arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सम्पादकिय

राष्ट्र बैंकको नोट विस्थापन नीति र नेपाल सरकार ले सबिधान नबनाउने कुरा उस्तै उस्तैtext size increase   text size decrease   Print    rss (२०६७ चैत्र ५, शनिवार)

- राजाका तस्बिर अंकित नोटहरू बजारबाट हटाउनु नियमित प्रक्रिया र नेपाल सरकारको निर्णयको कार्यान्वयन मात्रै हो । नेपाल राष्ट्र बैंकले राजाका तस्बिर अंकित नोटहरूलाई अमौद्रिकीकरण गरी चलनचल्तीमा रोक लगाएको छैन ।
 
नेपालको मौद्रिक बजारमा पछिल्लो समयमा आएर सफा नोट नीति समाचारले सञ्चारमाध्यहरूमा निकै स्थान पाएको देखिन्छ । राजाका तस्बिर भएका नोटहरू अब नचल्नेलगायतका गुनासा सुन्न थाालिएको छ ।

राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०६७/०६८ को मौद्रिक नीतिमा आर्थिक क्रियाकलाप विस्तारसँगै नोटको मात्रामा हुने वृद्धि तथा चाडबाडमा सटहीको माग पूरा गर्न तीन वर्षको नोटको मागलाई धान्ने गरी नोट छपाइ गर्ने, झुत्रो नोट चलनचल्तीबाट हटाउँदै जाने उद्देश्यले सफा नोट मात्र चलनचल्तीमा ल्याउने नीति क्रमशः लागू गर्दै लगिने, झुत्रा नोटहरू बैंकिङ च्यानलभित्र ल्याई नष्ट गरिने, नोटको प्याकेटमा स्टिच गर्ने व्यवस्थालाई निरुत्साहित गरिने र सफा नोट नीतिबारे सर्वसाधारणलाई जागरूक गराउने नीति अंगीकार गरेको छ । यस नीतिअन्तर्गत विशेषत तीन वर्षको नोटको मागलाई प्रक्षेपण गरी नोट छपाइ गर्ने, झुत्रा, मैला, टालेका, फाटेका नोटहरू बजारबाट हटाउँदै लगिने, सफा नोट मात्र चलनचल्तीमा ल्याउने, नोटको प्याकेटमा लगाउने स्टिचलाई निरुत्साहित गरिने र यस नीतिका बारेमा सर्वसाधारणलाई जागरूक बनाउन विभिन्न उपाय अवलम्बन गर्ने कार्यहरू कार्यान्वयन प्रक्रियामा छन् । अब यहाँ प्रश्न उठ्न सक्छ, सफा नोट नीतिअन्तर्गत राजाका तस्बिर भएका नोटहरू किन चलनचल्तीबाट हटाउनुपयो त ?

२०६२०६३ को जनआन्दोलनपश्चात् गठन भएको सरकारले २०६३ साल जेठ १४ गते आगामी चार वर्षभित्र राजाका तस्बिर भएका नोटहरू बजारबाट खिच्ने र सगरमाथाको तस्बिर अंकित नोटहरू मात्र बजारमा चलनचल्तीमा राख्ने निर्णय गरेको थियो । यही निर्णयको कार्यान्वयनसँगै राजाका तस्बिर भएका र पुराना नोटहरूलाई क्रमशः बजारबाट हटाउँदै लगी सम्पूर्ण नेपालीको हातमा सफा र चहकिला नोटहरू मात्र पुयाउनका लागि सफा नोट नीति सँगसँगै कार्यान्वयनमा ल्याएको देखिन्छ ।

नेपालको बजारमा भएका नोटहरूलाई अध्ययन गर्ने हो भने धेरै जीर्ण भएका, नोटको आकृतिसमेत मेटिइसकेका, टेपले टालेका, च्यातिएका, कीराले खाएका, पानीछाप वा राजाको तस्बिर या सगरमाथाको तस्बिर एकैतिर पारी नमिलाइएका, धेरै मात्रामा वित्तीय संस्थाहरूका लेबिल लगाइएका, धेरै मात्रामा स्टिच लगाइएका, सुरक्षण चिह्नहरूको अस्तित्व नै समाप्त भई जाली नोट पहिचानमा समेत अप्ठ्यारो स्थिति उत्पन्न हुने अवस्थामा रहेका छन् । एक अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने धेरै जीर्ण र थोत्रा भएका नोटहरूमा ब्याक्टेरियाहरूको सुरक्षित बासस्थान हुन्छ । यसरी मानिसको हातमा र ब्यागमा रहिरहने महत्वपूर्ण वस्तु ब्याक्टेरियाको संवाहक भयो भने मानिसको स्वास्थ्यमा केकस्तो असर पर्ला ? महत्वपूर्ण प्रश्न खडा भएको छ भन्छन राष्ट्र बैंकका प्रमुखहरु ।
 
नेपालीहरूका सन्दर्भमा नोटको महत्वप्रति मध्यनजर राख्दा विदेशी नोटसरह हिफाजत गरेको पाइँदैन । यसको मूल कारण पुराना नोटहरू सटही गरिदिने प्रक्रिया ज्यादै नरम र सरल हुनु हो । हाल नेपाली बजारमा रहेका नोटहरूको अवस्थालाई मध्यनजर गर्दा ठूला दरका नोटहरूमा नोटको आयु बढीमा दुई वर्ष र साना दरका नोटहरूमा बढीमा एक वर्ष हुन सक्ने अनुमान छ । त्योभन्दा बढी समयसम्म बजारमा नोटहरू घुमिरहँदा जाली नोट र वास्तविक नोटको पहिचानमा समेत कठिनाइ उत्पन्न भै शंकास्पद नोटहरूले प्रश्रय पाउन सक्ने अवस्था रहन सक्छ ।

सफा नोट नीति कार्यान्वयनको प्रक्रियामा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले दुई पटक सूचना जारी गरी सकेको छ । सोही मुताबिक पहिलो पटक २०६७ साउन ३१ गते सूचना जारी गर्दै एकभन्दा बढी स्टिच लगाउन नपाउने र एकभन्दा बढी लेबिल पनि लगाउन नपाउने उल्लेख छ । सोही प्रक्रियाअन्तर्गत दोस्रो सूचना २०६७ साल कात्तिक ४ गते जारी गरेको छ । सोहीबमोजिम बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई भुक्तानी दिँदा एकमात्र स्टिच, एकमात्र लेबिल र सफा नोट मात्रै भुक्तानी दिनुपर्ने, राजाका तस्बिर अंकित नोटहरू सर्टिङ गरी छुट्टै प्याकेट बनाई रातो स्लिप लगाई नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने र सगरमाथा अंकित नोटहरू पुराना, फाटेका, झुत्रा, मैला नोटहरूको छुट्टै प्याकेट बनाई नीलो स्लिप लगाई नेपाल राष्ट्र बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ ।
 
कात्तिक ४ गते जारी सूचनाको पहिलो नम्बर बुँदा कार्यान्वयनको प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरूले आनाकानी गरेको पाइन्छ । किनभने आजभोलि पनि एकभन्दा बढी स्टिच लगाएका एवं एकभन्दा बढी लेबिल लगाएका सर्टिङ नगरिएका रातो स्लिप लगाएका नोटहरू बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणलाई भुक्तानी गरिराखेको अवस्था छ । यस बुँदामा फागुन मसान्तसम्मको समयसीमापछि बैंकहरूले राजाका तस्बिर भएका नोटहरू र पुराना नोटहरू निक्षेप स्वीकार गर्न पनि नपाउने र भुक्तानी दिन पनि नपाउने अवस्था सिर्जना गरी सफा नोट नीतिलाई अझ सशक्त रूपमा कार्यान्वयनमा लैजाने नीति राष्ट्र बैंकले अख्तियार गरेकाले हाल बैंक तथा वित्तीय संस्थाहरूले १ नम्बर बुँदालाई कार्यान्वयनमा आलटाल गरे तापनि राष्ट्र बैंक मौनजस्तो देखिन पुगेको हो ।

नेपालको नोट निष्कासनको समयलाई मध्यनजर राख्दा राजाका तस्बिर भएका नोटहरू २०६१ सालमा अन्तिम पटक छापिएका हुन् भने सगरमाथा अंकित नोटहरू वि.सं. २०६४ साल असोजदेखि बजारमा आएका हुन् । नोटको आयुको अवधिलाई विचार गर्दा राजाको तस्बिर अंकित नोटहरू बजारबाट हटाउन ढिला भइसकेको छ । राजाका तस्बिर अंकित नोटहरू बजारबाट हटाउनु नियमित प्रक्रिया र नेपाल सरकारको निर्णयको कार्यान्वयन मात्रै हो । नेपाल राष्ट्र बैंकले राजाका तस्बिर अंकित नोटहरूलाई अमौद्रिकीकरण गरी चलनचल्तीमा रोक लगाएको छैन । बैंकिङ च्यानलमा आइसकेपछि पुनः चलनचल्तीमा नपठाउने नीति मात्रै अख्तियार गरेको हो ।
 
यसका साथसाथै कुनै पनि बंैकिङ च्यानलबाट पुराना, मैला, झुत्रा नोटहरू चलनचल्तीमा पठाउन रोक लगाएको हो । चैत १ गतदेखि सबै बैंक तथा वित्तीय संस्थाहरूले पुराना, मैला र राजाका तस्बिर भएका नोटहरू स्वीकार गर्न पाउने र भुक्तानी गर्न पाउनेछैनन् । यसको अर्थ नोट नचल्ने भन्ने होइन । जबसम्म नेपाल राष्ट्र बैंकले कुनै पनि नोटलाई अमौद्रिकरण गर्दैन, तबसम्म नोट अनन्तकालसम्म चलिरहन्छ । नेपाल राष्ट्र बैंकका उपत्यकास्थित र उपत्यकाबाहिरका कार्यालय, नोटकोष सञ्चालन भएका नेपाल बैंक लिमिटेडका २४ शाखा तथा राष्ट्रिय वाणिज्य बैंकका ४३ शाखामा जहिले पनि राजाका तस्बिर अंकित नोट तथा पुराना नोटहरू सटही गर्न पाउने व्यवस्था छ । यसबाहेक जनतालाई नोट सटहीमा अप्ठ्यारो परेको गुनासो आएमा साँच्चिकै मर्का परेको भए देशका विभिन्न स्थानमा निश्चित बैंक तथा वित्तीय संस्थाहरूलाई सटही सुविधा प्रदान गर्न अख्तियारी दिने मनस्थितिमा नेपाल राष्ट्र बैंक रहेको  राष्ट्र बैंकका प्रमुखहरुको भनाइ छ 
राजाका तस्बिर अंकित नोटहरू बजारबाट खिच्ने विषयमा विद्युतीय सञ्चारमाध्यम एफ.एम. तथा पत्रपत्रिकामार्फत सर्वसाधारणलाई जति सुसूचित गर्नुपर्ने हो, त्यो हुन सकेन । यसले गर्दा गाउँका कुनाकाप्चामा भएका गरिब नेपालीहरूसँग राजाका तस्बिर अंकित नोटहरू र पुराना नोटहरू भएमा गाउँमा अन्य कसैले लिन अस्वीकार गयो भने सदरमुकाममा भएको एकमात्र बैंकमा सटही गर्न आउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ । पहाडी र हिमाली भेकका जिल्लाहरूमा सदरमुकाम आउन चार दिन लाग्ने अवस्था छ । आफूसँग भएको रकम सटही गर्न आउँदा बाटो खर्च पनि नपुग्ने र सटही नगरेमा अन्य प्रयोजनमा पनि खर्च नहुने अवस्था आएकाले २५ प्रतिशतको हाराहारीमा गरिबीको रेखामुनि रहेका जनता र करिब ८५ प्रतिशतको संख्यामा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई आर्थिक र मानसिक रूपले सताएको छ ।

सफा नोट नीतिको पूर्ण कार्यान्वयनको अवस्थामा सगरमाथा अंकित नोटहरू मात्रै चलनचल्तीमा रहनेछन् । राजाका तस्बिर अंकित नोटहरू कसैले ब्याजको आस नमानी घरमै राखिराखेमा न्युमेस्मेटिक मूल्यका रूपमा कालान्तरमा खरिदबिक्री हुने सम्भावना पनि छ । सफा नोट नीति कार्यान्वयनपछि धेरै प्रकारबाट सकरात्मक असर पर्नेछ भन्ने आशा नेपाल राष्ट्र बैंकले राखेको अबस्था छ  अब जनताको पक्षमा संबिधान बनाउने कुरा  नेपालका नेताहरुलाई बच्चाको खेल बनिसकेको अबस्थामा एसरी खाली जनता लाई पटक पटक एक वा अनेक बाहाना मा सम्बिधान बनाउने मुख्य कुरालाई बिर्सियर खाली सामान्य जस्तो लाग्ने र जुन राजाका नोटहरु र तस्बिर जसले समबिधान बनाउनलाई कुनै असर गर्दिन र एसरी आर्थिक सुधारको नाममा कम महत्वका र  महत्वहिन बिसयहरुलाई र जुन पछी सम्बिधान बनाएर पनि गर्न सकिने काम हो र एस्ता बिषयहरुलाई प्रमुख ध्यान दिनु र जनता लाई दु:ख सास्ती दिनु कतिको बुदीमानी कुरा हुन सक्छ यो राष्ट्र बैंक र सरकारमा बस्नेले सोच्नु पर्ने कुरा होइन र ?    

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सम्पादकिय
च्याट: आफ्नो भावना,, विचार साटासाट गर्नुस् [ Arghakhanchi Chat ]
संकटकालिन बजेट ,कार्यान्वयनमा चुनौती
राजनीतिक समीकरणको खाँचो
नदीले आफ्नो बाटो आफैँ बनाउँछ ।
सहिद दिवसको सन्देश
दलहरु सरकार बनाओ-संबिधान सभालाई तुहाएमा पाप लाग्ने छ-सम्पादकिय
नेपाल पर्यटन बर्ष २०११ का कुरा ''भिल्लको देशमा मणि''
पौडेललाई प्रधानमन्त्रीमा चयन गर