arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्नेtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने समझदारी गरेका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुई दलबीचको एकता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउनेबारे छलफल गरेको हो । कान्तिपुरमा समाचार छ । 


एमाले अध्यक्ष केपी ओली निवास, बालकोटमा बसेको समितिको बैठकमा एकताको संगठनात्मक स्वरूप र वैचारिक, राजनीतिक विषय टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल बनाउने समझदारीसमेत भएको छ । ‘सरकार गठनअघि नै एकता प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेबारे छलफल भएको छ, त्यसका लागि कार्यदल गठन गरेर गृहकार्य अघि बढाउने समझदारी बनेको छ,’ एकता संयोजन समितिमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भने ।

पार्टी एकताको गृहकार्य गर्ने कार्यदल भने अध्यक्ष केपी ओली थाइल्यान्डबाट फर्केपछि बस्ने बैठकले गठन गर्नेछ । ओली उपचारका लागि बुधबार त्यसतर्फ जाँदैछन् । दुई दलबीच एकता प्रक्रिया अघि बढाउन चुनावी गठबन्धन क्रममै संयोजन समिति बनाइएको थियो । चुनावपछि समितिको औपचारिक बैठक बसेको थिएन । बैठकमा दुई धारका पार्टीबीचको एकता भएकाले यसलाई सम्मानजनक बनाउन केही गृहकार्य आवश्यक रहेको नेताहरूले ठहर गरेका थिए । दुई दलबीच एकतापछिको पार्टीको प्रमुख को बन्ने, शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने, सैद्धान्तिक वैचारिक लाइन के हुने भन्नेमा समझदारी कायम गर्नुपर्नेछ । एकतापछिको पार्टी प्रमुख पद माओवादीले दाबी गरिरहेको छ । एमालेभित्र पनि एकतापछिको अध्यक्ष आफैंले पाउनुपर्ने दबाब छ । यो विवादबीच दुवै दलका तर्फबाट प्रतिनिधित्व हुने गरी दोहोरो नेतृत्वको चर्चा पनि छ ।

वाम गठबन्धन बनाउने बेला दुई दलका अध्यक्ष मुख्य नेता रहने समझदारी भएको थियो । त्यही समझदारीअनुसार दुवै दलका अध्यक्षले चुनावी अभियान हाँकेका थिए । एकीकृत पार्टीमा पनि महाधिवेशन नहुँदासम्म त्यही शैली अपनाउन सकिने विकल्प पनि छलफलमा छ ।

प्रदेश सरकारकोगृहकार्य गर्न कार्यदल

राष्ट्रिय सभा गठन, प्रदेश सरकार गठनलगायत विषयमा गृहकार्य गर्न एकता संयोजन समितिको बैठकले छुट्टै ६ सदस्यीय कार्यदल बनाएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार कार्यदलमा एमालेका सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् । कार्यदलले राष्ट्रिय सभाकालागि आवश्यक दुई दलका तर्फबाट साझा उम्मेदवार तय गर्नेछ । साथै, प्रदेश सरकारको स्वरूपलगायत विषयमा गृहकार्य गर्नेछ । माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि गठबन्धनबाट साझा उम्मेदवारी हुनेछ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्यो
काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाही
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक
नवलपरासीको दाउन्ने ओरालोमा पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु, सातजना घाइते
डोटीमा आह्वान गरिएको हडताल स्थगित
आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीद्दारा पक्राउ
तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्द
http://go.oclaserver.com/afu.php?zoneid=1465736