

काठमाडौँ । जारी आइपिएल आज लिग चरणका अन्तिम दुई खेल हुदैछन् ।
आज पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच मुम्बईको वानखडे स्टेडियममा हुदैछ । दिउसो ३: ४५ बजेदेखि हुने यस खेलमा राजस्थान जित्नै पर्ने अवस्थामा छ भने मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

राजस्थानले यस खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्ने चौथो टिम बन्ने छ । तर राजस्थानले हार बेहोरेमा भने हाल चौथो स्थानमा रहेको पञ्जाव किंग्स र आजै हुने अर्को खेलमा कोलकोताले जित हसिल गरेर प्लेअफमा जाने अवसर बन्ने छ ।
त्यस्तै आज दोस्रो खेलमा कोलकोता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । राती ७: ४५ बजेदेखि शुरु हुने यो खेल दिल्लीका लागि प्लेअफको दौडबाट बाहिरिएकाले औपचारिकता मात्र हुने छ ।
यस सिजनमा रोयल च्यालेन्जर्स बैंगलुरु शिर्ष स्थानमा र गुजरात टाइटन्स दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेका छन् र दुवै पहिलो क्वालिफायर्स खेल्ने निश्चित भएको छ । दुवै मंगलबार पहिलो क्वालिफायर्समा आमने सामने हुने छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेको सनराइजर्स हैदरावाद प्लेअफमा पुग्ने चौथो टिमसँग इलिमिनेटर खेल्ने छ ।



