ढाकावाङमा राष्ट्रिय जनमोर्चाद्धारा स्व. पुर्णकलाको १२औं दिनको पुण्य तिथिमा शोक सभा सम्पन्न | अर्घाखाँचीमा आज बिहिवार ३ जनाले कोरोना जिते, १ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित) | पाणिनीमा ग्लोबल आईएमई बैंक पोखराथोकद्वारा वित्तीय साक्षरता सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न (तस्बिरहरु) | सन्धिखर्कमा भोली कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले चाडपर्व लक्षित उपहार योजनाको नतिजा सार्वजनिक गर्ने | सन्धिखर्कमा कृषि ज्ञान केन्द्रद्वारा एक दिवसीय अन्तरक्रिया गोष्ठी सम्पन्न |
Photo8
अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली  मन्दिर । तस्बिर : बिनाेद श्रेष्ठ, अर्घाखाँचीडट्कम २०७८ मंसिर १५, बुधवार 
Photo8
अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली  मन्दिर । तस्बिर : बिनाेद श्रेष्ठ, अर्घाखाँचीडट्कम २०७८ मंसिर १५, बुधवार 
Photo8
एमालेको सचिव र केन्द्रिय सदस्यामा निर्वाचित भएपछि आज । अर्घाखाँची जिल्लाबाट  एमालेकाे सचिवमा टाेपबहादुर रायमाझी सहित केन्द्रिय सदस्यमा चन्द्र बहादुर खड्का, चेतनारायण आचार्य र बम बहादुर वि.क निर्वाचित भएका हुन् । एमालेकाे १० औ महाधिवेशनबाट सचिवमा टोपबहादुर रायमाझीले १८०४ मत ल्याई निर्वाचित भएका छन् । यस्तै केन्द्रिय सदस्यमा बोमबहादुर बि. क. १८४३, चन्द्रबहादुर खड्का १६६२ र चेतनारायण आचार्यले १६५० मत ल्याई निर्वाचित भएका छन् । अहिले जनताको बहुदलीय जनवाद अंगालेका रायमाझी र खड्का पुर्व माओवादी नेता हुन् । उता माओवादीले भने मार्क्सवाद, लेनिनवाद, माओवादलाई आफ्नो मुख्य नीतिको रूपमा अंगालेको छ । - अर्घाखाँचीडट्कम www.arghakhanchi.com,२०७८ मंसिर १४ गते मंगलवार 
Photo8
५० वर्ष अगाडिको चुत्राबेसी: वि.सं २०२९ सालमा अर्घाखाँची जिल्लाको चुत्राबेसी । यो फोटो लिएको ३ वर्षपछि २०३२ साल असोज महिनामा सदरमुकाम चुत्राबेसीमा आएको थियो । उतिबेला १२, १५ घर मात्र थिए । सबै खर र जस्तापाताले बनेका घरहरु थिए । थोरै पसलमा रहेको यस चुत्राबेसी बजारमा नुन, चिनी लगायतका अतिआवश्यक सामाग्री मात्र किन्न मिल्थ्यो । तस्बिरमा चुत्राबेसी, संखेटारी, गंगा प्राथमिक विद्यालय, कुर निस्कने बाटो, जनज्योति तिरको थोरै भाग लगायत हो । गंगा प्रावी मुनीदेखि तल भक्तिखोला, घोचे, बाँगी खोलाको बगर सबै सार्वजनिक जग्गा रहेको थियो । - अर्घाखाँचीडट्कम www.arghakhanchi.com | प्रकासित मिती:- २०७८ म‌सिर ३, शुक्रवार
Photo8
पानडाँडामा खानेपानी भर्न धारोमा पालो पर्खेर बसेकी एक बालिका । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं - ७ नुवाकोटको तल्लो पानडाँडामा खानेपानीको चरम अभाव परेको छ । यहाँका बच्चादेखि वृद्धवृद्धाको दिनचर्या बिहानदेखि साँझसम्म धारोमा खानेपानी भर्न कुर्दै बस्ने हुन्छ । तर यहाँका जनप्रतिनिधिले केही गर्न सकेका छैनन् । तस्बिर: बसन्त खड्का, अर्घाखाँचीडट्कम, २०७८ कार्त्तिक ३०, मंगलवार www.arghakhanchi.com

जिल्ला समाचार

विश्व समाचार

१ अर्ब ३० करोड जनसंख्या भएको भारतले १ अर्ब डोज कोरोना खोप लगायो, कोसेढुंगा पार

भारतमा कोरोनाभाइरसविरूद्धको एक अर्ब डोज भ्याक्सिन लगाइएको छ।  समाचार संस्था एपीका अनुसार बिहीबार भारतले एक अर्ब डोज भ्याक्सिन लगाउने कोसेढुंगा पार गरेको हो। 

प्रदेश समाचार

हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई चरा पालन शुरु | थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने

हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु गरेका हुन् । पछिल्लो समय सदरमुकाम आसपास क्षेत्रका किसान बट्टाई पालनतर्फ आकर्षित हुँदै गएकाे पाइएको छ ।

महोत्तरीको मटिहानीमा ग्याँस र चुल्हो पाएपछि मुसहर, डोम समुदायका प्रतिनिधि खुशी

मटिहानी नगरपालिका ९ सिमरदही बस्ने उर्मिलादेवी सदा औधी खुशी हुनुभयो । घर परिवारका लागि खाना बनाउन हरेक दिन बनमा गएर दाउरा, झिंगटी तथा पात सोहोरने कामबाट मुक्ति पाउने भएपछि उहाँ खुशी हुनुभएको हो ।

भक्तपुरको गुण्डुमा किसानलाई मखमली र सयपत्री फूल बेच्ने चटारो

तिहार आउँदै गर्दा भक्तपुरको गुण्डुमा किसानलाई मखमली र सयपत्री फूल बेच्ने चटारो छ । लगभग घरैपिच्छे फूलखेती गरेका गुण्डुका किसानले उपत्यकाको फूलको ठूलो माग धान्ने गर्दछन् ।

दैलेखका सबै विद्यालयहरुमा धमाधम पठनपाठन शुरु, बालबालिकाहरु उत्साही बनेर विद्यालय जान थाले

कोरोना सङ्क्रमणको जोखिमकाबीच जिल्लामा सामुदायिक र संस्थागत विद्यालय धमाधम विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनमा आउन थालेसँगै बालबालिकाहरु समेत उत्साही बनेर विद्यालय जान थालेका छन् । जिल्लाको नारायण नगरपालिकाले भने यस अघि पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएको हो ।