arghakhanchi
मिति:
लिंकहरु
टेलिभिजन अन्तराष्ट्रिय समाचार अनलाईन् रेडियो दैनिक पत्रपत्रिका अनलाईन् समाचार मनोरन्जन
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
 
बिज्ञापनहरु
 
भिडियो
किमडाँडामा भिषण आगलागी

अर्घाखाँची जिल्लाको किमडाँडामा भिषण आगलागी भएको छ । दिउसो ३ वजे भलायडाँडा जङ्गलबाट शुरु भएको आगोले सयौं रोपनी जङ्गल विनास गरी किमडाँडा वस्तीमा समेत क्षति पु-याएको छ । आगलागी भए सँगै सयौंको संख्यामा घट्ना स्थलमा पुगेका सेना, प्रहरी र स्थानीय वासिन्दाको निरन्तर प्रयासका बावजुत पनि आगोले आधा दर्जन घर तथा केही गोठहरु र चौपया समेत जलेर नष्ट भएका छन् । 

सदरमुकाम सन्धिखर्क नजिकैको भलायडाँडा जङ्गलबाट शुरु भएको आगो राती अवेर सम्म पनि किमडाँडाको जङ्गल र वस्तीमा फैलिएको छ । आगलागीबाट वस्ती जोगाउन सेना र प्रहरीले भरमग्दुर प्रयास गरे पनि हावाहुरीका कारण आगो नियन्त्रण गर्न निकै कठिन भएको प्रंहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताउनु भयो । 

आगलागीबाट हाल सम्म कुनै मानविय क्षति नभए पनि आगो निभाउने क्रममा केही सेना र प्रहरी सामान्य घाईते भएका छन् । अगलागीका कारण गाउँमै रहेको रेडियो अर्घाखाँचीको स्टुडियोमा पनि सामान्य क्षति भएको छ । रेडियो भएको घरमा आगो जान नदिनका लागि ठूलो प्रयास भएका कारण रेडियो जोगिएको रेडियोका अध्यक्ष चन्द्र वञ्जाडेले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, चन्दनाथ गणका गणपति उज्जोल बिक्रम राणा, प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल, जिल्ला वन अधिकृत बलिराम पण्डीत लगायतका कार्यालय प्रमुखहरु आगलागी भएको क्षेत्रमा खटिरहनु भएको छ ।

(२०७३ वैशाख ११, शनिवार)

 
अन्य भिडियो
सुपादेउराली टुर & ट्राभल्ससँग
जुकेना स्कूलमा कार्यक्रम
टोप वहादुरको सेङलेङ नाच
मैदानमा बाटो विस्तार
http://go.oclaserver.com/afu.php?zoneid=1465736