arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


प्रदेश नम्बर-७ को राजधानी दिपायल नै कायम हुनुपर्ने भन्दै डोटीवासी आन्दोलित भएका छन् ।

यसैक्रममा बिहीबार दिपायलमा र्‍यालीसहित कोणसभाको आयोजना गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले दिपायललाई प्रादेशिक राजधानी कायम नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले ७ नम्बर प्रदेशको राजधानी दिपायल मागमात्रै नभएर अधिकार भएको बताए ।

सबै दृष्टिकोणबाट राजधानी दिपायल नै उपयुक्त छ- उनले भने ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको निर्णयानुसार प्रदेशको राजधानी तोकिनेछ । तर, प्रदेशसभाले राजधानी नतोकेसम्मका लागि सरकारले नै राजधानी तोक्ने व्यवस्था छ ।

सोहीअनुसार अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने चर्चा चलिरहेका बेला दिपायलवासी तातेका हुन् ।

सरकारले अस्थायी राजधानी अहिले दिपायल नै तोक्नुपर्छ भन्ने हाम्रो माग हो-कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक डण्डिराज ओझाले भने- अहिले अस्थायी राजधानी तोकिएपछिमात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थालिए त्यसको नतिजा दुखद् नै हुन्छ ।

दिपायल राजधानीका लागि गठन गरिएको संघर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले अधिकारको लडाइँमा डोटेली जनता होमिसकेको बताए ।

यसअघि पनि डोटीवासीले निरन्तररुपमा राजधानीको मागसहित दबाबमूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

नगरप्रमुखद्वारा राष्ट्रपतिलाई ज्ञापन 

भ्रमणकाक्रममा शैलेश्वरी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबारै दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले ७ नम्बर प्रदेशको राजधानी दिपायलका लागि ज्ञापनपत्र बुझाएकी छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
चुनावी घोषणा बनाउनेतर्फ राजनीतिक दलहरुको बेवास्ता
चिकित्सा शिक्षा अध्यादेश जारी, १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न प्रतिबन्ध
पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनको आग्रह
मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा ४१ जना महिला उम्मेदवार
निर्वाचन आयोगद्वारा निर्वाचन चिह्नअंकित टोपी, टी-सर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शनमा निषेध
पर्वतमा आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहौल दिन प्रतिदिन बढ्दै
घरमा लगाइने १५ किसिमका रङमा मापदन्डविपरीत सिसा भेटियो, बालबालिकाको शारिरीक, मानसिक विकासमा हानी
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न
तिहारको अवसरमा शुभकामना दिँदै सरकारको एकमात्र लक्ष्य निर्वाचन सम्पन्न गरी संविधान कर्यान्वयन गर्नु -प्रधानमन्त्री शेरबहादुर देउवा
राष्ट्रपतिबाट भाइटीकाको उपलक्ष्यमा भाईलाई टिका प्रदान
आज भाइटीका, बिहान ८ बजेअघि टीका लगाउन नहुने, ११ः५१ बजेको साइत उत्तम
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि प्रत्यक्षतर्फ भोलि उम्मेदवारी दर्ता
प्रधानमन्त्री देउवाद्दारा निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख
वाम गठबन्धनको ३२ जिल्लामा सिट बाँडफाँट टुंगियो
प्रदूषणका कारण विश्वमा धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा
महोत्तरीमा सर्वसाधारणमा सुरक्षा अनुभूति गराउन तिहार, छठ विशेष सुरक्षा योजना सञ्चालन
डोटीको बडीकेदार खड्यौलीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २१ जना घाइते
कञ्चनपुरमा बितेको एक दशकमा एचआइभी/एड्सको संक्रमणबाट १०२ जनाको मृत्यु
तिहारभरका लागि प्रदेश नम्बर-१ को राजधानीको माग गर्दै आएका धनकुटेलीको आन्दोलन स्थगित
चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण, १८ जनामा डेंगु रोग