arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
खेल

नेपाल विश्वकप छनोटमाtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन २, बुधवार)


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले क्यानडाको सनसनीपूर्ण तरिकाले हराउँदै डिभिजन एकमा बढुवा भएको छ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करन केसीले सम्झनलायक प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालको पक्षमा गएको हो।

४२ दशमलव १ ओभरमा नवौं विकेट गुमाइसकेको अवस्थामा खेल नेपालको हातबाट फुत्किसकेको देखिएको थियो। त्यतिबेला नेपाललाई जितको लागि ५१ रनको जरुरी थियो। त्यस्तो बेलामा प्रवेश गरेका करण के.सीले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन जोडेपछि खेल नेपालको पक्षमा आएको हो।

उनलाई अन्तिम ओभरसम्म साथ दिएका बलर सन्दीप लामिछानेले ५ रन बनाए।

यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गर्नुका साथै विश्वकप एक दिवसीयको छनोट खेल्ने मौका पाएको छ।

लगभग खेल नेपालको विपक्षमा गइसकेको थियो। ४३औं ओभरमा नेपालको नवौ विकेट गुम्यो। ४२ बलमा नेपाललाई ५१ रन आवश्यक थियो क्रिजमा थिए। करन केसी र सन्दिप लामिछाने।

पहिलो ओभरमा १० रन प्रहार गरेका करनले दोस्रो ओभरमा कुनै रन लिन सकेनन्। तेस्रो ओभरमा नेपाललाई जितका लागि ३० बलमा ३८ रन आवश्यक थियो। हातमा थियो अन्तिम विकेट। ४६औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै आवश्यक रनरेट घटाए।

२४ बलमा नेपाललाई ३२ रन आवश्यक थियो। केसीले ४७औं ओभरमा एक रन मात्र लिए।

१८ बलमा नेपाललाई जितका लागि ३० रन आवश्यक थियो। केसीले छक्कासहित ८ रन बनाए।  १२ बलमा अब नेपाललाई २१ रन आवश्यक थियो। ४९ औं ओभरमा केसीले १ छक्का र १ चौकासहित १२ रन बनाए।

अब अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन आवश्यक थियो।

अन्तिम ओभरको ६ बलमा नेपाललाई जितको लागि ८ रन जरुरी थियो। त्यतिबेला विपक्षी बलर सेसिल परवेजले लगातार चार बल डट फालेपछि खेल फेरि पनि नेपालको लागि कठिन थियो। तर, पाँचौं बलमा करणले छक्का हानेपछि खेल एकाएक नेपालको पक्षमा फेरि ढल्कियो।

अब नेपालले अन्तिम बलमा जितको लागि २ रनको आवश्यक पर्‍यो।

त्यसै बेला दबाबमा देखिएका विपक्षी बलर परवेजले वाइड फालेपछि खेल बराबरीको स्थितिमा आयो। अब अन्तिममा एक रन आवश्यक बन्यो जसलाई नायक केसीले पूरा गरे। आजको खेलमा नायक बनेका करनले नेपाललाई फाइनलमा मात्र पुर्‍याएनन् डिभिजन एकमा बढुवा गर्नुका साथै विश्वकप छनोटका लागि जिम्बाम्बेको ढोकासमेत खोलिदिए।

जितसँगै नेपालले ८ अंक प्राप्त गर्दै समूहको शीर्ष स्थानमा रहेर डिभिजन एकमा बढुवा भएको छ।  सन् २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट खेलका लागि पनि छानिएको छ। सो खेल अर्को महिना जिम्बाब्वेमा हुनेछ।

त्यस्तै नेपाल अब दुई वर्षसम्म आयोजना हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप र ४ दिवसीय अन्तर-महादेशीय कप खेल्नका लागि पनि योग्य भएको छ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो। उसका लागि ओपनर श्रीमन्थ विजारत्नेले अविजित १०३ रन बनाएका थिए। १५२ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए।

क्यानडालाई रोक्न नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिएका थिए। खेलका हिरो भएका केसी र सरद भेषवाकरले पनि एक-एक विकेट लिएका थिए।

१८५ रनको जवाफी ब्याटिङ थालेको नेपालले शुरुवातमा एकदमै फितलो प्रदर्शन गर्‍यो। ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र शरद भेषावकर सस्तैमा आउट भए।

मल्लले ९ रन जोड्न भ्याए भने खड्का पहिलो बलमै डकआउट भए। तर युवा खेलाडीहरुले फेरि नेपालको पारी सम्हाले।

ओपनर दिलिप नाथले ४१, आरिफ शेखले २६, रोहित पौडेलले २७ र दिपेन्द्रसिंह ऐरीले १८ रन बनाएर आशा जीवितै राखेका थिए। सोमपाल कामीले पनि ‍७ रन बनाए। सेतोपाटीमा समाचार छ ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
सरकारले नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने, जनही तीन लाख दिने
सन्दिप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बने
नेपाललाई सिंगापुरलाई पराजित गर्दै एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको उपाधि
नेपाल पहिलोपटक यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालद्दारा भारतलाई पराजित
बर्दियामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
http://go.oclaserver.com/afu.php?zoneid=1465736