arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँची जिल्ला अदालतका नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेलtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २९, विहीवार)

Image result for जिल्ला अदालत arghakhanchi

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अदालतको नयाँ जिल्ला न्यायाधीशमा रामचन्द्र पौडेल आउने भएका छन् ।  पौडेल पर्सा जिल्ला अदालतबाट सरुवा भएर अर्घाखाँची आउने भएका हुन् ।

यस्तै अर्घाखांची जिल्ला अदालतका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोला सरुवा भएर तनहुं जिल्ला अदालत जाने भएका छन् । 
 
साथै अर्घाखाँची जिल्लाको मुख्य निर्वाचित अधिकृतिमा जिल्ला न्यायाधीश रामचन्द्र पौडेललाई तोकिएको छ । अर्घाखाँचीमा आगामी मसिंर २१  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  

Image result for न्यायाधीश केशवप्रसाद वास्तोला arghakhanchi

उता तनहुं जिल्ला अदालतमा सरुवा भएर जादै गरेका जिल्ला न्यायाधीश केशवप्रसाद वास्तोलाले अर्घाखाँची जिल्लामा जिल्ला न्यायाधीशको रुपमा रहँदा वचन दिएर एक जना अडगुरीको एकल वृद्ध महिलाको उमेर पुगेको छोरालाई उनको आफनै नाम अर्थात आमाको नामबाट नागरिकता दिलाउने कार्यमा सहयोग गर्न  नसकेको भन्दै पश्चाताप गरेका छन् । वास्तोलाले मध्यरातमा आफ्नो फेसबूक पेजमा  यसो भनेका छन्:-

म अर्घाखाँची जिल्लामा जिल्ला न्यायाधीशको रुपमा रहँदा मैले वचन दिएर गर्न नसकेको एउटै काम- एक जना अडगुरीको एकल वृद्ध महिलाको उमेर पुगेको छोरालाई उनको आफनै नाम अर्थात आमाको नामबाट नागरिकता दिलाउने कार्यमा सहयोग गर्न नसक्नु । यस कुरामा जाँदा जाँदै मलाई अत्यन्तै पश्चाताप लागेको छ । हुन त ती महिलाका छोरा जस्तै वावुको ठेगान नभएका छोराछोरीले आमाको नामबाट नागरिकता पाउने संवैधानिक व्यवस्था रहेको र सर्वोच्च अदालतले समेत गृह मन्त्रालयका नाममा ती वृद्ध महिला जस्तै एकल महिलाबाट जन्मेका सन्तानलाई आमाको नामबाट नागरिकता दिन कडा निर्देशनात्मक आदेश दिएको र गृह मन्त्रालयले समेत मुलुकका सवै जिल्ला प्रशासन र क्षेत्रीय प्रशासन कार्यालयहरुलाई २०६९।१०।७ मा सो आदेश कार्यान्वयन गर्न गराउन परिपत्र गरी रहेको जानकारी यस विषयमै कानूनी लडाई लडनु हुने वरिष्ठ कानून व्यवसायी मिरा ढुङ्गानाले जानकारी दिनु भएको अवस्था छ । 

यस्तो स्थितिमा स्थानीय प्रशासनको अकर्मण्ड्यता वा अल्प वुझाईका कारणले नागरिक अनागरिक भई रहनु परेको पीडा दायक स्थिति कायम रहनु दुखद विषय हो । म ती महिलालाई न्याय प्रदान गरी निजको छोरा अनागरिक हुनबाट जोगाउन, सर्वोच्च अदालतको आदेश पालना गर्न र कानूनको शासन वहाल हुने अवस्था सिर्जना गर्न अर्घाखाँची जिल्ला प्रशासनलाई हार्दिक अनुरोध गर्दछु । साथै यस विषयमा ती असहाय महिलाको तर्फबाट वोली सहयोग पुर्‍याई दिनुहुन पत्रकार साथीहरुमा अपिल समेत गर्दछु । यस विषयमा आवश्यक परे ती असाहाय महिलाको तर्फबाट कानूनी लडाई लडन मैले अर्घाखाँची जिल्ला अदालतका वैतनिक कानून व्यवसायी पवित्रा भट्टराईलाई सर्वोच्च अदालतबाट भएको आदेशको प्रतिलिपि उपलव्ध गराएको व्यहोरा अनुरोध गर्दछु ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीका सानादेखि ठूला व्यापारीहरुद्वारा उपभोक्ताहरुलाई ठगी
अर्घाखाँची सम्पर्क मन्च कोरियाद्वारा पाणिनीका मृगौला पिडितलाई सहयोग
अर्घा भेडावारीमा गरीबताको कारण उपचार गर्न नसकेर मृत्‍यु भएका गन्धर्व बालकको परिवारलाई आर्थिक सहयोग प्रदान
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न, ४३ करोड भन्दाबढीको बजेट प्रस्तुत् ( गाउँसभाका निर्णय सहित)
ठाडामा भन्सार छली गरी ल्याउने यात्रुको लाखौं बराबर सामान बरामद, यात्रुलाई ओराल्दै सवारीसाधन चेकजाँच (तस्बिर सहित)
चुत्राबेशीको भक्तिटाेलमा सरसफाई कार्यक्रम सम्पन्न
सन्धिखर्कमा सम्पन्न स्थानीय स्तरीय भलिवल प्रतियोगितामा शितगंगा नगरपालिका प्रथम
जिप्रका अर्घाखाँची एवं कर्मचारी मिलन केन्द्रको आयोजनमा दशै, तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
डिभर्नामा पालिएका उन्नत खसी-बोकामा तेब्बर तौल
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट एक महिनामा ४२५ जनाले नागरिकता प्रमाण-पत्र लिए
अर्घाखाँचीमा टोप बहादुर रायमाझीद्वारा चुनावी तालमेलको लागि एमालेलाई प्राथमिकता
सिद्धारामा कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)
विबेकशिल साझा पार्टीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वरोजगार लद्युवित्त विकास बैंकको शाखा अर्घाखाँचीमा पनि
चुत्राबेशीका स्थानीयबासीका कारण विगत ७ बर्षदेखि ढोरपाटन सडक निर्माण ठप्प
सन्धिखर्कमा स्थानीय तह स्तरीय भलिवल प्रतियोगिता सुरु (तस्बिर सहित)
भूमिकास्थान नगर, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा अझै बैंक पुगेन्
सन्धिखर्कमा शनिवार सरकारी सेतो प्लेटका मोटरसाईकल चलाऊने प्रहरी नियन्त्रणमा
सन्धिखर्ककाे शान्ती बगैचामा सरसफाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु