arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

शितगंगा नगरपालिका जुकेनाकी एक महिला श्रीमानले साउदीबाट पठाएको नगद र गरगहना लिएर पोइला गईन्, दुधे बालक अलपत्रtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ५ जुकेनाकी एक महिला दुधे बालकका साथै श्रीमानले साउदी अरबबाट पठाएको नगद र गरगहना लिएर गाउँको एक युवासँग पोइला गएकी  छिन् । पोईला गएपछि दुधे बालक अलपत्र परेका छन् ।

भागेर  विवाह गर्न सुपादेउरालीमा पुगेका लक्ष्मण भूसाल र पवित्रा पौडेल  ।  तस्बिर: फेसबूकबाट

जुकेनाका चन्द्रप्रकाश पौडेलकी २० वर्षिया श्रीमती पवित्रा पौडेल गत असोज २२ गते बिदेशबाट पैसा आएको छ निकालेर आउँछु भन्दै हिँडेको र अहिले सम्म सम्पर्कमा नआएर शितगंगा नगरपालिका वार्ड नं. ५ जुकेना थारपाइलाका लक्ष्मण भूसालसँग सुपादेउरालीमा बिहे गरेर पोइला गएकी हुन् । २३ वर्षका लक्ष्मण भूसाल अविवाहित छन् । 

चन्द्रप्रकाशका परिवारका अनुसार पवित्रा शितगंगा नगरपालिका वार्ड नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग गएकी छन् । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिसरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । 

३ वर्ष अगाडी बिवाह गरेकी पवित्राको १४ महिनाको छोरा समेत रहेको छ । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि देखि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । पवित्राको माईत खुम्चिकोट तल निपाने भन्ने ठाउँमा पर्छ ।  

                                                                                                                           नाबालक सहित  पवित्रा पौडेल  । तस्बिर: फेसबूकबाट

पवित्राले श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ वटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले बताए । यस्तै पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएकी छन् । 

पवित्राको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्र प्रकाश पौडेलले आग्रह गरेका छन् ।  श्रीमतिले धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश नेपाल फर्केका छन् । 

पछिल्लो समय अर्घाखाँचीमा श्रीमान् विदेशमा रहेका श्रीमतीबाट छोडपत्र गर्नेको संख्या बढेको देखिन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
शितगंगा नगरपालिकाको ज्योती बहुमुखी क्याम्पस ठाडालाई शैक्षिक सामाग्री हस्तान्तरण (तस्बिर सहित)
अर्घाखाँचीमा म्यादी प्रहरीको छनोट प्रक्रिया जारी, भोली लिखित परिक्षा (तस्बिर सहित)
भूमिकास्थान नगरपालिकाको च्युरामाटी नुवाकोटका एक युवा ब्वाँसोसँग लडेर बाँच्न सफल
नारायणी नदीले बगाएर ज्यान गुमाएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाईको दाहसंस्कार गरियो
नरपानीको जगतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्‍यु, ८ जना घाइते
नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दाजुभाइ मध्ये राजकुमारको शब फेला परेपनि चन्द्रमान श्रेष्ठको अहिलेसम्म फेला परेन्
अर्घा बेल्टारीका किसानहरु तिहार लगतै खेतमा धान बाली भित्र्याउन ब्यस्त (तस्बिर सहित)
अर्घाखाँचीमा म्यादी प्रहरीको छनोट प्रक्रिया शुरु (तस्बिर सहित)
फोटो फिचर अर्घाखाँचीमा तिहारको भाईटिका लगाइयो
नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दुई दाजुभाइ मध्ये भाई राजकुमार श्रेष्ठको शब फेला पर्‍यो
नारायणी नदीमा बेपत्ता भएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाइ शुक्रबार राती सम्म पनि फेला परेनन्
फोटो फिचर भाई टिकाको अघिल्लो दिन सन्धिखर्क - ७ को सुन्दरता
अर्घाखाँचीमा सम्पन्न दोश्रो एसीए क्रिकेट प्रतियोगिताको उपाधी एम्स क्रिकेट क्लवको पोल्टामा
छत्रदेव गाउँपालिकाको अर्घातोषमा संस्कृति जोगाउन युवाहरु परम्परागत रुपमा भैलो खेल्दै
नेपाल संवत ११३८ को अवसरमा सन्धिखर्कमा र्‍याली
सन्धिखर्कका दुई दाजुभाई चन्द्र र राजकुमार श्रेष्ठकोको देवघाटमा नारायणी नदीले बगाएर बेपत्ता : प्रहरी
अर्घाखाँचीका दुई दाजुभाइ देवघाटमा श्राद्धका लागि नुहाउने क्रममा नारायणी नदीले बगाएर बेपत्ता
अर्घाखाँचीमा तिहारको बेला बिक्रीका राखिएका परिकार गुणस्तरहिन, जिल्लाभर सुरक्षा व्यवस्थामा कडाई
अर्घाखाँचीमा सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका देउसी भैली
अर्घाखाँचीमा चाडपर्वका बेला दैनिक ३ करोड रेमिटयान्स भित्रिदै