arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

यस वर्ष असोज १४ गते बडादशैंको उत्तम साइत ११ बजेर ५५ मिनेटपछि text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २१, बुधवार)


नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत सार्वजनिक गरेको छ ।

वि.सं. २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यसदिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभसाइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

आगामी असोज ९ गते सोमबार पचली भैरवयात्रा परेको छ । असोज ११ गते बुधबार दसैंघर वा कोठामा फूलपाती भित्र्याइन्छ ।

फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ ।

फूलपातीका दिन तुलजा भवानीयात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसैदिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसैदिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजयादशमी परेको छ ।

विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ ।

सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीकाग्रहण गर्नुपर्छ, सर्वसाधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गादेवीका प्रसादकारुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ-उनले भने ।

विजयादशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजयादशमीकै दिन खड्गयात्रासमेत हुनेछ ।

असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ ।

नेपाल राज्यभर दसैं महान् पर्वकारुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक-आपसमा जम्मा भइ दसैं मनाउने गर्छन् ।

यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइन्छ । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन
आज घटस्थापना, हिन्दूहरूको महान चाड बडादसैं शुरु
आज ऋषि पञ्चमी पर्व, हरितालिका तीज आज समापन हुँदै
नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो
आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती
आज गुरुपूर्णिमा पर्व
आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा-पाठ गरी मनाईंदै
सोमबार ईदको अवसरमा सार्वजनिक बिदा
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागत
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।