्दगी खोला हो कि वगर?
गजल:- पाखा पखेराको पुकार
गजल:- शब्दहरू घोली
काटिएको माया पनि, पलाउने आसा गर्छ
जलेको मनलाई शीतल
कथा - प्रयोग
होलान् (गज़ल)
गजल:- सादा जिवन फ़िल्मी भए
हिजोको दुश्मन आजको साथी (कबिता)
गजल:- गाउँमा आउन न् पाईने भो
http://go.oclaserver.com/afu.php?zoneid=1465736