arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

"सुपादेउराली युथ नेटवर्क; परिवर्तन आफैबाट" स्थापना कालको छोटो समयमै विभिन्न सामाजिक कार्यहरु गर्न अग्रसरtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ९, शुक्रवार)


बिकास पन्थी 

युवा जोस, त्यसमा पनि सकारात्मक सोछ र केही पृथक कार्यहरु गरौँ भन्ने सोँछ भएका अर्घाखाँचीका युवाहरुको एक समूह अहिले उनिहरुले गरेको कार्यले चर्चामा आइरहेको छ।

"सुपादेउराली युथ नेटवर्क; परिवर्तन आफैबाट" स्थापना कालको छोटो समयमै विभिन्न सामाजिक कार्यहरु गर्न अग्रसर रहेको छ यो समूह। देशकओ विभिन्न ठाउँमा अध्यन गरिरहेका स्कुल कलेजका विद्यार्थी उनिहरुलाई देख्दा लाग्छ कुनै कलेजमा गइरहेका छौँ तर गरे के सम्भव नहुँदो रहेछ र।

वि.सं.२०७३ साल माघ २३ गते जिल्ला प्रशासन कार्यालय, सन्धिखर्क , अर्घाखाँचीमा संस्था दर्ता गरि उनिहरु औपचारिक रुपमा सामाजिक कार्यमा लागिरहेका छन। सामाजिक संजाल Facebook जो अहिले युवाहरुबिछ निकै लोकप्रिय बनेको छ; यसको सहि सदुपयोग गरौँ, समाजलाई राम्रो बाटोतिर धकेलौँ भन्दै संस्थाका संस्थापक बिराज घिमिरे,ढिकुरा-२, अर्घाखाँची ले उस्तै बिचार धारणा भएका ६ युवाहरु: नविना पन्थी, बाँगी-२ , अनिल पौडेल,धारापानी-१, चिन्तामणी खनाल,ढिकुरा-२, बिपना आचार्य,स.न.पा.-१, नवीन खनाल,ढाकावाङ-७,र रुश्मा घिमिरे,मैदान-४, संग समाजमा केही सकारात्मक सुरुवात गर्ने उध्यश्य सुनाएपछी अन्य ४ जना सक्रिय सदस्यहरु सरस्वता भुसाल, नारायण घिमिरे, विजय कुंवर र दिनेश भुसाललाई थप गरि उनिहरुको यात्रा सुरुवात भयो। नेटवर्कका ११ जना सबै आपसमा परिचीत नभएपनी सामाजिक संजालले त्यो भेट संभव भयो। संस्थाका सल्लाहकार प्रेमनारायण गैरे, नुवाकोट-४ अर्घाखाँची को सल्लाह सुझाव अनुसार दर्ता प्रक्रिया सम्पन्न भएको थियो।

सुरुवात पश्चात् अर्घाखाँची जिल्लामै घर भएका केही सदस्यहरु थप गरि आफू जहाँ रहिन्छ त्यहीँ केही सकारात्मक कार्यहरु गरौँ भन्ने सल्लाह भयो।

खासगरी, जिल्लाका सम्पुर्ण युवाहरु समेटी जिल्लालाई  केही माथी उठाउँ, अहिलेका युवा पनि आफ्नो स्वार्थमा तल्लिन रहेमा हाम्रो समाजलाई कसले निर्माण गर्छ, रिश राग नै सबैभन्दा ठूलो सत्रु हो भन्दै एउटा दोश्रो परिवार बनेर स्थापना गरिएको यश सुपादेउराली युथ नेटवर्कले संस्थाका संस्थापक/अध्यक्ष बिराज घिमिरे, उपाध्यक्ष नविना पन्थी लगायत धेरै सदस्य अध्यनको सिलसिलामा जिल्ला बाहिर रहने हुँदा आफू बसोबास गरिरहेको क्षेत्रमा पनि केही सकारात्मक परिवर्तन ल्याउँ भन्ने उध्यश्य राखी देशका विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको छ।

हाल संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेको नेतृत्वमा काठमाडौंमा, संस्थापक उपाध्यक्ष नविना पन्थिको नेतृत्वमा चितवनमा, कार्य समिती सदस्य समिक्षा भुसालको नेतृत्वमा बुटवलमा र सह-सचीव सुदिप खनालको नेतृत्वमा अर्घाखाँचीमा कार्यक्रमहरु सम्पन्न भैरहेका छन।

जिल्ला बाहिर रहँदा यसरी कार्य गरेपनी बिदामा सबैजना एकजुट भई जिल्लामौ केही सकारात्मक कार्यहरु गर्ने संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेले बताउँछन् ।

पढेर मात्र भन्दा पढेको कुरा ब्यवहार मा ल्यएर देखाउनु ठूलो महानता हो भन्दै पहिलो कार्यक्रम अर्घाखाँची जिल्लाकी भुमिकास्थान नगरपालिका-९ को जयन्ती आधारभुत विध्यालयमा हाजिर जवाफ कार्यक्रम सम्पन्न गरि शैक्षिक सामाग्री बितरण गरिएको थियो। लगतै काठमाडौंमा रहेको टोलिले छलफल गरि विश्वकै लामो सरसफाइ अभियान बागमती सफाइ महाअभियानमा सरिक रहे। यसरी कार्य गर्दा आफन्त, बागमती सफाइ अभियान्ता र जिल्लावासी सम्पुर्ण बाट पाएको स्याबासीले उनिहरुलाई थप रौनक मिल्यो।
     पहिलो कार्यहरु लगतै बुटवलमा पनि गत बैशाख १ गते सैनामैना नगरपालिकामा रहेको एक अनाथ आश्रममा केही खानेकुरा, लत्ताकपडा र शैक्षिक सामाग्री बितरण गरि मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरियो। काम गर्नलाई ठूलो पदमा पुग्नै पर्छ, ठूलो संघ संस्थामा आवद्ध हुनै पर्छ भन्ने छैन। उनिहरु हालसम्म आफ्नो खाजा खर्चहरु जोगाएर नै विभिन्न कार्यहरु सम्पन्न गरेको बताउँछन् संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरे।  न त कुनै ठूलो कार्यलय छ उनिहरु संग, बैठकहरु कुनै हल या पार्कहरुमा सम्पन्न गरेका हुन्छन।

गत जेष्ठ २२ गते अर्घाखाँचीमा विश्व वातावरण दिवसको अवसर पारी विद्यार्थीहरुलाई केही ग्यान मिलोस भन्दै सन्धिखर्क नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरि विद्यार्थीहरुलाई पैसा, प्रमाणपत्र सहित उत्प्रेरणाजनक किताबहरु प्रदान गरिएको थियो। 
   परिवर्तन आफैबाट हुनुपर्छ; त्यसैले हामी पनि आफैमा परिवर्तन बोकि विश्वकै लामो सफाइ अभियानलाई बिगत २२ औँ हप्ता देखि निरन्तरता दिइरहेका छौँ भन्छिन संस्थाकी सह-संस्थापक बिपना आचार्य ।

त्यस्तै काठमाडौंकै पशुपतिमा रहेको वृद्वआश्रममा गई वृद्धहरुलाई खानेकुरा प्रदान गरि सरसफाइ गरि नाचगान कार्यक्रम सम्पन्न भएको थियो।

     सुपादेउराली युथ नेटवर्कमा जोडिन थुप्रै सदस्यहरुको प्रस्ताव आएको बताउँछन यसका संस्थापक हरु तर सबैलाई सदस्यता दिइरहेका छैनन्  उनिहरु किनभने सदस्य धेरै देखाउने भन्दापनी कार्यमा बढी जोड दिने बताउँछन उनिहरु।
   SEE परिक्षा दिएर बसेका देखि स्नातकोत्तर अध्यनरत विद्यार्थी रहेछन। हप्ताको २ घण्टा रास्ट्रको लागि भन्दै विभिन्न विदाहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको र अन्य संघ संस्थाको कार्यक्रममा पनि सहभागीता जनाई वृक्षरोपण, स्वास्थ सिविर, सरसफाइ कार्यक्रम, सांस्कृतिक कार्यक्रम जस्ता कार्यक्रम हरुमा सहभागीता जनाएका छन।
     समाज सेवाले नै मन सन्तुष्ट बनाउँछ, मन्दिरमा मात्र धाउनु भन्दा समाज सेवा गर्नु पनि ठूलो धर्म हो भन्दै हामी नामका लागि भन्दा पनि समाजबाट आएको 'वा' को लागि कार्य गरिरहेको बताउँछिन बुटवल संयोजक: समिक्षा भुसाल।
 
संस्थाका सह सचीव सुदिप खनालले अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिकाका पिता पतिराम खनाल र माता धनकला खनालका एक मात्र पुत्र पिताम्बर खनाल जसले पारिवारिक खर्च धानिरहेका थिए उनको दुबै मृगौला फेल भएको थाहा पाएपछी हाम्रो संस्थाबाट पनि केही सहयोग गरौँ भनेपछी सबै ठाउँमा आपसमा छलफल गरि ललितपुर महानगरपालिकामा रहेको पाटन क्षेत्रमा संस्थाका संस्थापक अध्यक्ष बिराज घिमिरेको नेतृत्वमा पानीपुरी, चटपटे, पानी र चिया बेची....आएको रकम बिरामिलाई सहयोग गर्ने, त्यस्तै बुटवलमा संयोजक समिक्षा भुसालको नेतृत्वमा विभिन्न क्याम्पसहरुमा विद्यार्थी हरुलाई कलम बेचेर उठेको रकम बिरामिलाई सहयोग गर्ने साथै अर्घाखाँचीमा कार्य समिती सदस्य सरस्वता भुसालको नेतृत्वमा विभिन्न कार्यहरू गर्दै पैसा संकलन गरिरहेका छन र यहि भाद्र ३० गते पैसा हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताउँछन उनिहरु।

 यस संस्थालाई आवश्यक सल्लाह सुझाव हाल जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा कार्यरत साहायक प्र.जि.अ. नारायण खत्री,
सामाजिक अभियानता सहयोगी बिसि, नयाँ एफ.एम. अर्घाखाँचीका स्टेसन म्यानेजर हरि प्रसाद भुसाल, अर्घाखाँची यु.ए.इ. सम्पर्क समाजका अध्यक्ष: राजु खड्का र काठमाडौं मा रहनु भएका प्रसिद्ध Bussinessman साथै बागमती सफाइ महाअभियानका अभियानता उमेश बोहोरा हरुले दिइराख्नुभएको छ।। सकारात्मक सोचाइका युवाहरूलाई हाम्रो साथ सहयोग रहनेछ उहाँहरुको भनाइ छ।।
 
यसरी समाजमा विभिन्न पृथक र समाजलाई परिवर्तन गर्ने कार्यहरु गर्दै अगाडि जानेछौँ, युवाहरु मोज मस्ती नगरी हामिबाट केही सिकुन भन्ने उदाहरण बन्ने र पडेको कुरा ब्यवहारमा ल्याई परिवर्तन आफैबाट हुनुपर्छ भन्छन संस्थापकहरु।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
बाम गठबन्धन अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार चेतनारायण आचार्यलाई युवाकाे चिठी
चुनावका जनता: एक संस्मरण र आगामी निर्वाचन
कस्तो सोंचलाई सकारात्मक मान्ने?
बाम गठबन्धनका मुख्य संयोजक प्रचण्ड र केपी ओलीलाई कोरियाबाट खुल्ला पत्र
के दिएका छैनन नेपालीहरुले भारतलाई ?
अर्घाखाँचीकी १३ वर्षमा माओवादी जनयुद्धमा होमिएकी अरुणा रायमाझीको प्रेरणादायी जीवनकथा
कपिलवस्तु प्रयटकिय जिल्ला, शिवगढि मन्दिरमा केवुल कार कहिले ? शिवगढि मन्दिरमा केवुल कार कहिले ? शिवगढि मन्दिर ओझेलमा
स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको विजयको राजनीतिक महत्व
स्थानीय निकायको निर्वाचनमा हुन सक्ने षड्यन्त्र र पत्रकारको भूमिका
निर्वाचन आयोगको ध्यानाकर्षण होस
चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डासंगै राष्ट्रियता पनि
नेताहरुले बुझ्नुपर्ने कुरा
टाढाको सोचाइ
कम्युनिस्ट अनेकता नै नेपालीको दुर्भाग्य !
देशको राजनीति कुन मोडमा मोडिदै छ
आजका युवाहरुमा राष्ट्रियताको कमी
जातिय राजनीति, संघीयता र अहिलेको परीबेश
पश्चिमको अन्दोलन र अबको निकास !
हाम्रो पार्टीका लागि गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक समस्या हो ।
कानूनमा त लेखेको छ तर म मान्दिन - कानूनलाई न मान्ने यस्ता कर्मचारीलाई के भन्ने?
http://go.oclaserver.com/afu.php?zoneid=1465736