arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

अब सवारीसाधनमा क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु text size increase   text size decrease   Print    rss (२०७४ भाद्र ५, सोमवार)


सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले यातायात ब्यवस्था विभागले  आजदेखि क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु गरेको छ । 

मुलुकमा पहिलोपटक प्रयोगमा ल्याएको सो प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ । यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी पाँच वर्षभित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ । सवारीसाधनमा इम्बोसड नम्बर प्लेटमा ९९ प्रतिशत एल्मुनियम तथा विद्युतीय चिप्स राखिने छ । प्लेटमा अन्तराष्ट्रिय मापदण्डका सूचकांकसमेत प्रयोग गरिने हुँदा यो भरपर्दो र पारदर्शी रहने दावी बिभागको  छ । प्लेटको कडापन एच ४१ र एच ४२ हुने र प्लेटको मोटाई शुन्य दशमलब ९८ एमएम हुनेछ । 

राष्ट्रपतिको सवारीसाधनमा नेपाली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ, तल गाढा निलो रङ एनइपी, अक्षरमुनि लालीगुराँससहित नेपालको निसाना छाप हुनेछ । सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानूनी व्यवस्था गरिएको छ । नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नम्बर प्लेटलाई अब पाँच प्रकारको प्लेटमा सीमित गर्ने व्यवस्था मिलाइएको छ । सवारीसाधनमा इम्बोसड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना पूर्णरुपमा नियन्त्रण हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।    

प्रणालीको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यातायात क्षेत्रमा सो प्रविधिको प्रयोगले नयाँ आयाम थपेकाले अब अन्तराष्ट्रिय मापदण्डमा यातायातको व्यवस्थापन तथा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।  प्लेटको बायाँ छेउँको माथि नेपालको झण्डा र त्यसको तल देश जनाउने गरी एनइपी र लेखिएको छ, त्यसको मुनि सुरक्षात्मक होलोग्राम राखिएको छ । प्लेटको माथि अञ्चल तथा तल लट नम्बर जनाउने गरी अंग्रेजी अल्फाबेटमा लेखिएको छ । यो संघीयताको अभ्यास सुरु भएपछि सोहीअनुरुप विकास गर्न सकिने विभागको भनाई छ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
देशभरका पहाडी र पूर्वी तराई क्षेत्रमा मौसम बदली, केही क्षेत्रमा बर्षा हुने
आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो
आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक
टेलिकमको डाटा प्याकेज अनलाइनबाटै खरिद गर्न सकिने
सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी
बागलुङको तमानखोलामा पहिलो पटक टेलिकमको मोवाईल सेवा पुग्यो
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरु
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरु
ललितपुरमा भोलिदेखि मेकानिकल प्रर्दशनी रोबोट फाइट, ड्रोन र इनर्जी भिलेज मुख्य आकर्षण
डन्डिफोर उपचार र बचाउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736