गन्तब्य हिन यात्रा - ईन्द्रमनी भट्टराईका कविता हरु

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

- ईन्द्रमनी भट्टराई
  धनचौर ३ आरीचौर
अर्घाखाँची लुम्बिनी नेपाल
       हाल भारत 

 

कुनै दिन यो कथा सानो थियो
न उनलाई न मलाई थाह थियो
 
सत्यतामा त्यहि थियो
यो नौलो ठाऊमाँ दीयो बत्ती खोज्दथे
 
किनार किनारई समुन्द्रीक बगरमाँ
आंशुहरुका केही दाना रोप्दथें
 
सत्यतथ्य म चिन्न सक्दिन ईश्वर
साप्ताहीक उपाबश बस्दथे
 
उनको मेंरो फ़ैसला कसरी बताऊ
यो टुक्रामा संसार को नक्शा देखाउ
 
आज उनलाई दुख्दा मलाई पनि दुख्यो
या त धरै टाढा हुने कहानी फूक्यो
 
म जीत या हारु आफैलाई के भनु
तर,  ईशवर जरुर छन सानु !!!!!

-----------------

तिमीले केवल मिठो प्यार दिए मैले
छैन सुखि दुःखी भएपनि संसार दिए मैले

दिलको राजा बनाई दिलभित्र सजाएपछि
म तिम्रो, तिमीमेरी पूरा अधिकार दिए मैले

मलाई पनि कहाँ छ र रीसराग अनि द्वेष
ममतामयी यी नजरका प्रहार दिए मैले

दुई मुटु एक भए आहा ! सामिप्यतामा
शिशिर हैन् बषन्तकै बहार दिए मैले

म पनि त असक्षम नै छु हिरामोती दिन
पर्खि बस एक चिम्टि सिन्दुर दिए मैले

------------------

यो मेरो पाईलालाई कति दुस्ख छ । 
सारा काम यसैका भरमा सम्पन्न गर्नु पर्छ ।

यत्रो बिशाल शरीर लाई हिडाउँछ ।

कहिले कहाँ ………।

कहिले कतै ……………

कहिले ढुङ्गै …॥ढुङ्गा भएको ठाउँमा ।

त कहिले काडै काडा भएको ठाउँमा ।

कहिले मरुभूमिमा त ।

कहिले पक्कि सडकमा ।

यस्को कुनै गन्तब्य स्थान छैन ।

कयौं कार्यहरु एसै द्धारा सफल गर्दछन् ।

तर सिन्दुर र फूलमाला ।

केवल गला र निधारले मात्र पाउँछ ।

खै के भन्ने के गर्ने यो त आश्चर्य जनक कुरा छ ।

कसले देखिदिने यसको ब्याथा ।

कसले सुनिदिने यसको कथा ।

कसले बुझिदिने दुस्ख र पिडा ।

केवल यसको प्रयोग द्धारा ।

मनोराजन लिने मात्र छन् दर्दनाक पिडा ।

सुन्ने र बुझ्ने कोहि पनि छैन ।

ढुङ्गाको मुटु भएका मानसपटलमा ।

केवल धोका पिडा बोकेका मात्र छन् ।

-------------------

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पलहरूले साह्रै नै सतायो

मृगनयनी चच्छु तिम्रा झिम्का परेलीको
कम्पन त्यो अधरको पृत तरेलीको
औलाहरू यिनै हुन् चुम्ने तिमीलाई
वारीपारि विधाताले पार्यो हामीलाई

सँगै बाच्ने

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पलहरूले साह्रै नै सतायो

मृगनयनी चच्छु तिम्रा झिम्का परेलीको
कम्पन त्यो अधरको पृत तरेलीको
औलाहरू यिनै हुन् चुम्ने तिमीलाई
वारीपारि विधाताले पार्यो हामीलाई

सँगै बाच्ने सँगै मर्ने बाचा कता गयो
मन मुटु तिम्रै रहेछ अनि याद आयो

अंगालो त्यो शिशिरको चुम्बन अधरको
मुटु भित्र घरजम गर्ने हेराई नजरको
शिर देखि पाउ सम्म तिम्रो याद आयो
अभावले कि स्वभाव ले हो साह्रैनै सतायो

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पलहरूले साह्रैनै सतायो

अब उनको प्रतीउत्तर

सँगै मर्ने बाचा कता गयो
मन मुटु तिम्रै रहेछ अनि याद आयो

अंगालो त्यो शिशिरको चुम्बन अधरको
मुटु भित्र घरजम गर्ने हेराई नजरको

शिर देखि पाउ सम्म तिम्रो याद आयो
अभावले कि स्वभाव ले हो साह्रैनै सतायो

अनायासै आज मलाई तिम्रो याद आयो
तिता मिठा पलहरूले साह्रैनै सतायो

----------------

तिमी समस्याको झटारोले मलाई हान,
म समाधानको बाटो रोजिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

तिम्रो खुशी भन्दा पर मैले
गन्तव्य नै आफ्नो पाएको छैन
त्यहाँसम्म पुग्दा आउने
समुद्र सारा सोशिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

मलाई भन्न पो डरायौ कि,
वा लाज मानी नबोलेकी?
तिम्रो मेरो छुट्टाउने,
संकोचको सिमाना तोडिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

माया सारै मलाई गरी
नदुखाउन पो खोज्यौ कतै
तिम्रो दु:ख नसहने
मेरा सुख नोछिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

तिम्रो कारण बल्ल बुझें
रैछौ मलाई घुर्काएको
तरिका पुरानो भयो काली
पख नयाँ खोजिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

-------------------

आरामै त छु भन्नु पर्ला बाँचेकै छु म यहाँ
तिमीले भने जस्तै तारा खुशी हुन्छ र कहाँ
कसो गरी कोरु म अब परदेशको कथा
दुखी रछु पल पल आफ्नै घर देश सम्झ्दा

रात दिन खट्टिनु पर्छ मिसिन सङै चली राछु
थाक्दा नि छैन आरम गोरु जस्तै जोती राछु
भिज्छ जिउ पसिनाले गल्छ हात गोडा पनि
कठै !भन्ने छैन कोही तिमी सम्झी रुन्छु अनि

आर्का देश अर्कै भेष अर्कै भाषा बोल्नु पर्दा
भित्रै देखी चित्त दुख्छ फिरङीले जब पेल्दा
बच्दैन दाम तारा जती नै काम गरे पनि
कठै!भन्ने को छ यहाँ थाला परि मरे पनि

कमाइ धमाइ यस्तै हो जिबन धानेको छु
खप्परै अभागी रैछ कि यस्तै मानेको छु
न सुनको डल्ला मिल्यो न पाए बोट पैसैको
दुखै दु:ख जता पनि साथ मिल्दैन कसैको

बुढा बुढी भेटन पनि साइतै जुराउन पर्ने
कस्तो बेस्त जिबन हो आँफैलाई हराउन पर्ने
छोरा छोरी बेदेशी भए भाषा संस्क्रिती भुले
एग ईटनु भयो भन्छन नेपाली भाषामा बोले

कार चढेर के गर्नु उधारैको हो यो खेती
रिनमा बाँचेर ब्याजमा रुनु छ यहाँ कती
यस्तो लाग्छ आँफै नि अब बन्दकिमाछु
आश नगर पैसोको तिमी आँफै कंगाल भाछु

मनका बह सकिन्न अरु पछि सुनाउला
लेख्दै गर्नु पत्र पढेर आफुलाई भुलाउला !!! 

---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।