arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

छत्रदेव - ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन २, बुधवार)

सुर्य भुसाल 

छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिकाको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज छत्रदेव गाउँपालिका वडा नम्वर ७ र ८ लाई लक्षित गरि सुर्यथुममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 


कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले छत्रदेवको कसम खाई आफुहरु ५ बर्षका लागि जनताको सेवा गर्न आएको कारण आफनो गाउँपालिका सदैव एैना जस्तो छर्लङ्ग हुने बताउनु भएको थियो । 

यसैगरि, गाउँपालिका उपाध्यक्ष तुल्सी देवि श्रेष्ठले गाउँपालिका तथा वडा कार्यालयले के गरिरहेको छ भन्ने विषयमा आम नागरिक सचेत हुनु पर्दछ भन्ने मान्यताका साथ यो कार्यक्रम  आयोजना गरिएको उदघोष गर्नु भएको थियो । कार्यक्रममा आफनो भनाई राख्ने क्रममा प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले तपाईहरु गाउँपालिकामा सूचना माग्न आउनुश हामी तपाईलाई कारण नसोधी सूचना उपलब्ध गराउने छौ भन्दा सहभागीहरुले तालिद्धारा स्वागत गरेका थिए । 


कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, स्थानिय हरिलाल पान्डे, ठाकुर प्रसाद पान्डे, जगं वहादुर परियार र राधा पान्डे लगायतका ब्यक्तिहरुले मनत्व्य राख्नु हुदै जनतालाई सचेत बनाउन छत्रदेव गाउँपालिकाले सिआईजी संस्था मार्फत सन्चालन गरेको अभियान सराहानीय भएको र यसलाई भविष्यमा थप व्यवस्थीतका साथ अझै धेरै विस्तार गरेर अगाडी बढाउनु पर्ने सुझाव दिनु भएको थियो । 

सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले गहिराईमा जानकारी गराउनु भएको सो कार्यक्रमलाई ८ नं. वडा सचिव बालकृष्ण पान्डेको सन्चालन वडा नं. ७ का सचिव टोपलाल घर्तिको स्वागत मनत्व्य र ७ नं. वडा अध्यक्ष शोभाखर पान्डेको सभापतीत्व रहेको थियो । 


कार्यक्रमलाई समापन गर्ने क्रममा वडाअध्यक्ष पान्डेले सूचना प्रवाहाको सवालमा आफनो वडालाई कसैले शंखा नगर्नुहुन आव्हान गर्दै आफु शासक नभई जनताको सेवक भएको बताउनु भएको थियो । यसैगरि भोली फाल्गुण ३ गते छत्रदेव गाउँपालिका वडा नम्वर ६ लाई लक्षित गरि ठुलापोखरामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम तय गरिएको सूचना तथा सुशासन अभियान सिआईजीले जानकारी गराएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न
सन्धिखकको शान्तिबगैचामा सरसफाई कार्यक्रम सम्पन्न ((फोटो फिचर)
अर्घाखाँचीमा आज आव्हान गरेको बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको धम्की
प्रजातन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकामा दीप प्रज्वलन (तस्बिर सहित)
डेभाको भगवती माबिमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा रेन्बो मन्टेश्वरी जोनद्धारा अभिभावकहरु बीच एक दिने बृहत् छलफल, गोष्ठि तथा अन्तर्कृया कार्यक्रम सम्पन
अर्घाखाँची सेवा समाज कतारद्वारा बाँगीका क्यान्सर पीडित राकेश थापालाई आर्थिक सहयोग
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, जनज्योती मावि प्रथम (तस्बिर सहित)
छत्रदेव १, २ र ३ लाई लक्षित गरि बल्कोट पौवामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो (तस्बिर, भिडियो सहित)
प्रेस युनियन अर्घाखाँचीमा ५ जना बीच टक्कर
अर्घाखाँचीमा जग्गा कारोबार शून्य, गाउँ -गाउँमा चहलपहल बढ्यो, गाउँमै घडेरी बिक्री सुरु
वाङ्लाको म्यालपोखरी धार्मिक पर्यटकीय स्थल बन्दै, पर्यटकको घुँइचो
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता शुरु (तस्बिर सहित)
सन्धिखर्कको माटे खहरेखोला सामुदायिक वनमा मृत चितुवा फेला
चरम विवादका कारण अन्तर्राष्ट्रिय अर्घाखाँची संपर्क मन्च भंग
http://go.oclaserver.com/afu.php?zoneid=1465736