दिशा नियन्त्रित प्रणालीमा भएको खराबीबारे एक हजार एक सय जना उपभोक्ताद्बारा दिइएको उजुरीका आधारमा अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले गत जनवरीको अन्त्यमा जनरल मोटर निगमका चेभी कोबाल्ट ट्रेड मार्काका नौ लाख थानभन्दा बढी गाडीहरुमाथि प्रारम्भिक छानबिन गरेको थियो।
अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले दिएको तथ्याङ्कअनुसार, जनरल मोटर निगमबाट उत्पादित मोटर गाडीको दिशा नियन्त्रित प्रणालीमा आएको समस्याबाट मोटर गाडी दुर्घटनाका चौध घटना भइसकेका छन्।