ठूला दलबाट देश खतरामा गयो, अब प्रदेश खारेजीको माग राख्दै राजधानीमा आन्दोलन गर्दछौं: जनमाेर्चा अध्यक्ष केसी

 

-टेकराज भुसाल ।

बुटवल। राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केहीले ठूला दलहरुबाटै देश खतरमा पर्दै गएको दाबी गरेका छन् । २००७ सालको राजनीतिक आन्दोलनदेखि ०४६ सम्म संघीयता भन्ने शब्द नभएको बताउँदै उनले त्यसपछिका राजनीतिक परिवर्तनकारहरुले चोर बाटो (अन्तरिम संविधान) मा घुसाएर देशमा ल्याएको प्रदेश संरचनासहितको संघीयताले देशको हालत दिनप्रतिदिन बिग्रिदै गएकोमा चिन्ता व्यक्त गरे ।

राजधानी केन्द्रीत गर्न थालिएको आन्दोलन बारेमा जानकारी गराउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले गणतन्त्र कसैले बकस गरेर ल्याएको नभई, लोकतन्त्र स्थापित गराउन नेपाली जनताको गहिरो भूमिका रहेकाले यसलाई थप बलियो बनाएर देश र जनताको उत्थान गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

राजनीतिज्ञहरुले राजनीति भनेको कमाउने मियो हो भन्ने गलत बुझाई बनाएर देशलाई दूरावस्थामा पुर्याएकाले उक्त गलत प्रवृतिको पञ्जाबाट देशलाई जोगाउन जनता अब सुतेर नभई उठ्नुपर्ने बताए । संघीय प्रणालीले ७/ ८ वटा जिल्लाका लागि एउटा प्रदेश बनाएर २० जना मन्त्री र संसदहरु भर्ना गरेर देशको भविष्यमाथि खेलबाड र जनतामाथि अन्याय गरेको जनाउँदै नेपाल र नेपालीलाई प्रदेश संरचना आवश्यक नभएको जिकिर गरे ।

उनले एक प्रसंगमा आफूलाई संघीयताविरुद्ध नबोल्न विदेशी शक्तिले ठूलो थ्रेट दिएको र पैसाको प्रलोभन देखाएर आवाज नउठाउन संसद भवनमा रहेकाले बेला फोनमा भनेको बताउँदै यसको साक्षी माधवकुमार नेपाल र झलनाथ खनालसँगै रहेको बताए ।

images

पछिल्लोसमय संघीयताका कारण देशको आर्थिक अवस्था दयनीय बन्दै गएकाले जनमोर्चाले संघीयता खारेजीको माग राख्दै राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको बताए ।

अध्यक्ष केसीले संघीयता देशको हितमा नभएको बताउँदै संघीयता भिडाउने शक्तिबाट भन्दा भिर्नेहरुबाट नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र लोकतन्त्र खतराको बिन्दुमा रहेको बताए ।

images

पार्टीका जिल्ला अध्यक्ष टानबहादुर केसीको अध्यक्षतामा भएको सम्मेलनमा आगामी चैत २४ गतेदेखि ३० गतेसम्म प्रदेश खारेजको विषयलाई राजधानी केन्द्रित बनाएर आन्दोलन गर्ने तयारी भएको जानकारी गराइएको थियो ।

images

सम्मेलनमा बोल्दै केसीले आन्दोलनलाई सफल बनाउन गत मंसिरमा जिल्लादेखि टोलसम्मका भेला सम्पन्न गरिसकेको, पुसमा विभिन्न तहका प्रशिक्षण कार्यक्रम गरिएको जानकारी गराए ।

संघीयता विरुद्धको राजधानी केन्द्रीत आन्दोलनको पक्षमा रुपन्देहीमा राजनीतिक वातावरण तयार पार्न जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्ते लेखन जस्ता कामलाई तीव्रता दिइने र जिल्लास्तरीय दुईवटा अन्तर्क्रिया कार्यक्रम यही माघ ५ गते गर्ने उल्लेख गर्दै माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभाको आयोजना गरिने जनाए ।

फागुन ३ गते बुटवलदेखि बेलहियासम्म मोटरसाइकल र्यालीको आयोजना गर्ने र राजधानीमा हुने संघीयता विरुद्धको आन्दोलनको पक्षमा वातावरण तयार पार्न विभिन्न प्रचार कार्यक्रम तय गर्नुको साथै पुस २१ देखि संगठानात्मक अभियानलाई जोड दिइने जिल्ला अध्यक्ष केसीले बताए ।

Nepal life insurance

 

 अन्य समाचारहरु