७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १३.६५ प्रतिशतले बढेको छ ।

भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो ७ महिनामा आयात १३.६५ प्रतिशत बढेको छ भने निर्यात ३२.१९ प्रतिशतले बढेको छ ।

रिपोर्ट अनुसार ७ महिनमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७ महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख बराबरको आयात भएको थियो ।

यस्तै यस आर्थिक बर्षको ७ महिनामा एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक खर्बं  २७ अर्ब २० करोड ४८ लाख २९ हजार बराबरको निर्यात भएको थियो ।

यस आर्थिक बर्षको ७ महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.९१ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको ७ महिनामा ९ खर्ब ५५ अर्ब ३४ लाख पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ८ खर्ब ६१ अर्ब ३८ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको ७ महिनामा कुल वैदेशिक व्यापार १५.७६ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड पुगेको छ, जबकी अघिल्लो बर्षको ७ महिनामा कुल बैदेशिक व्यापार ११ खर्ब १५ अर्ब ७९ करोड रहेको थियो । त्यसैगरी ७ महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ७.७७ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.६८ गुणामा झरेको छ ।

#वैदेशिकव्यापार #आर्थिकसमाचार #ImportExport #NepalEconomy #TradeUpdate #EconomicGrowth #समसामयिकसमाचार #राष्ट्रियसमाचार #मुख्यसमाचार #NepalNews #BusinessNews #EconomicReport #FinanceNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages