arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

नरपानी र सुपामा पर्यटकलाई पूर्वाधार अभाव, घुम्न आउने पर्यटकलाई बस्ने र खानको समस्याtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन ३, विहीवार)

वीरेन्द्र केसी कान्तिपुर

नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सुपादेउराली दर्शन गरी नरपानी घुम्न रुचाउने पर्यटकलाई बसाउन पूर्वाधार अभाव छ । यहाँ बास बस्न मिल्ने होटलको कमी छ ।


रमणीय स्थल नरपानीमा २०३२ सालसम्म जिल्ला सदरमुकाम थियो । त्यसपछि सदरमुकाम सन्धिखर्क सारियो । सदरमुकाम नरहे पनि नरपानीको आफ्नै महत्त्व छ । तराईमा बसोबास गर्ने, भारतीय नागरिक र पहाडी जिल्लाका धेरैजसोको रोजाइमा नरपानी पर्ने गरेको छ । त्यहाँबाट २ किलोमिटर दूरीमा धार्मिक पर्यटकीयस्थल सुपा देउराली मन्दिर छ ।

मन्दिर दर्शन र नरपानी घुम्न दैनिक एक सयभन्दा बढी पर्यटक आउँछन् । ९५ प्रतिशत आन्तरिक तथा भारतीय पर्यटक एकैछिन घुमेर फर्कने गरेका छन् । महत्त्व र प्रचारप्रसार बढदै जाँदा घुम्न आउनेको संख्या बर्सेनि बढदै गए पनि पर्यटकको बसाइ लम्बिन सकेको छैन ।
Image result for नरपानी arghakhanchi.com

सुपा देउरालीमा बली चढाएर पूजापाठ गरेपछि नरपानी आएरै प्रसाद ग्रहण गर्छन् । केही पर्यटक घुम्नकै लागि आउँछन् । शीतल हुने भएकाले गर्मीको बेला त ओइरै लाग्ने गर्छ ।

अलि पर खाँची दरबार छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको मावली घर खाँचीकोट छ । दरबार हेर्न पनि त्यहाँ जान्छन् । खाँची दरबारबाट सदरमुकामसहित सिंगो जिल्लाको भूगोल देख्न पाइन्छ । गर्मी छल्न तराईबाट आउनेको ताँती नै हुन्छ । ‘मन्दिरमा आएका तीर्थालु नै पर्यटक हुन्,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम थापाले भने, ‘मन्दिरको दर्शनपछि बस्ने ठाउँ छैन । बस्नलाई पर्यटकीय संरचना चाहिन्छ, सांसदले पूर्वाधार निर्माणको लागि बजेट पारिदेलान् भन्ने आशा छ ।’

सुपादेउराली मन्दिरको दुवैतर्फका अग्ला टापुमा पुग्ने पैदल मार्ग, दुवै चुचुरालाई जोड्ने केबलकारसहित नरपानीमा होमस्टे हुनुपर्ने उनले बताए । मन्दिरमा आएका तीर्थालु र नरपानी आउने पर्यटकलाई एक दिन भए पनि यस क्षेत्रमा बास बसाल्न सके गाउँमा पर्यटन व्यवसाय फस्टाउने, युवा स्वरोजगार बन्ने उनको धारणा छ । स्थानीयले फाइदा लिन सकेका छैनन् । ‘मन्दिरमा आउँछन्, पूजापाठ गर्छन्, वारिपारि अग्लो पहाड त्यहीँबाट नियालेर तीर्थालु फर्किहाल्छन्,’ उनले भने, ‘भुलाउने संरचना बन्ने हो भने खाना, खाजा यहीँ नै खान्थे र बस्थे ।’ विदेश जानेको संख्या घट्ने उनले बताए ।

Image result for नरपानी arghakhanchi.com

पर्यटकीय पूर्वाधार बनाउन मन्दिरको आम्दानीले मात्रै पुग्दैन । सरकारी स्तरबाट सहयोग आवश्यक छ । चुनावका बेला उम्मेदवार र नेताले पूर्वाधार निर्माण गरिदिने र बजेट पारिदिने आश्वासन सधैं दिन्छन् । ‘व्यवहारमा लागू हुन सकेन,’ नरपानीका पदम केसीले भने, ‘अहिलेसम्म चुनावी मुद्दा मात्रै बने । तर, यसपालिका सांसदले काम गर्लान् भन्ने आशा छ । पर्यटकीय स्थल बनेर पर्यटक भित्रिएपछि गाउँमा स्वरोजगार र आम्दानीको बाटो खुल्थ्यो ।’ अहिले पिकनिक स्पटमा दिनहुँ ताँती हुन्छ ।

‘मन्दिरमा कति तीर्थालु आउँछन्, यकिन तथ्यांक त छैन तर दैनिक तीन/चार सयको हाराहारीमा आउँछन्,’ मन्दिरका सचिव यादवप्रसाद घिमिरेले भने । धेरैजसो दाङ, बर्दिया, रूपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट तीर्थालु आउने उनले बताए । धार्मिक विश्वासले बर्सेनि आउनेको संख्या बढदै गएको उनले बताए । ‘भूगोल नै पर्यटकीय हिसाबले हेर्नलायक छ । पूर्वाधार भए राम्रो गन्तव्यस्थल बन्छ,’ उनले भने ।

दुवैतिर पैदल मार्ग चुचुरोबाट वारिपारि केबलकार र डाँडोमा बस्ने, खाने व्यवस्थासहितका होटल, होमस्टे र रिसोर्टको व्यवस्था पनि छैन । वास्तवमै यहाँका स्थानीयले आएका पर्यटकबाट केही लाभ लिन नसकेको स्थानीय कमला पाण्डेले बताइन् । नरपानीमा मगर बस्ती पनि छ । खाने, बस्ने, पहाड उक्लिने पदयात्रा, गाउँमा घुमाउने, स्थानीय उत्पादन खुवाउन र विभिन्न जातजातिका नृत्य झाँकी देखाउन सकेमा गाउँमै आम्दानी भित्रिन सक्ने थियो । नरपानी जंगल भएकाले यहाँ टिमुर र जडीबुटी पनि छन् ।

Image result for नरपानी arghakhanchi.com

नरपानीदेखि सुपादेउरालीसम्म संरचना बनाएर पर्यटकीय स्थलका रूपमा विकास गर्न आफू लागिपर्ने प्रदेश सांसद चेतनारायण आचार्यले बताए । ‘लुम्बिनी आउने विदेशी पर्यटकलाई पनि भित्र्याउने मेरो योजना छ,’ उनले भने, ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेरै पूर्वाधार बनाउँछु ।

जिल्लाकै पर्यटकीय मेरुदण्ड हो ।’ पर्यटकसम्बन्धी विज्ञ ल्याएर पूर्वाधार कसरी बनाउने भन्ने योजना बनाउनु जरुरी रहेको उनले बताए । तराईमा गर्मीको बेला चिसोमा बस्न धेरै आउने गर्छन् । यहाँ होटल पनि त्यति व्यवस्थित छैनन् । गाउँका घरलाई नै होमस्टे बनाउने, लोकल खानेकुरा खुवाएर नाचगान देखाएर आएका पर्यटकलाई भुलाउने र गाउँको आम्दानी बढाउने काममा योजनाबद्ध ढंगले लाग्ने अर्का प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए । एकैछिन घुम्न आउनेले पनि गाउँमा उत्पादन भएको तरकारी, फलफूल किनेर लैजाने गर्छन् । अझै एक दिन मात्रै बसाल्न सकेमा आम्दानी राम्रो हुने उनले बताए ।

Image result for नरपानी arghakhanchi.com
Image result for नरपानी arghakhanchi.com

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेपाल बन्द कारण दिनभर प्रभाबित भएको अर्घाखाँचीको जनजिबन साँझ बन्द खुलेसँगै सामान्य बन्दै
सन्धिखर्कमा नगर स्तरीय अगुवा कृषक तालिम सुरु
सन्धिखर्कको बिहार बरापमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको शोक सभा सम्पन्न
पत्रकार महासंघ अर्घाखाँचीको वैठक सम्पन्न
सन्धिखकको शान्तिबगैचामा सरसफाई कार्यक्रम सम्पन्न ((फोटो फिचर)
अर्घाखाँचीमा आज आव्हान गरेको बन्द अवज्ञा गर्नेलाई भौतिक कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको धम्की
प्रजातन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकामा दीप प्रज्वलन (तस्बिर सहित)
डेभाको भगवती माबिमा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा रेन्बो मन्टेश्वरी जोनद्धारा अभिभावकहरु बीच एक दिने बृहत् छलफल, गोष्ठि तथा अन्तर्कृया कार्यक्रम सम्पन
अर्घाखाँची सेवा समाज कतारद्वारा बाँगीका क्यान्सर पीडित राकेश थापालाई आर्थिक सहयोग
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सम्पन्न, जनज्योती मावि प्रथम (तस्बिर सहित)
छत्रदेव १, २ र ३ लाई लक्षित गरि बल्कोट पौवामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइयो (तस्बिर, भिडियो सहित)
प्रेस युनियन अर्घाखाँचीमा ५ जना बीच टक्कर
अर्घाखाँचीमा जग्गा कारोबार शून्य, गाउँ -गाउँमा चहलपहल बढ्यो, गाउँमै घडेरी बिक्री सुरु
वाङ्लाको म्यालपोखरी धार्मिक पर्यटकीय स्थल बन्दै, पर्यटकको घुँइचो
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता शुरु (तस्बिर सहित)
सन्धिखर्कको माटे खहरेखोला सामुदायिक वनमा मृत चितुवा फेला
चरम विवादका कारण अन्तर्राष्ट्रिय अर्घाखाँची संपर्क मन्च भंग
http://go.oclaserver.com/afu.php?zoneid=1465736