

काठमाडौँ । डा.भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नै प्रश्न गरेका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका डा. रावलले प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् ।
रावलले पत्रकार सम्मेलनमार्फत ओलीमाथि प्रश्नैप्रश्न तेस्र्याएका छन् । पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् । नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन् ।


आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।र ावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।
हेर्नुस् रावलको वक्तव्यको पूर्णपाठ :

















