arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्तtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त देखिएको छ ।

निजी आवास पुनर्निर्माण नहुँदा भूकम्प प्रभावितहरु खुला ठाउँमै बस्न बाध्य भएका छन् । पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरु गाउँमा नबसेका कारण निजी आवास निर्माणमा समस्या भएको प्रभावितहरु बताउँछन् ।

पहिलो किस्ताको अनुदान सम्झौतामा उत्कृष्ट भएको ओखलढुंगामा त्यस यताका गतिविधि भने सुस्त छन् । भूकम्प पीडितहरु राहतको पर्खाईमा छन् ।

पहिलो किस्ता लिएर त्यसपछि साहुको ऋण लिएर घर निर्माण गरेका उनिहरु दोस्रो र तेस्रो किस्ताको पर्खाइमा रहेका हुन् । पुसको चिसो त्यसमा पनि डेरामा बस्नु पर्दा समस्या भएको पीडितहरु बताउँछन् ।

भूकम्पछि पहिचान भएका लाभग्राहीको संख्या २० हजार १ सय ६५ रहेको भए पनि १८ हजार ७ सय १ परिवारले मात्रै अनुदान सम्झौता गरेका थिए ।

सम्झौता भएकामध्ये १८ हजार ८ सय ५९ घरले पहिलो, ६ हजार १ सय ४७ घरले दोस्रो र २ हजार २ सय ५१ घर लाभग्राहीले तेस्रो किस्ता रकम लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए ।

भूकम्पमा परेर क्षति भएका घरहरु लाभग्राहीको सूचिमा नपरेको भन्दै गुनासो पनि उत्तिकै संख्यामा रहेको छ ।

घर निर्माण गर्न नसक्दा भूकम्प प्रभावित पुसको चिसोमा पनि अस्थायी टहरामै बस्न बाध्य छन् । प्राविधिक गाउँमा नबसेपछि घर बनाउने तयारीमा रहेकाहरु पनि अन्यौलमा परेका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकताको स्वरूप तयार गर्ने
बुद्ध जन्मस्थलको लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्यो
काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने एक हजार ६४० चालक कारवाही
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका र कार्यक्रम सार्वजनिक
नवलपरासीको दाउन्ने ओरालोमा पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु, सातजना घाइते
डोटीमा आह्वान गरिएको हडताल स्थगित
आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीद्दारा पक्राउ
तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्द
http://go.oclaserver.com/afu.php?zoneid=1465736