टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल आज हुदै

 

काठमाडौँ । आज जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल हुदैछ ।

आज समुह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुने छ ।

अस्ट्रेलिया र ओमान दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फरक पार्ने छैन ।

समुह बी बाट श्रीलंका र जिम्बाबे सुपर आठमा पुगिसकेका छन् भने आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् । अस्ट्रेलियाले यसअघि श्रीलंका र जिम्बाबेसँग हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो भने ओमानले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

आज समुह चरणका सबै खेल सकिएपछि शनिबारदेखि सुपर आठका खेल हुने छन् ।

#T20WorldCup #CricketNepal #ICCWorldCup #समूहचरण #अन्तिमखेल #SportsUpdate #CricketNews #NepalCricket #राष्ट्रियसमाचार #मुख्यसमाचार #NepalNews #TodayMatch #CricketFans #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages