arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता

बाम गठबन्धनका मुख्य संयोजक प्रचण्ड र केपी ओलीलाई कोरियाबाट खुल्ला पत्र text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २९, आइतवार)

world news

केशब पोखरेल 
मालारानी ३ अर्घाखाँची 
हाल दक्षिण कोरिया

आदरणिय पूर्व प्रधानमन्त्रिहरु एंव बाम गठबन्धनका संयोजक द्वय पुष्पकमल दाहाल "प्रचण्ड" र केपि ओलि ज्यु दुबै जनालाई हार्दीक अभिवादन । सर्वप्रथम त यहाँहरु दुबैजनालाई बधाई दिन चाहान्छु, आजभोलि विश्वव्यापि रुपमा तपाईहरुको वाम एकताले चर्चाको प्रथम श्रेणि ओगटन सफल भएकोमा । तपाईंहरुले गर्नुभएको वाम गठबन्धनको बारेमा केहि लेख्न मन लाग्यो र कलम चलाऊदै छु । तपाईहरु जस्ता बरिष्ठ व्यक्तिसम्म म बबुराको यो पत्र पुग्दैन होला पुगेपनि पढने फुर्सद  नहोला, तपाईरुका कार्यकर्तामध्ये कसैले न कसैले पढने छन र तपाईंहरुसामु पुर्याऊने छन भन्ने आशा राखेको छु । तपाईरुलाई यो खुल्ला पत्र ,तपाईहरुले भन्ने गरेको समुन्नत देश अझै नबनेकोले आफ्नो जन्मभुमि र घरपरिवार छोडेर सात समुन्द्रपारि विरानो देशमा १२ घन्टाको लगातार ड्युटि गरेर सुत्ने समयलाई केहि छोट्टाएर लेख्ने जमर्को गर्दै छु ।

केहि दिन अघिसम्म पानी बाराबारको स्थितिमा रहेका तपाईहरु एकाएक यस्तो समझदारि गरि एकले अर्काको आलोचना नगर्ने भन्ने लगाएतमा कसरि सहमति गर्न पुग्नु भो? आफ्नै सोंच विचारले हो या तपाईहरुले भन्ने गरेको बिदेशि प्रभुको ईसारामा वाम गठबन्धन गरि सात बुँदे सम्झौता गर्नु भएको हो? आगामि दिनमा तपाईहरुका सिद्धान्त, भावि कार्ययोजनाहरु पनि त एऊटै हुने होलान? एमाले र माओबादिले गरेका इतिहासका सम्पुर्ण राम्रा नराम्रा कामहरुको पनि बराबर हिस्सा हुने त होला नि हैन?

 केपि ओलि ज्यु तपाई र तपाईंका कार्यकर्ताले भन्ने गरेको 'जंगलि'को ऊपनाम अनि उसले गरेको दश बर्षे जनयुद्द र सत्र हजार सर्वसाधारणको हत्या पनि जायज नै थियो भन्ने सिरोधार्य गरि बाम गठबन्धन गर्न पुग्नु भएको त होला नि हैन? अनि कैलालि घटनाको मुख्य आरोपिलाई सम्मान गर्ने प्रचण्ड र ऊनको पाटिको त्यो कदम को बारेमा पनि त चित्त बुझेहोला  अनि म जस्ता आम सर्वसाधारण हरुलाई त्यसको जबाफ के दिनुहुन्छ ?

अनि प्रचण्ड ज्यु तपाईं र तपाईंका कार्यकर्ताले भन्ने गरेको 'ऊखाने'सँग हातेमालो गरेर हिड्न थाल्नुभएको छ, ति ऊखानहरु ऊखानको लागि मात्र नभएर वास्तबिकतामै उतारिदिनुहुन्छ होला नि हैन?? अनि तपाईको पार्टी र कार्यकर्ताले  मदन भन्डारिको हत्या एमालेबाटै भएको हो भन्दै हिडने गर्नु हुन्थ्यो, अब बाम गठबन्धनपछि यसको सत्यता पत्ता लगाऊनतिर लाग्नुहुन्छ कि, जसले गरेको भएपनि सान्दर्भिक नै थियो भनेर गुपचुपनै राख्नुहुन्छ? 

मुख्य सङ्काको विषय त के हो भने तपाईंहरुको बाम गठबन्धन देशलाई साच्चै सम्वृद बनाऊनको लागि हो या दुई पार्टी मिलिसकेपछि आगामि प्रदेश सभा र प्रतिनिधि सभा को निर्वाचनमा दुईतिहाई मत आऊला अनि देशको मुख्य बागडोर हाम्रो हातभन्दा अन्त फुत्किन पाऊदैन, अनि देशलाई बेचेर वा विभिन्न योजनाहरु बनाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लाग्नु भएको हो? 

तपाईहरु बिचमा बाम गठबन्धको सात बुँदामा दस्ताखत  भएपछि दुबै पार्टिको चुनावि घोषणा पत्र पढें । घोषणा पत्र पढदा लाग्यो ,साच्चै दुईपार्टिको एकिकरण पछि प्रचण्डले भन्ने गरेको स्विचरल्याण्ड र केपि ओलिले भन्ने गरेको हाबाबाट बिजुलि अनि प्रत्येक घरको चुलोमा पाईपबाट ग्यास वितरणको लागि अब धेरै समय कुर्नु नपर्ला । 

माआेबादिको चुनावि घोषणापत्रको 'वेरोजगारिको अत्य' शिर्षकमा भनेको रहेछ, "१५ वर्षमा देशभित्र सबैलाई राेजगारिको व्यबस्था गरेर बेरोजगारिको अन्त्य र नेपाली युवाहरु विदेशमा रोजगारिको लागि जानु पर्ने बाध्यताको अन्त्य गरिने छ ।"त्यसैगरि एमालेको घोषणापत्रको 'गाँउ गाँउमा सहकारि घर घरमा रोजगारि ' शीर्षकमा उल्लेख गरेको रहेछ  "एमालेको सरकार बनेको तीन बर्षमै एक घर एक रोजगारि सुनिश्चित गरिने छ । १० बर्ष भित्रमा  १८ बर्ष पुगेका प्रत्येक नागरिकहरुलाई रोजगारि पाऊनेगरि कार्ययोजना सुरु गरिने छ ।" यो पढिसकेपछि एकछिन सोंच्न बाध्य भएं र सोध्न मन लाग्यो, यस्ता झुटा आस्वासन देखाएर कहिलेसम्म भोट माग्दै हिड्नु हुन्छ?? 

अब दुई पार्टिको गठबन्धनले यहि घोषणा पत्रमा भनेझैं साच्चै देशका लागि केहि केहि गर्नुहुन्छ कि, आफ्नो खल्ति मात्र भर्ने काम गर्नुहन्छ, भन्ने दिन हेर्न आतुर छौ । आम जनताहरुले तपाईंहरुबाट ठुलो आशा केहि पनि राखेका छैनन केबल देशलाई समुन्नत बनाई रोजगारिको सृजना गरिदिए पुग्छ ,१८ बर्ष पुगेका आम नागरिकहरु हातमा राहादानि समातेर पसिना बेच्न परदेशिन नपरोस, जाहाजमा चढेर पसिना बेच्न गएको नागरिक बाकसमा फर्केर आऊने दिनको अन्त्य गरिदिए पुग्छ । 

र अन्त्यमा माओबादि र एमालेको गठबन्धनले ईतिहास रच्न सफल होस । सात बुँदे सम्झौतामा गरेको दस्ताखतको मसि सुक्न नपाऊदै डा.  बाबुराम भट्टराई अलग भएझै तपाईहरु दुईको बिचमा फाटो नआओस ।

माथि ऊल्लेख गरेका कुराहरु गरेर देखाऊनु भयो भने भावि पुस्ताले पनि तपाईहरुले देशको लागि गर्नु भएको योगदानको कदर गर्ने छन । धन्याबाद

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विचार,विश्‍लेषण,अन्तरवार्ता
चुनावका जनता: एक संस्मरण र आगामी निर्वाचन
कस्तो सोंचलाई सकारात्मक मान्ने?
के दिएका छैनन नेपालीहरुले भारतलाई ?
"सुपादेउराली युथ नेटवर्क; परिवर्तन आफैबाट" स्थापना कालको छोटो समयमै विभिन्न सामाजिक कार्यहरु गर्न अग्रसर
अर्घाखाँचीकी १३ वर्षमा माओवादी जनयुद्धमा होमिएकी अरुणा रायमाझीको प्रेरणादायी जीवनकथा
कपिलवस्तु प्रयटकिय जिल्ला, शिवगढि मन्दिरमा केवुल कार कहिले ? शिवगढि मन्दिरमा केवुल कार कहिले ? शिवगढि मन्दिर ओझेलमा
स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको विजयको राजनीतिक महत्व
स्थानीय निकायको निर्वाचनमा हुन सक्ने षड्यन्त्र र पत्रकारको भूमिका
निर्वाचन आयोगको ध्यानाकर्षण होस
चुनावमा हराएछ मेरो राष्ट्रिय झण्डासंगै राष्ट्रियता पनि
नेताहरुले बुझ्नुपर्ने कुरा
टाढाको सोचाइ
कम्युनिस्ट अनेकता नै नेपालीको दुर्भाग्य !
देशको राजनीति कुन मोडमा मोडिदै छ
आजका युवाहरुमा राष्ट्रियताको कमी
जातिय राजनीति, संघीयता र अहिलेको परीबेश
पश्चिमको अन्दोलन र अबको निकास !
हाम्रो पार्टीका लागि गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक समस्या हो ।
कानूनमा त लेखेको छ तर म मान्दिन - कानूनलाई न मान्ने यस्ता कर्मचारीलाई के भन्ने?
दुनियाँसामु पागल घोषितहुदै जेलनेलको मनोवलबिना असम्भव सामाजिक क्रान्ति
http://go.oclaserver.com/afu.php?zoneid=1465736