
काठमाडौं । फ्रान्सले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा माइकल ओलिसले ह्याट्रिक गरेका थिए । उनले खेलको ४३औं, ४९औं र ७५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै उत्तरी आयरल्याण्डका लागि प्याट्रिक केलीले एक गोल फर्काएका थिए । विश्वकपमा समुह आई मा रहेको फ्रान्सले आफ्नो पहिलो खेल अब जुन १७ मा सेनेगलविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै फ्रान्सले जुन २३ मा इराकसँग र जुन २७ मा नर्वेसँग खेल्ने तालिका रहेको छ ।





