arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा मानव र वन्यजन्तुबीच द्वन्द्व र विकल्प text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २८, बुधवार)

Image result for arghakhanchi.COM
सन्धिखर्क लगायत । फाइल तस्बिर 

कृष्ण प्रसाद पाण्डे
पर्यावरण विशेषज्ञ 
छत्रदेव - ५, अर्घाखाँची 
हाल प्राविधिक विश्वविद्यालय म्यूनिख, जर्मनी

अर्घाखाँचीमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ। अर्घाखाँचीमा बितेका २-३ वर्षमामात्रै चितुवाको आक्रममणका १४ भन्दा बढी घटना भएका छन् । यी घटनामा एक दर्जनजति बालबालिकाको मृत्यु भएको थियो । ६ घाइते भएका थिए । सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट र खाँचीकोटमा मात्र १२ वटा घटना भएको पाइन्छ। त्यसैगरी अर्घाखाँचीमा मात्रै पछिल्ला दुई तीन वर्षमा ६ चितुवा मृत फेला परे । जसमा ४ भाले र २ पोथी छन् ।
 
चितुवा संरक्षीत्त जनवार भएतापनि अबोध छोराछोरिको ज्यान गएपछि अर्घाखाँचीमा नरभक्षी चितुवा मार्नुपर्ने तथा संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग आवाज आइरहेको छ। तसर्थ पिडित क्षेत्रका बासिन्दा र बन्यजन्तुविचको द्वन्द व्यवस्थापन गर्नु अत्यवश्यक भएको छ।
 
एउटा बयस्क बाघ तथा चितुवा लाइ दैनिक ५ केजि सम्म मासु को आवश्यकता हुन्छ। यसकालागी उसले आफ्ना आहारा प्रजातिहरु जस्तै मिर्ग,बँदेल आदिको शिकार गर्छ।तर प्राकिर्तिक बासस्थान र आहारा प्रजाति तथा संख्या मासिएपछि बाघ तथा चितुवा लाइ अहाराको कमि हुन्छ गाउँ पस्छन्।बिरामी वा बुढो भएपछि चितुवाले मृग मार्न सक्दैन। बरू कुकुर मार्न सजिलो हुने भएकाले चितुवा शहर पस्छ। चितुवालाइ मान्छेसित डर हुन्छ तर कसैलाइ एकपटक मारेपछि मान्छेसितको यसको डर घट्छ भनिन्छ। प्रायस: बुढो, विरामी वा घाइते चितुवा र धेरैजसो भाले चितुवाले मान्छे खाने बन्छ भनिन्छ। तसर्थ चितुवा र मान्छेका क्रियाकलाप र तिनीहरुसंग जोडिएका खतराहरु जान्नु आवश्यक हुन्छ।
 
चितुवालेले प्रायश: बाली स्याहार्ने समयमा, रातमा बाहिर निस्कदा वा घर बाहिर सुत्दा आक्रमण गर्ने संभावना ज्यादा हुन्छ। रातको समयमा अंध्यारो हुने भएकोले आफ्नो शिकारलाइ कब्जामा पार्न वा भाग्न सजिलो हुने साथै यसको आँखा मानिसको भन्दा ४ गुना बढी टाढा देख्न सक्ने हुनालेपनि मानिसहरु घरबाट टाढाको शौचालय जाँदापनि बाघको आक्रमणमा पर्ने संभावना हुन सक्छ। यसबाहेक बाघका आहारा प्रजातिहरु जस्तै जरायो, चित्तल, रतुवा, चौसिँगा ,बँदेल आदि कमि भएमापनि कुकुर मार्न सजिलो हुने भएकाले गाउँ पस्दा यस्ता घटना घट्न सक्छन। बाघले मान्छे खाँदा यसको ठुलो असर हुन्छ, चाहे त्यो एकैजना नै किन नहोस। कुनै एकै व्यक्तिको मरणले पनि परिवारमा प्रत्यक्षरुपमा ठुलो आघात र कठिनाइ हुन्छ भने अप्रत्यक्षरुपमा सिंगो समुदायलाइ नै मनोबैग्यानिक तनाव र अब्यबस्था ल्याउन सक्छ।
 
शहरिकरण तथा कृषिमा आएको परिवर्तनले बन्यजन्तुको प्राकिर्तिक बासस्थान वा  आहारा प्रजातिमा कमि हुनु नै चितुवा गाउँ पस्नुको प्रमुख कारण हो। तसर्थ, अर्घाखाँचीका नगरपालिका तथा गाउँपालिकाका बन कार्यालयले विग्यहरुको परामर्शमा समुदायीक जनचेतना, क्षत्तिपुर्ति ब्यवस्था,सतर्कता, पासो वा बन्दुकको प्रयोग, चितुवाको स्थानन्तरण, चितुवाको नियोजन तथा धेरैनै समस्या परेको अवस्थामा बाघलाइ मारेरै नियन्त्रण र ब्यबस्थापन गर्नुपर्ने हुन्छ। वातावरण ब्यवस्थापन गरी संरक्षित वनमा बाघको आहारा प्रजाति बढाउने, जमिनको प्रयोगको योजना बनाउने, चितुवाको बासस्थान, आहारा प्रजाति र हिड्ने जैविक मार्ग विश्लेषण गरी नयाँ बस्तिको बिस्तार को योजना त्यसैअनुरुप गर्नु आवश्यक हुन्छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
गाउँ - गाउँमा पैदल हिडेर भाेट माग्दै बाम गठबन्धन अर्घाखाँचीका उम्मेद्द्वार चेतनारायण आचार्य
अन्तत अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनका उम्मेद्धार टोपबहादुर रायमाझीलाई भोट हाल्ने
खिदीम र भगवतीमा कांग्रेसको चुनावी सभा सम्पन्न, कांग्रेसले चुनाव जित्दा सबै नेपालीको जित हुने पुष्पा भुसालको भनाई
सन्धिखर्क नगरपालीकामा रहेका स्वास्थ्य संस्थाहरुमा अब औषधी अभाव नहुने
सन्धिखर्कको शान्ति बगैचाको सार्वजनिक शौचालय र सडक बिजोग, नेताहरुको चुनाव जित्न चिल्ला गफ र खोक्रा भाषण मात्र
अर्घाखाँचीमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिए (भिडियो-तस्बिर सहित)
कांग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम १ को अर्घातोष, भगवती र २ को नरपानीमा सम्पन्न
वामगठबन्धनको वाङ्गलामा वामगठबन्धनको चुनावी सभा सम्पन्न (तस्बिर सहित)
वाम गठबन्धनद्वारा मालारानी ८ मा चुनावी प्रचारमा तिव्रता (तस्बिर सहित)
अर्घाखाँचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेसलाई समर्थन गर्ने
सिद्धाराका मतदाता मंसिर २१ गते हुने चुनावको अघिल्लै दिन मतदान केन्द्र पुग्ने तयारीमा
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कले मार्सिक शुल्क बृद्धि फिर्ता नगरे विधार्थीहरुले आल्दोलन गर्ने
वाम गठबन्धनको मालारानी ४ मा महिला-युवाको चुनावी भेला सम्पन्न
छत्रदेव गाउंपालिकाको वार्ड नं १ र नुवाकोटको लम्चीमामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
भुमिकास्थान नगरपालिकाको नुवाकोट गनेरिबोट कमलीपोखरामा जीप दुर्घटना, १४ जना घाइते (तस्बिर र घाइतेको नामावली सहित)
अर्घाखाँचीमा तपाईंको मतदान केन्द्र कहाँ पर्‍यो, मतपत्र यस्तो हुनेछ (सम्पूर्ण विवरण सहित)
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक उत्सव तथा स्थापना दिवस सम्पन्न
पणेना र अर्घामा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न
कांग्रेस अर्घाखाँचीको चुनावी प्रचारप्रसार कार्यक्रम २ को खिल्जी, असुरकोट र १ को ठुलापोखरामा सम्पन्न
मतदाता रिझाउन नेताहरु गाउँगाउँमा, वाम गठवन्धनको चुनावी सभा बाँगीको गुराँसे, भण्डार र आरुखोर सम्पन्न (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736