arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल प्रधानमन्त्री देउवाको गृहजिल्लामा बढ्दैtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)


आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौं पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित भएका थिए । भट्ट विसं २०६४ मा १३०० तथा २०७० मा ८ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित भएका थिए ।

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको कांग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार व्यहोरेको थियो । त्यसकारण पछिल्लो समय कांग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ । यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने कांग्रेसका स्थानीय नेता बताउँछन् ।

लामो समयदेखि जिल्लाको मात्र नभई समग्र सुदूरपश्चिमकै विकासमा प्रधानमन्त्री देउवाले अभिभावकको भूमिका निभाएको भन्दै डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ता मंसिर २१ गते उनी विजयी हुनेमा ढुक्क छन् । तर, उनलाई विगतमा जस्तो सहज भने छैन । दुई ठूला पार्टीको गठबन्धनका कारण देउवाले निर्वाचन जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ ।

जिल्लाको प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले निर्वाचन जित्न कुनै समस्या नभएको बताए । ‘प्रधानमन्त्रीज्यू डडेल्धुराको मात्रै नभएर सुदूरपश्चिमकै अभिभावक हो ।’ उनले भने, ‘यहाँका मतदाता कहिल्यै कांग्रेसको विपक्षमा हुँदैनन् ।’

पार्टीभित्रको आन्तरिक किचलोका कारण केही स्थानीय तहमा हार ब्यहोरेको उनले स्विकारे । आसन्न निर्वाचनका लागि पार्टी पंक्ति एकढिक्का भएर लागेको मल्लको भनाइ छ ।

‘म र रघुवर भट्टजी प्रदेशमा लड्दै छौँ ।’ मल्लले भने, ‘जिल्लाभर सबै भ्रातृसंगठन चुनावीसभामा खटिएका छन् ।’ उनले सभापति देउवाविरुद्ध गठबन्धनले विभिन्न अपवाह फैलाएको आरोपसमेत लगाए । ‘चार–चार पटक प्रधानमन्त्री भएर यो देश हाँकिसकेका व्यक्तिले रोजगारी दिन सकेनन् भन्ने कुरो हुन्छ ? ।’ उनले भने, ‘हेर्दै जानुस् गठबन्धनका उम्मेदवार नै केही दिनमा कांग्रेसमा आबद्ध हुँदैछन ।’ उनले डडेल्धुरामा कांग्रेस १० हजारभन्दा बढी मतअन्तरले निर्वाचन जित्ने दाबीसमेत गरे ।

कात्तिक ३० गते प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा आउने कार्यक्रम रहेको मल्लले बताए । उनको पहिलो सम्बोधन जिल्लामा भएपछि विभिन्न जिल्लाका चुनावीसभामा भाग लिने कार्यक्रम तय भएको पार्टीको जिल्ला सभापति एवं उम्मेदवार मल्लले बताए ।

वाम गठबन्धनका नेता स्थानीय तहको जिल्लाको मत परिणामलाई आँकलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । सातओटा स्थानीय तह रहेको जिल्लामा चारवटामा कांग्रेस, दुईओटामा एमाले र एउटा तहमा माओवादी केन्द्रले विजयी भएको थियो ।

वाम गठबन्धनका उम्मेदवार भट्टले चार÷चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यकमात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेल्धुरावासीले यस पटक उनको विकल्प खोज्ने बताए ।

२७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको उनको आरोप छ ।

‘वाम गठबन्धनले यस पटक कांग्रेसलाई पराजित गर्छ,’ उनले भने । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले पाँच वर्षमा गर्ने भट्टको दाबी छ ।

त्यसैगरी, वाम गठबन्धनबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार तथा एमालेका जिल्ला अध्यक्ष डा.तारा जोशीले डडेल्धुरामा यस पटक वाम गठबन्धन जित्ने बताए । ‘धेरै मान्छे तटस्थ र स्वतन्त्र छन्’ उनले भने, ‘उनीहरुले गठबन्धनलाई सहयोग गर्छन् ।’

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसभन्दा आठ हजार मत बढी ल्याएकाले निर्वाचन जित्नेमा वाम गठबन्धनका उम्मेदवार डा.जोशी ढुक्क छन् ।

देउवाका लागि सधैँ गठबन्धनः नेता मल्ल

वाम गठबन्धन पनि डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेसका पार्टी सभापति देउवालाई नै चुनाव जित्न यस पटक कठिन रहेको हल्ला फैलिरहेका बेला कांग्रेस डडेल्धुराले भने त्यसलाई सामान्यरुपमा लिएको छ ।

कांग्रेस जिल्ला सभापति मल्लले देउवाविरुद्ध डडेल्धुरामा सधैँ गठबन्धन हुने गरेको र पटक पटक सफल हुन नसकेको बताए । ‘यस पटक देशव्यापी रुपमा वाम गठबन्धन भएकाले नौलो विषय लागेको हो ।’ सभापति मल्लले रासससित भने, ‘डडेल्धुरामा त २०४८ सालदेखि नै कांग्रेसको विपक्षमा गठबन्धन हुँदै आएको छ ।’

उनले जति गठबन्धन भए पनि डडेल्धुरामा कांग्रेसलाई असफल पार्न सम्भव नरहेको जिकिर गरे । ‘यहाँ धेरै गठबन्धनका पात्र कांग्रेससामु टिक्न सकेका छैनन्,’ उनले भने । गठबन्धनले डडेल्धुरामा देउवाले केही गर्न सकेन भन्नु अनर्गल प्रचारबाजीमात्रै भएको उनको दाबी छ ।

‘सुुदूरपश्चिमको विकास निर्माणमा सभापति देउवाले गरेको योगदान गनेर सम्भव छैन, ’ मल्लले भने ।

यस्तै, डडेल्धुरा शिक्षक संघका अध्यक्ष कर्ण मडै स्थानीय तहमा कांग्रेसको आपसी तालमेलले मात्रै केही ठाउँमा पराजय व्यहोरोको बताउँछन् । आगामी निर्वाचनमा कांग्रेसलाई जितका लागि कुनै समस्या नहुने उनको भनाइ छ । ‘कांग्रेस अहिले आन्तरिक गुटबन्दी हल गरेर चुनावी मैदानमा उत्रेको छ, मतपरिणाम कांग्रेसकै पक्षमा रहन्छ,’ मडैले भने । ११७ ओटा मतदान केन्द्र रहेको डडेल्धुरामा आसन्न निर्वाचनमा ८१ हजार ७०० भन्दा बढी मतदाता रहेका छन् । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
दोस्रो चरणको ४५ जिल्लामा हुने निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो
बागलुङमा कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार
बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय
पहिलो चरणमा हुन लागेको निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने, मतगणनासम्म मदिरा निषेध
माओवादी केन्द्रले प्रचण्ड पुत्र प्रकाशको सम्झनामा सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने
प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती
पूर्व राजा ज्ञानेन्द्र शाहद्दारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
निर्वाचन आयोगद्दारा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि एकपछि अर्को गर्दै भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त
रौतहटमा वाम गठबन्धनको भेला भेला भईरहेको स्थानमा बम विस्फोट, ८ जना घाइते
मंसिर १० गते हुने पहिलो चरण निर्वाचन सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन
उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना, दलहरु आरोप-प्रत्यारोपमा उत्रिए
आगामी प्रतिनिधिसभा,प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एक साताभित्र आइसक्ने
हुम्लामा हिमपात शुरु, निर्वाचन प्रभावित हुनसक्ने
कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी 'पेन प्याकेज' कार्यक्रम सुरु
http://go.oclaserver.com/afu.php?zoneid=1465736