arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २६, विहीवार)

दिपेन्द्र श्रेष्ठ 

छ्त्रदेब अर्घाखाँची २६ साउन । नेवारी समुदायमा प्रचलित नेपालकै ऐतिहासिक गाइजात्रा मंगलबार अर्घाखाँचीका बिभिन्न स्थानहरुमा निकालिएको हो।


नेवारी समुदायमा बर्षको एक पटक निकालिने ऐतिहासिक नृत्य गाईजात्रा जिल्लाको सन्धिखर्क नगरपालिका अन्र्तगत डिभर्ना, वाङ्गला,टुनिपोखारा,पटुवाथुम त्यस्तै भुमिकास्थान नगरपालिका अन्तर्गत लात्तेबाज, नुवाकोट र  पाणिनी गाउपालिका अन्तर्गत अड्गुरी,पालि ढाक्रेबास र छ्त्रदेब गाउपालिका अन्तर्गत अर्घातोष, भगवती,छ्त्रगंज ,केरुङ्गा  लगायतका स्थानमा गत २४ गते मंगलबार जात्रा सम्पन्न भएको हो । 

 मल्लकालिन राजाहरुको पालादेखी नेपालका नेवार समुदायहरुमा बिगतका बर्षहरुमा मृत्यु भएका मृतकहरुको सम्झनामा  दिवंगत आत्माको चिरशान्तिको कामना तथा, पितृ उद्धारका लागि नेवार समुदायमा गाइजात्रा निकाल्ने प्रचलन इतिहास देखि रहि आएको छ ।फरक यत्ति मात्र हो कुनै जिल्ला मा गाईलाई नै सिगारेर जात्रा निकालिन्छ तर अर्घाखाचीका नेवार समुदायहरुमा भने  डोकोलाई सिँगारेर मृतकहरुको शरिरको प्रतिमा बनाई मृतकको अनि गाइको फोटो टासी बिगतका बर्षमा दिवंगत भएको एक वर्ष भित्रमा वा कुनै कारणले निकाल्न नपाएको खण्डमा पछी पनि  गाईजात्रा निकाल्ने प्रचलन रहेको छ । 


बिगतका बर्षहरुदेखी नै जनैपूर्णिमाको दिन विषेश तयारी गरि अर्को दिन बिहान नेवार समुदाय र छिमेकीहरुको  घर घरमा लगि नगर परिक्रमा तथा धुपबत्ती गरि दिउँसो जात्रा निकाल्ने र साझ विधिवत पुजाआजा गरि भित्र्याउने प्रचलन रहिआएको छ तर पनि यस बर्ष भने ५०बर्षको अन्तरालमा पहिलो पटक जनै पुर्णिमा र नाग पंचमी एकै दिन परेको र जनै पुर्णिमा को ११ दिन पछी गाइजात्रा परेको हुनाले गत मंगलबार गाइजात्रा निकालिएको बताइएको छ | गाइजात्रालाइ ठाउ अनुसार फरक फरक नामले जस्तै कतै गाइजात्रा ,कुनै ठाउमा हिम्पाई त कतै नेवारी भाषामा झ्याल्टुंग नामले पनि उच्चारण गर्ने गरिन्छ|

नेवार समुदायका मृत्यु भएका व्यक्तिहरुको गाइजात्रा निकाल्दा हिन्दु धर्म सस्कार अनुसार पितृहरुको चिरशान्ति हुने र पितृहरु गाईको पुच्छरको सहायता लिदै बैतर्नी नदि तरी स्वर्गमा बास हुने र मृतकका परिवारजनहरुलाई पनि पितृ मोक्क्ष प्राप्त हुने जनविश्वास रहेको छ्त्रदेब गाउपालिका वार्ड नं ८अर्घातोष का वार्ड अध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो । 


देशमा बढ्दै गएको बेरोजगारीका  कारण युवाहरू वैदेशिक रोजगारिका लागि विदेशिने क्रम बढेपछी नेवारहरुको कला सस्कृती जोगाउन समेत मुस्किल परेको र आउदा बर्षहरुमा पनि नेवारहरुको    पहिचान जोगाउन यस्ता एतिहासिक सस्कृतिहरुको संरक्षण गर्न यस्ता  कला ज्ञान सिपको पुर्खाहरुबाट हस्तान्तरण गरिदैजानुपर्ने अर्घातोष-भगवती संयुक्त नेवा समाजका युवा समाजसेबी  रमेश कुमार श्रेष्ठ बताउनुहुन्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा मसालका महामन्त्री मोहन बिक्रम सिंहको चलचित्र फागुन २४ प्रदर्शन
सन्धिखर्कको धरमपानीमा तिज विशेष सम्मान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न ( भिडियो- फोटो फिचर)
अर्घाखाँची काठमाडौं कलाकार समाजको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न ( फोटो फिचर)
बल्कोट - काठमाण्डौ सेवा समाजको तीज विशेष तथा दर खुवाउने कार्यक्रम सम्पन्न (तस्बिर सहित)
किमडाँडाका कृषकले पशुपालनसँगै दूधको बिक्री बढाए, दैनिक ८ सय लिटर दूध सन्धिखर्कका डेरीमा संकलन
सन्धिखर्कमा खुल्ला तिज गित नृत्य प्रतियोगिता तथा ब् हत सास्कृतिक कार्यक्रम सम्पन्न
छत्रदेवको ठुलापोखरामा तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न
अर्घाको बाइसे र चौबिसे राज्यका पालादेखि चल्दै आएको लाखे नाच संकटमा (भिडियो)
ढिकुराको गौचौरदहमा खुल्ला तिज गित प्रतियोगिता सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नगर सरसफाई कार्यक्रम सम्पन्न
किमडाँडामा जनप्रतिनिधिहरुसँग शैक्षिक विषयमा अन्तरक्रिया
मालारानी गाउँपालिकाको खन उपल्लाबढाचौरका मृगौला पीडितलाई सहयोग रकम हस्तान्तरण
गोखुंगा रुपन्देही सामाजिक सम्पर्क मचंको तिज मिलन तथा दर खाने कार्यक्रम संम्पन्न
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै